05/08/2026
#किसान_चौतारी ( भाग २)
#कृषि_गंगा मोवाइल एप अपडेट
#उत्कृष्ट_कृषक_पुरस्कार
"किसान चौतारी" किसानको लागत न्यूनीकरण तथा लाभदायकता वृद्धि गर्न, किसान तथा सरोकारवालाहरु (भेट डाक्टर, डिलर,सप्लायर्स, सरकारी निकाय) बिच प्रत्यक्ष अन्तरक्रिया गर्न, कृषक जागरण अभियानको रुपमा ज्ञान गंगा द्वारा बनाइएको एउटा फोरम हो।
यस अभियान को भाग २ मा हामीले भक्तपुरका ब्रोइलर तथा लेयर्स किसानहरु लाइ भेला गरि किसान तालिम, किसान-सरोकारवाला बिच अन्तरक्रिया, उत्कृष्ट कृषक पुरस्कार वितरण, रमाइला खेलहरु तथा डिनर कार्यक्रम गरि मनायका छौ।
कुखुरापालक किसानहरूका लागी सम्पुर्ण व्यवस्थापकिय तथा लेखा जोखा सम्वन्धी रेकर्ड राख्न मिल्ने साथै भेट परामर्ष दाता सित प्रत्यक्ष सुझाव लिन मिल्ने ज्ञान गंगा द्वारा निर्मित मोवाइल एप कृषि गंगा को अपडेट वारे छलफल पनि गरेका छौं!!
कार्यक्रम सफल पार्न साथ दिनु हुने सम्पुर्ण कृषक साथिहरु, भेटेरिनरियन ज्युहरु लगायत सम्पुर्ण अतिथिहरु लाई हृदय देखि नै धन्यवाद ।