Why Vegetarian?

Why Vegetarian? शाकाहारी नै किन? स्वस्थ तन, मन धन सिर्जित गर्न ।

तपाईको लागि केहि शब्द००००००

जन्मसिद्ध शाकाहारी हुने कमै मात्र हुन्छन् । प्राय: सानैदेखि मासुजन्य भोजनले हुर्कदै आएका हामीहरु, यहि मासुको कारण विभिन्न रोगले ग्रस्त भएर कति रोगी जीवन गुजार्दै छन् भने कति समय नपुग्दै जीवन गुमाउँदै पनि छन् ।

मासुजन्य पदार्थ कति हानीकारक छन् र यसले के कस्तो मानव शरीरलाई हानी गर्दैछन् भने कुरा बेला बेलामा शोधकर्ता डाक्टरहरुले मासुको हानीबारेमा आफ्नो प्रतिवेदन मार्फ

त् प्रस्तुत गरिरहेका छन् ।

हामी हाम्रो स्वास्थलाई सहि तन्दुरुन्त गर्नका लागि शाकाहारी जीवनयापन गर्न सके अति उत्तम हुनेमा कुनै शंका छैन । हामी यस पेज मार्फत शाकाहारी हुनुको फाइदाबारे जानकारी दिनेछौं ।

तपाइँहरुसँग पनि जानकारी भएमा हामीलाई पठाउनुहोस् । धन्यवाद ।

18/03/2020
शाकाहारी भोजनले मानिसलाई बुद्धिमान बनाउँछ ---------------------------------------मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्...
24/12/2019

शाकाहारी भोजनले मानिसलाई बुद्धिमान बनाउँछ
---------------------------------------
मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ ।

साथै यसले मानिसलाई बुद्धिमान बनाउँछ ।तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् ।

यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ । शुद्ध शाकाहारी भो जन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको छ ।

मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ ।मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ ।

शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपाइ कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्छ । यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना

मांसाहारीको तुलनामा कम हुन्छ । उच्च रक्तचाप तौल र नुन सेवनमा निर्भर गर्दैन । शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानको निष्कर्ष भनिएको छ– ‘मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पु¥याएको देखिन्छ । अनुसन्धानकर्ताका अनु सार शाकाहारी भोजनले मेटाबोलिन सिन्ड्रोम, उच्च रक्तचाप, इसेमिक हर्ट डिजिज, मधुमेहलगायतका कैयौं दीर्घ रोगको सम्भावना कम हुन्छ ।एजेन्सी

19/12/2019
शाकाहारी खानाका फाइदाहरुविभिन्न विषयमा यसको नोक्सानी भएपनि यसका फाइदाहरु समेत यावत पाउन सकिन्छ । शाकाहारी खाना खानेहरुमा...
12/12/2019

शाकाहारी खानाका फाइदाहरु

विभिन्न विषयमा यसको नोक्सानी भएपनि यसका फाइदाहरु समेत यावत पाउन सकिन्छ । शाकाहारी खाना खानेहरुमा नियमित खानामा अलिकति मात्रै ध्यान दिँदा पनि यसले स्वास्थ्यमा आउने नकारात्मक असरहरुलाई धेरै हदसम्म कम गर्ने चिकित्सकहरु बताउँछन् । त्यसका साथै शाकाहारहरुको शरीर पनि मांसाहार मानिसको भन्दा धेरै हलुका र फूर्तिलो हुन्छ । यो शाकाहारी हुँदाको फाइदा हो ।

धार्मिक मान्यतालाई मान्ने हो भने शाकाहार मानिसहरुमा विशेषगरी सात्विक गुण बढी हुने गर्छ । जसका कारण ती मानिसहरुको व्यवहार लचिलो र नरम हुने गरेको समेत विभिन्न अध्ययनहरुले देखाएको छ ।

शाकाहारी भोजनले पातनप्रक्रियालाई अपडेट राख्ने गर्छ । यसले मस्तिस्कलाई सचेत राख्दै यसले मानिसलाई बुद्धिमान बनाउन समेत मद्धत गर्छ । शाकाहारीहरुमा प्रोटिन कार्बाेहाइड्रेड र चिल्लो पदार्थका साथ साथ अरु पनि आवश्यक तत्वहरु पाउने गरिन्छ । जसमा भिटामिन, एन्टिअक्सिडेन्ट, अमिनो जस्ता तत्वहरु धेरै पाइन्छ । जसका कारण क्यान्सर जस्ता रोगहरुबाट बचाउन मद्दत गर्छ । शाकाहारी भोजनमा पाइने फाइबर समेत अधिक मात्रामा हुने गर्छ ।

