Bhote Kukur Club of Nepal

Bhote Kukur Club of Nepal The main objective of this club is to improve, encourage, and promote this breed in everyway.

“‘भोटे कुकुर क्लब अफ नेपालद्वारा भोटे कुकुर सम्बन्धी सम्पन्न गरिएका कार्यहरूलाई क्रमबद्ध रूपमा चित्रसहित प्रस्तुत गर्न’ ...
28/04/2026

“‘भोटे कुकुर क्लब अफ नेपालद्वारा भोटे कुकुर सम्बन्धी सम्पन्न गरिएका कार्यहरूलाई क्रमबद्ध रूपमा चित्रसहित प्रस्तुत गर्न’ भनेर Gemini AI लाई अनुरोध गर्दा, यसले निम्नानुसारको उत्तर प्रस्तुत गरेको छ।”

कस्तो छ साथीहरु Gemini को चित्र सहितको उत्तर?

🙏 धन्यवाद शिवबस्ती सिप्लेनिटारा युवा क्लब परिवारलाई।महिला फुटबलको विकासका लागि तपाईंहरूको यो प्रयास प्रशंसनीय छ।आगामी दि...
28/01/2026

🙏 धन्यवाद शिवबस्ती सिप्लेनिटारा युवा क्लब परिवारलाई।
महिला फुटबलको विकासका लागि तपाईंहरूको यो प्रयास प्रशंसनीय छ।
आगामी दिनमा पनि यस्ता सकारात्मक कार्यक्रमहरू सफल रहून् भन्ने शुभकामना। ⚽

भाेटे कुकुर क्लव अफ नेपालका संचालक र समाज सेवि आदरणीय दाजु श्री विजय पौडेल ज्यु र उहाँको परिवार (पाेखरा-२१) द्वारा यस शिवबस्ती सिप्लेनितरा युवा क्लवले आयोजना गरेको प्रथम बागमारा आमन्त्रित महिला फुट्बल प्रतियोगिता २०८२ लाई सफल पार्न प्रथम ट्रफी साथै दोस्रो ट्रफी प्रायोजन (sponsor) प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद 🙏। उहाँहरूको सहयोग प्रति उच्च सम्मान गर्दै सुस्वास्थ्य, दीर्घायुको कामनाका साथ हार्दिक आभार प्रकट गर्दछौ ।

http://www.bhotekukurkennel.com.np/2026/01/bhote-kukur-ikc-wfcu.html
20/01/2026

http://www.bhotekukurkennel.com.np/2026/01/bhote-kukur-ikc-wfcu.html

नेपालको 'भोटे कुकुर' लाई प्रतिष्ठित विश्व फेडेरेसन साइनोलोजी युनियन्स (WFCU) द्वारा आधिकारिक मान्यता—नेपालको गौरव .....

20/01/2026
नेपालको रैथाने तथा दुर्लभ भोटे कुकुर जातलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ऐतिहासिक कार्यका लागि श्री बिजय पौडेल ज्यु तथ...
17/12/2025

नेपालको रैथाने तथा दुर्लभ भोटे कुकुर जातलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ऐतिहासिक कार्यका लागि श्री बिजय पौडेल ज्यु तथा श्री सन्देश थापा ज्युलाई
World Federation Cynology Unions (WFCU) द्वारा Division III (Asia, Africa & Oceania) अन्तर्गत International Judge (Group I – Bhote Kukur) को रूपमा सूचीकृत एवं मान्यता प्रदान गरिएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

यस उपलब्धिले केवल व्यक्तित्वगत सम्मान मात्र नभई नेपालको भोटे कुकुर जातको संरक्षण, विकास तथा अन्तर्राष्ट्रिय पहिचानमा महत्वपूर्ण कोशेढुंगा साबित भएको छ।
आगामी दिनहरूमा यहाँहरूको ज्ञान, अनुभव र समर्पणले नेपालको कुकुर–संस्कृति (Cynology) लाई अझ उच्च स्थानमा पुर्‍याउने विश्वास लिएका छौँ।

साथै, यस ऐतिहासिक उपलब्धि सम्भव बनाउन प्राविधिक, व्यवस्थापकीय तथा सहकार्यात्मक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने Bully’s Registry Nepal प्रति विशेष धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछौँ। उहाँहरूको सहयोगले नेपाली रैथाने कुकुर जातलाई विश्व मञ्चसम्म पुर्‍याउने अभियान अझ सशक्त बनेको छ।

World Federation of Cynology Unions (WFCU) को सदस्यतामाBhote Kukur Club of Nepal को सिफारिसमा श्री साजन बस्नेत ज्यू तथा ...
17/12/2025

World Federation of Cynology Unions (WFCU) को सदस्यतामा
Bhote Kukur Club of Nepal को सिफारिसमा श्री साजन बस्नेत ज्यू तथा श्री अर्जुन सुनार ज्यू चयन हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। उहाँहरू मार्फत नेपाली साइनोलोजी, कुकुर संरक्षण, प्रजनन तथा अन्तर्राष्ट्रिय स्तरको सहकार्य अझ सशक्त हुँदै जाने विश्वास लिएका छौं।

यस महत्वपूर्ण उपलब्धिमा आवश्यक समन्वय, सहकार्य र सहयोग पुर्‍याउनु भएको Bully Registry Nepal प्रति विशेष धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।
भविष्यमा पनि यस्ता सकारात्मक पहलहरू निरन्तर अगाडि बढोस् भन्ने शुभेच्छा।

