20/08/2026
“सर्प उद्धार र सचेतना कार्यक्रममाथि बहस: कानुनी प्रक्रिया र सामाजिक सञ्जालको विवाद”
संरक्षणकर्मी रोहित गिरिको निवेदनका आधारमा डिभिजन वन कार्यालय मोरङले तीन जना व्यक्तिहरूलाई सोधपुछका लागि उपस्थित हुन पत्र काटेपछि सर्प उद्धार र भिडियो निर्माणसम्बन्धी विषयमा विवाद चर्किएको छ।
सामाजिक सञ्जालमा भ्युजका लागि प्राकृतिक बासस्थानमै रहेका सर्प समात्ने, नक्कली उद्धार देखाउने र विष निकाल्ने गरिएको दाबी उजुरीमा छ। उजुरी परेपछि उजुर परेका व्यक्तिहरूले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिन थालेको पाइएको छ। यस विषयमा छानबिनपछि मात्र अन्तिम कानुनी निष्कर्ष आउने वन कार्यालयले जनाएको छ।
“यस विषयमा तपाईंको धारणा के छ?”
जङ्गलको सर्प: मानव बस्तीमा नआई जङ्गल वा प्राकृतिक बासस्थानमै सुरक्षित रहेको सर्पलाई समातेर 'उद्धार' को नाममा भिडियो बनाउनु कत्तिको उपयुक्त हो?
विष र सचेतना: जनसचेतना वा सर्प संरक्षण कार्यक्रम (Snake Conservation Programme) को नाममा सर्पको विष नै निकालेर देखाउनु आवश्यक हुन्छ र?
सामाजिक सञ्जालको प्रयोग: उजुरी परेपछि सामाजिक सञ्जालमा भिडियो बनाएर धम्की दिने शैलीलाई कसरी हेर्नुहुन्छ?
तपाईंको विचार कमेन्टमा लेख्नुहोला।