बलिउडमा शाकाहारीको लहर -----------------------------    मानिसको खानेकुरामा कसैले विवाद गर्नु हुँदैन भनिन्छ, तैपनि त्यस्त...
07/11/2019

बलिउडमा शाकाहारीको लहर
-----------------------------
मानिसको खानेकुरामा कसैले विवाद गर्नु हुँदैन भनिन्छ, तैपनि त्यस्तो विवाद भैरहन्छ । यस्तो विवाद प्राय: गरेर शाकाहारी वा मांसाहारी कुनचाहिं खाना राम्रो हो भन्ने कुरामा हुन्छ । कतिपय मानिस जन्मजात शाकाहारी हुन्छन् भने कतिपय समयसँगै मांसाहार त्यागेर शाकाहारी बन्छन् । यसरी शाकाहारी बन्नेमा नाम चलेका अभिनेता–अभिनेत्रीहरू पनि छन् । कुरा बलिउडको हो ।

बलिउडका अधिकांश कलाकार मांसाहारी नै हुन् । तैपनि बलिउडका केही ठूला नाम भने शाकाहारी छन् । यस्तो नाममा सबैभन्दा अगाडि आउँछन्– अमिताभ बच्चन । अमिताभलाई फलो गर्ने शाकाहारी अभिनेतामा आमिर खान, शाहिद कपुर, आर माधवन, विद्युत जामवाल तथा जोन अब्राहम अग्रपंक्तिमा पर्छन् । यीमध्ये पनि विद्युत जन्मजातै शाकाहारी हुन् भने अरू कलाकार पछि शाकाहारी भएका हुन् ।

शाकाहारी हुने अभिनेत्री पनि कम छैनन् । यस्ता शाकाहारी अभिनेत्रीलाई करिना कपुरले नेतृत्व गरिरहेकी छिन् । करिनालाई पछ्याउने अभिनेत्रीहरूमा कंगना रनौत, सोनम कपुर, ज्याकलिन, सोनाक्षी सिन्हा, अनुष्का शर्मा, आलिया भट्ट तथा विद्या वालन छन् । यीमध्ये ज्याकलिन फर्नान्डिज जन्मजात शाकाहारी हुन् भने आलिया रणवीर कपुरको संगतमा आएपछि उनकी दिदी करिना कपुरबाट प्रभावित भएर शाकाहारी भएकी हुन् । शाकाहारी बन्ने पछिल्लो अभिनेत्री हुन्— अनुष्का शर्मा । उनी विराट कोहलीसँग विवाह गरेपछि मात्र शाकाहारी भएकी हुन् ।

साभारः साप्ताहिक

शाकाहारी भोजन खाने महिला बुढेसकालमा पनि स्वस्थ-------------------------------------------एजेन्सी। महिलाले जवानीमा धेरै म...
04/11/2019

शाकाहारी भोजन खाने महिला बुढेसकालमा पनि स्वस्थ
-------------------------------------------
एजेन्सी। महिलाले जवानीमा धेरै मात्रामा फलफूल, सब्जी वा शाकाहारी खाना खाएमा उनी बुढि हुदा पनि स्वस्थ रहने एक अध्ययनले देखाएको छ।अध्ययनले भनेको छ फलफूल, सब्जी वा शाकाहारी खानाले महिलाको स्वास्थ्यमा विशेष प्रभाव राख्दछ तर पुरुषमा भने यसले खासै महत्व राख्दैन। यस बिषयलाई लिएर वैज्ञानिकहरु चिन्तित देखिएका छन्।

अमेरिकाको कोरोनरी आर्टिलरी रिस्क डेभ्लोप्मेन्टको रिसर्चका अनुसार महिलाले युवा अवस्थामा फलफूल, सब्जी अवथा शाकाहारी खाना खानाले उनीहरुको मुटु २० बर्ष पछि पनि त्यति नै स्वास्थ्य रहने जनाएको छ।महिलाहरुको मुटु तथा नाडीसँग सम्बन्धित रोगहरुबाट पनि बच्न सकिन्छ।तर अचम्म लाग्दो कुराचाहिँ पुरुषमा भने सो अनुरुप फलफूल तथा सब्जी खाएर पनि यस्तो प्रभाव नदेखिएको उक्त सोधको प्रतिवेदनमा उल्लेख छ।

१९८० को दशकबाट शुरु गरीएको उक्त अध्ययनमा १८ देखि ३० सम्मका दुई हजार पाँच सय ८ जना युवा तथा युवतीको खान पिनलाई अधार मानेर गरीएको अनसन्धान थियो। दुई तिन दशक पछि जब खान पिनको हिसाबले उनहरुको मुटु परीक्षण गरियो तब थाहा भयो कि मांसाकारी खाने महिलाहरु भन्दा शाकाहारी खाने महिलाहरुमा ज्यादा स्वस्थ रेहेको पाइएको छ।जुन महिलाले २० देखि २५ बर्ष सम्म धेरै फलफूल र तरकारी खाएर अरु महिलाको तुलनामा स्वस्थ्य देखिए।

अनुसन्धानकर्ता मिशेल मिडेमाका अनुसार, "अनुसन्धानले यो पुष्टि गर्छ कि रोगहरुको विकास जीवन भर चल्ने प्रक्रिया हो। यसलाई जवानीमा स्वस्थ खानेकुरा खाएर कम गर्न सकिन्छ। अनुसन्धानलाई हेरेर हामि भन्न सक्छौ हामि कस्तो खानेकुरा खाएर स्वास्थ्य रहन सक्छौ भनेर।"

तर अनुसन्धानमा लिएका ३७ प्रतिशत पुरुषहरमा फलफूल, सब्जी वा शाकाहारी खाना खाए पनि महिला जस्तो सकारात्मक प्रभाग नपरेको उक्त प्रतिवेदनको ठम्याइ छ।अनुसन्धाकर्ता टोलीकी एक सदस्य मिडेमा बताउछिन," ज्यादा डाइट पुरुषहरुका लागि कम रक्षत्मक हुने तथ्य अरु धेरै अध्ययनबाट पनि पुष्टि भइसकेको छ।तर आज सम्म पनि जीव विज्ञानको यो लिला बुझ्न सकिएको छैन की पुरुषहरुमा कमी किन हुन्छ भनेर?"

वैज्ञानिक पुष्टि भएका मांसाहारका हानिहरू----------------------------------------------मांसाहार गर्नाले हृदयाघात हुने खतर...
22/09/2019

वैज्ञानिक पुष्टि भएका मांसाहारका हानिहरू
----------------------------------------------
मांसाहार गर्नाले हृदयाघात हुने खतरा २३ गुणा अधिक हुन्छ ।
मांसाहारले कोलेस्ट्रोलको स्तरलाई बढाएर खतराको सीमासम्म पु¥याउँछ ।
क्यान्सरका ८०% रोगीहरू मांसाहारी हुने गर्दछन् ।
मांसाहारले क्रोध बढाउने हार्मोनको द्रूत गतिमा वृद्धि गर्दछ ।
मांसाहारले सबै किसिमका रोगव्याधिहरूको खतरा बढाउँदछ ।
मांसाहारले हिंस्रक, स्वार्थी र भोगवादी विचार बढाउँछ ।
मनुष्यको पेट, आन्द्रा र कलेजोको कार्यप्रणाली पूर्णतः शाकाहारी जीवजन्तुको जस्तो हुन्छ । मांसाहारीले शाकाहारीको भन्दा १००० गुणा अधिक पानी खर्च गर्दछन् ।

शाकाहारीको उदाहरणीय इतिहास
-----------------------------------
इतिहासका ९० प्रतिशत मुगल बादशाहहरू शाकाहारी थिए ।
आजसम्म जति पनि वैज्ञानिकहरू भए, तीमध्ये ९५ प्रतिशत शाकाहारी थिए ।
संसारका ९८ प्रतिशत समाजसेवीहरू शाकाहारी छन् ।
अमेरिकामा हरेक वर्ष २० प्रतिशतका दरले मानिसहरू शाकाहारी हुँदै छन् ।
अमेरिकी समाजमा क्याम्पस पढ्दै गरेका करिब १८ प्रतिशत विद्यार्थीहरू शाकाहारी छन् ।
हरेक वर्ष भोकमरीले विश्वभरिमा जति मानिसहरू मरिरहेका छन्, यदि शाकाहारी जीवनशैली सिकाउने हो भने तीमध्ये ३५,००० मानिसको ज्यान बचाउन सकिन्छ ।
जीवनमा उच्च सफलता हासिल गरी प्रसिद्धि कमाएका विगतदेखि वर्तमानसम्मका सफल व्यक्तिहरूमध्ये ८० प्रतिशत व्यक्तिहरू शाकाहारी छन् ।
विश्वको कूल शाकाहारी जनसङ्ख्यामध्ये छिमेकी राष्ट्र भारतमा मात्रै ७० प्रतिशत शाकाहारीहरू बसोवास गर्दछन् ।
एक पाउन्ड (४५३ ग्राम) मासु उत्पादन गर्नलाई १६ पाउन्ड अन्नपात उब्जाउन पुग्ने मल, जल र शक्ति खपत हुन्छ ।

रेशाशुन्य आहार
------------------
हाम्रो पेट र आन्द्राले जति रेसादार खानेकुरा पायो, त्यति सजिलो पाचन कार्य गर्न सक्षम हुन्छ । मांसाहार रेसाहीन खाद्य हो । मनुष्यको बनावट मांसाहार अनुकूल हुँदैन । तसर्थ, मांसाहार सेवन गर्नाले त्यो आन्द्रामा गएर सड्नकुहिन थाल्दछ, जसबाट करोडौं सङ्ख्यामा प्याथोजेनिक कीटाणुहरू उत्पन्न हुन्छन् । ती कीटाणु रक्तसञ्चार प्रणालीमा प्रवेश गर्छन् र रगतलाई प्रदूषित गरी उपयोगी कोषिकाहरूलाई हानि पु¥याउँछन् । त्यसैले, मांसाहारी व्यक्तिको रगत सँधै प्रदूषित हुन्छ । जसका कारणले अर्ष, हर्निया, अतिसार , एपेन्डिसाइटिस तथा कतिपयमा गर्भाशय, डिम्बग्रन्थी , आमाशय , आन्द्राको क्यान्सरसमेत उत्पन्न हुन्छ ।
अक्सफोर्ड विश्वविद्यालयका क्यान्सर रिसर्च बेलायतको इपिडिमियोलोजी युनिटमा आवद्ध डाक्टर टिमकाई एवम् सहयोगीहरूले ६१,००० व्यक्तिमाथि १२ वर्षको लामो अवधिसम्म शोधकार्य गरे । उक्त महत्त्पूर्ण शोधको नतिजाअनुसार जुन व्यक्ति शाकाहारी हो, उसलाई मांसाहारीको तुलनामा रगतसम्बन्धी रोग ल्युकेमिया हुने आशङ्का ४५ प्रतिशत कम हुन्छ । साथै, क्यान्सरको डर १२ प्रतिशत कम हुन्छ ।
प्रस्तुतिः त्रिचन्द्र प्रतीक्षा

25/01/2019
बबनपुरका गोठालाहरु - हेर्ने कथा अंक १३ - Babanpurka Gothalaharu - Herne Katha Episode 13

पुरै गाउँ शाकाहारी००००
बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी । माछामासु खाने त परको कुरा गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन् । सबैका गोठमा गाई भैंसी मात्र छन् । गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो ।
https://www.youtube.com/watch?v=HX6puwP3VEA

Support Herne Katha on Patreon: https://bit.ly/2BrQzlQ बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी ।माछामासु खाने त परको...

01/01/2019
शाकाहारी भोजनले बनाउँछ मानिसलाई बुद्धिमान -------------------------काठमाडाैं ।  मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्द...
10/12/2018

शाकाहारी भोजनले बनाउँछ मानिसलाई बुद्धिमान
-------------------------
काठमाडाैं । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ । साथै यसले मानिसलाई बुद्धिमान बनाउँछ ।

तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ । शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको छ । मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ ।

मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ । शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपार्इं कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्छ । यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना

मांसाहारीको तुलनामा कम हुन्छ । उच्च रक्तचाप तौल र नुन सेवनमा निर्भर गर्दैन । शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानको निष्कर्ष भनिएको छ– ‘मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पु¥याएको देखिन्छ । अनुसन्धानकर्ताका अनुसार शाकाहारी भोजनले मेटाबोलिन सिन्ड्रोम, उच्च रक्तचाप, इसेमिक हर्ट डिजिज, मधुमेहलगायतका कैयौं दीर्घ रोगको सम्भावना कम हुन्छ ।
साभारः न्यूज२४नेपाल

मासु खानुका बेफाइदा जानिराख्नुस्------------------------------------- आजकल धेरै मानिसहरू स्वास्थ्यका लागि मांसाहार छोडिर...
23/11/2018

मासु खानुका बेफाइदा जानिराख्नुस्
------------------------------------
- आजकल धेरै मानिसहरू स्वास्थ्यका लागि मांसाहार छोडिरहेका छन् । शाकाहारीको संख्या बढिरहेको छ ।
- हुन त मासुको नाम सुन्नेबित्तिकै धेरैको –याल चुहिन्छ तर स्वादिष्ट भएपनि स्वास्थ्यका लागि यो हानिकारक नै हुन्छ । यहाँ हामी यसका हानिहरू बताउँछौं ।

- मासु खाने धेरैजसो मानिसहरू चिढिइरहन्छन् र जतिखेर पनि रिसाइरहन्छन् । यिनीहरूको स्वभाव पनि उग्र हुन्छ । मासु खाँदा तपाईंको शरीर र मन दुवै अस्वस्थ रहन्छ ।

- मांसाहारीहरू शाकाहारीका तुलनामा गम्भीर रोगको बढी शिकार हुन्छन् । यी रोगमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर, मृगौला बिग्रने, बाथ र अल्सर पर्छन् ।

- विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार, मांसाहारले धूम्रपानजत्तिकै हानि गर्छ । मासु खानेलाई क्यान्सरको खतरा बढी हुन्छ ।

- शाकाहारी स्वस्थ, दीर्घायु, निरोगी र तन्दुरस्त हुन्छ ।

- बर्ड फ्लु र स्वाइन फ्लु जस्ता रोग मासु खानेलाई नै लाग्छ ।

- संसारको एक चौथाइ प्रदूषणको कारण मासु नै हो । मानिसहरूले मासु खान छोड्ने हो भने ७० प्रतिशतसम्म प्रदूषण कम हुन्छ । मासुका लागि हुर्काइने जनावरले अत्यधिक पानी र प्राकृतिक स्रोत उपयोग गरिदिन्छन् ।

- मासु खाने मानिसको उमेर पनि छोटो हुन्छ ।

- मासु महंगो पनि छ । यसमा पैसा खर्च गर्नुको साटो अरू कुनै असल काममा लगाउनुस् ।

- मांसाहारीहरू शाकाहारीका तुलनामा डिप्रेसनको शिकार बढी हुन्छन् ।

- मासु पचाउन धेरै समय लाग्छ । मान्छेको आन्द्रा हिंस्रक जनावरको जस्तो ठूलो हुँदैन त्यसैले मासु पचाउन मुश्किल पर्छ ।

- हिन्दू धर्मशास्त्रले पनि मासु नखानू भन्छ । गीताका अनुसार, मांसाहार राक्षसी गुण भएका मानिसले खान्छन् । मासु र रक्सी तामसिक भोजन हुन् । यस्ता मानिस पानी, कुकर्मी, दुःखी, अल्छी र रोगी हुन्छन् ।

- महाभारतमा मासु नखाने मानिसले १०० यज्ञ गरे बराबरको पुण्य पाउने उल्लेख गरिएको छ ।
साभारः लोकान्तर

विभिन्न धर्ममा शाकाहारीको महत्व र यसको नियम-----------------------------------------शाकाहारी भोजन हिन्दू धर्ममा मात्रै ह...
09/05/2018
विभिन्न धर्ममा शाकाहारीको महत्व र यसको नियम

विभिन्न धर्ममा शाकाहारीको महत्व र यसको नियम
-----------------------------------------
शाकाहारी भोजन हिन्दू धर्ममा मात्रै होर्इन अन्यधर्ममा पनि उत्तिकै महत्वका साथ हेर्ने गरिएको छ। सनातन हिन्दू धर्ममा शाकाहारी भोजनलार्इ प्रोत्साहन गरिएको छ । जैन धर्ममा नैतिक आचरणको रुपमा शाकाहारी बन्न शिक्षा दिएको छ । जैन धर्मलार्इ हिन्दू धर्मको कुनै प्रमुख सम्प्रदायको रुपमा लिने गरिएको छ।

सामान्यतया स् बौद्ध भर्मले पनि मासु खाने चलनलार्इ निशेध नै त गरेको छैन । तरपनि महायानीहरु बौद्ध धर्मको दयाको धर्मको भावना विपरित हुने भएकोले मासु नखानु नै उत्तम हुने धारणा राख्ने गर्दछ । सिख धरेमले आहारालाई त्यस्तो महत्व दिएर विश्लेषण गरेको पाईँदैन । तर पनि आध्यात्मिकताको लागि पनि आहारमा शाकाहारी या मां‌शाहारी आहारा निर्दिष्ट गरिएको छैन । विभिन्न धर्ममा शाकाहारीको महत्व कस्तो छः

हिन्दू धर्म
हिन्दू धर्मको सबैभन्दा उत्तम पथ नै शाकाहारी भोजन गर्नु रहेको पूर्वीय शास्त्रहरूमा उल्लेख गर्ने गरिएको छ । हिन्दू धर्ममा शाकाहारी बन्नुको मुख्य तीन कारण रहने गरेको छ । पहिलो प्राणीको अहिंशाको सिद्धान्त, आराध्यदेवको शुद्ध शाकाहारी भोजन गर्ने नियम र मांशाहारी भोजन मस्तिसक तथा आध्यात्मिक भोजनका लागि हानिकारक रहनु ।

हिन्दू धर्मालम्बीहरूले मासु नखाएपनि दूध र डेरी सामग्रीको भने प्रयोग गर्ने गरेका छन् । त्यसकारण हिन्दू धर्मालम्बीहरूलाई लेक्टोशाकाहारी पनि भन्ने गरिएको छ । तर कतिपय हिँदू धर्मालम्बीहरूले आफ्नो स्थानीय परम्परा अनुसार छुट्टै किसिमको भोजन गर्ने चलन पनि रहेको बताईन्छ ।

बौद्ध धर्म
थैरवादी या स्थविरवादी बौद्ध धर्मालम्वीहरु मासु खाने गर्दछन् । तर अन्य सम्प्रदायका बौद्ध भिक्षुहरुले विशेष रूपबाट खानको लागि कुनैपनि पशुलाई मारेको देखे, सुने या थाहापाएमा यसको इन्कार गर्ने गर्दछन् अथवा यसलाई अपराधको रुपमा लिने गर्दछन् । तर, भिक्षाबाट प्राप्त मासु, अथवा, वाणिज्यिक रुपमा खरीद गरीमासु खाँदा भने माथि भनिएजस्तो अपराध नमान्ने बताईन्छ । थैरवादममा बुद्धमा मासु खान हतोत्साहित गर्नेखालको कुनैपनि टिप्पणी गरिएको छैन ।

महायान बौद्ध धर्ममा यस्ताअनेक संस्कृत ग्रंथहरु छन् । बुद्ध आफ्नो अनुयायीको मासुबाट टाढै रहन निर्देश गर्दछन् । महायान बौद्ध धर्मको प्रत्येक शाखाहरुले आ–आफ्नै किसिमको सूत्र परिपालना गर्ने गरेका छन् । तिब्बत र जापानी बौद्ध धर्मालम्बीहरु मध्इे अधिकांशले बहुमत महायानीहरू मासु खाँदैनन् तर चिनियाँ महायानीहरु मासु खाने गर्दछन् ।

ईसाई धर्म
मौजूदा ईसाई संस्कृति सामान्य रूपमा शाकाहार होईनन् । इसाई धर्महरु मध्ये एडवेंटिस्ट तथा पारम्परिक मोनैस्टिक शाखाका सम्प्रदाय मांसाहारहरु हुन्। यसका अलावा ऑर्थोडक्स चर्चका सदस्य ुउपवासु को दौरानमा शाकाहारी आहार खाने गर्दछन् । शाकाहारीको अवधारणाअथवा चलनको आध्यात्मिक तथा ऐतिहासिक समर्थन प्राप्त रहेको बताईन्छ ।

ईसाई धर्ममा एक क्वेकर परम्परा रहेको छ जुन १८ ओं शताब्दीदेखि चल्दै आएको विश्वास गरिन्छ । यस परम्पराको शाकाहारीसँग एक मनवूत सम्बन्ध रहेको थियो । रक्सीको सेवन, जीवहरुको हत्या अथवा सामाजिक पवित्रताको सम्बन्धमा क्वेकरपरङ्गपरा पनि जोडिएर आउने गरेको छ ।

इस्लाम
मुसलमान या त इस्लाम धर्मका अनुयायीहरु चिकित्सकीय कारणले र व्यक्तिगत कारणले पनि मासुको स्वाद नपाएकाहरूलाई मात्रै शाकाहारीको रुपमा लिने गरिएको छ । गैर चिकित्सकीय कारणबाट शाकाहारी बन्नुको विकल्प कहिलेकाही विवादास्पद बन्नसक्छ ।

जैन धर्म
जैन धर्मका अनुयायीहरूले मान्ने गरेका छन् कि प्राणीदेखि लिएर निर्जीव पदार्थमा समेत अलगअलग अवस्थाको जीवन हुन्छ । त्यसैले यस्ता पदार्थको नोक्सान कम गर्नको लागि अधिकतम प्रयास गर्नुपर्छ । अधिकांश जैनहरु पनि लेक्टोशाकाहारी हुन्छन् । तर अधिकतम धर्मनिष्ठ जैनहरू कन्दमूल समेत खाने गरेका छैनन् । उनीहरू यस्तो फलफूल मात्रै खानेगरेका छन् कि जुन फलफूल खाँदा बोटविरूवाको मृत्यु हुँदैन त्यही फलफूल मात्रै खान हुन्छ भन्ने उनीहरूको मान्यता रहेको छ । मृत पशुबाट प्राप्त कुनैपनि उत्पादनको उपभोगको अनुमति यस धर्ममा रहँदैन ।

काठमाडौ। शाकाहारी भोजन हिन्दू धर्ममा मात्रै होर्इन अन्यधर्ममा पनि उत्तिकै महत्वका साथ हेर्ने गरिएको छ। सनातन ह.....

आज विश्व पृथ्वी दिवस
22/04/2018

आज विश्व पृथ्वी दिवस

किन बन्ने शाकाहारी ?
15/04/2018
Why Vegetarian?

किन बन्ने शाकाहारी ?

विश्वका प्रसिद्ध व्यक्तिहरू शाकाहारी-----------------------------------------विश्वका केही प्रसिद्ध व्यक्तिहरू शाकाहारी थ...
03/04/2018

विश्वका प्रसिद्ध व्यक्तिहरू शाकाहारी
-----------------------------------------
विश्वका केही प्रसिद्ध व्यक्तिहरू शाकाहारी थिए । गणितिज्ञ पाइथागोरस (ई.पू. ५७०–४९५) शाकाहारी थिए र उनले शाकाहारीको अभियान नै चलाएका थिए । उन्नाइसौँ शताब्दीसम्म शाकाहारी भोजनलाई ‘पाइथागोरियन भोजन’ भनिन्थ्यो ।

दार्शनिक प्लेटो (ई.पू.४२८–३४८) पाइथागोरसका अनुयायी थिए । लियानाडो डा भिन्सी, जर्ज बनार्ड शा, लियो टोल्स् टोय, महात्मा गान्धी जस्ता व्यक्तिहरू शाकाहारी थिए । सन् १९१० मा मुटुको दोस्रो शल्यक्रिया पश्चात् तत्कालीन राष्ट्रपति विल क्लिन्टन भेगान भएका थिए । एक वर्ष पछि उनले आफूलाई भेगान खानाले फाइदा पुगेको टिप्पणी गरेका थिए ।

सन् २०११ मा मिचेल ओबामाले संयुक्तराज्य कृषि विभाग (यु. एस. डि. ए.) को ‘माई प्लेट’ (मेरो थाल) अनावरण गर्दा ‘मासु र सिमी’ लाई ‘प्रोटिन’ ले प्रतिस्थापन गरिएबाट वनस्पतिजन्य प्रोटिनतिर वैज्ञानिकहरूको झुकाव भएको प्रस्ट हुन्छ ।
-प्रतीक्षा

Address

Kathmandu
44601

Alerts

Be the first to know and let us send you an email when Why Vegetarian? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Why Vegetarian?:

Videos

Share

Category

Nearby pet stores & pet services


Other Veterinarians in Kathmandu

Show All
#}