भोटे कुकुरको संरक्षण र अन्तर्राष्ट्रिय मान्यताको दिशामा ऐतिहासिक उपलब्धि: नेपालमा पाइने उच्च हिमाली भेगको मौलिक कुकुरजात...
13/12/2025

भोटे कुकुरको संरक्षण र अन्तर्राष्ट्रिय मान्यताको दिशामा ऐतिहासिक उपलब्धि: नेपालमा पाइने उच्च हिमाली भेगको मौलिक कुकुरजात भोटे कुकुर (Bhote Kukur) को संरक्षण, वैज्ञानिक अध्ययन र अन्तर्राष्ट्रिय पहिचान दिलाउने लक्ष्यसहित स्थापना भएको भोटे कुकुर क्लब अफ नेपालले हालसालै महत्वपूर्ण उपलब्धिहरू हात पारेको छ। नेपाली जनताको अभिमानका रूपमा चिनिने यो जातको अस्तित्व, इतिहास, जीन संरचना र मानक पहिचान सुरक्षित गर्न क्लबले विगत केही वर्षयता निरन्तर प्रयास गर्दै आएको छ।

वैज्ञानिक अनुसन्धान : DNA परीक्षणदेखि वंशावली अभिलेखीकरणसम्म: भोटे कुकुरको मौलिकता र विशिष्टता प्रमाणित गर्न क्लबले पहिलोपटक व्यवस्थित रूपमा उच्च हिमाली भेगका भोटे कुकुरहरूको DNA परीक्षण गराएको थियो। यस वैज्ञानिक प्रक्रियाबाट प्रजातिको आनुवंशिक विशिष्टता, उद्गम, स्वास्थ्य सन्तुलन र अन्य जटिल तथ्यहरू सार्वजनिक गर्दै क्लबले भोटे कुकुरको मौलिक र अलग्गै पहिचानलाई अझै बलियो आधार प्रदान गरेको छ।

यसबाहेक, क्लबले भोटे कुकुरको आधिकारिक Breed Standard (मापदण्ड) तयार गरी कुकुरको आकार, बनावट, व्यवहार, रंगरूप, चालढाल र अन्य प्रजातिगत विशेषताहरू एकीकृत प्रारुपमा दस्तावेजीकरण गरेको छ।

यस कार्यलाई अझै असरदार बनाउन क्लबले १०० भन्दा बढी कुकुरहरूको ४ पुस्ते वंशावली (Pedigree Records) संकलन गरी व्यवस्थित रूपमा अभिलेख तयार गरेको छ, जसले भोटे कुकुरको वंशीय शुद्धता र दीर्घकालीन संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

अन्तर्राष्ट्रिय क्यानलहरूमाझ प्रस्तुत आधिकारिक प्रमाणहरू: क्लबले तयार पारेका DNA रिपोर्ट, Breed Standard, ४ पुस्ते Pedigree Record, साथै देशका विभिन्न स्थानमा भएका भोटे कुकुरहरूका फोटो तथा भिडियो प्रमाणहरू आधिकारिक रूपमा अन्तर्राष्ट्रिय क्यानलहरू तथा क्यानोलोजिकल संस्थाहरूसम्म पठाइएको थियो।

उक्त कागजात र प्रमाणहरूको गहिरो अध्ययन एवं मूल्यांकनपछि २०८१ साल फागुन २७ गते अन्तर्राष्ट्रिय केनल क्लब (IKC) ले भोटे कुकुरलाई आधिकारिक रूपमा प्रजातिको रूपमा मान्यता प्रदान गरेको घोषणा गरेको थियो।

यससँगै क्लबले अन्य अन्तर्राष्ट्रिय संघ–संस्थासँग पनि निरन्तर पत्राचार गर्दै भोटे कुकुरलाई विश्वस्तरीय क्यानोलोजिकल संरचनामा स्थापित गर्ने प्रयास जारी राखेको छ।

WFCU ले पनि प्रदान गर्यो आधिकारिक मान्यता: नेपालका लागि अर्को ऐतिहासिक खुशीको समाचार २०८२ साल मंसिर १८ गते सार्वजनिक भयो। विश्वकै प्रतिष्ठित क्यानोलोजी महासंघ World Federation Cynology Unions (WFCU) ले पनि भोटे कुकुरलाई औपचारिक रूपमा Recognized breed को सूचिमा समावेश गरेको घोषणा गर्‍यो।

यो मान्यता प्राप्त गर्न क्लबले दिएको वैज्ञानिक प्रमाण, अभिलेख तथा भोटे कुकुरको मौलिक पहिचान सुरक्षित गर्ने उद्देश्यप्रति WFCU ले उच्च मूल्यांकन गरेको बताइएको छ। यससँग, भोटे कुकुर अब अन्तर्राष्ट्रिय स्तरमा व्यवस्थित रूपमा दर्ता गर्न, क्यानलहरूको अभिलेख राख्न तथा विश्वभरका शो/कम्पिटिशनहरूमा आधिकारिक रूपमा सहभागिता जनाउन सक्षम भएको छ।

यो उपलब्धि केवल भोटे कुकुर क्लबकै नभई सम्पूर्ण नेपाली जनताको गर्व मानिएको छ।

भोटे कुकुर शो : सांस्कृतिक पहिचानको अन्तर्राष्ट्रिय मञ्च: भोटे कुकुर क्लब अफ नेपालले २०८१ साल माघ १९ गते पोखरा–लेकसाइडमा पहिलो भोटे कुकुर शो (1st Bhote Kukur Dog Show) भव्य रूपमा सम्पन्न गरेको थियो।
यस कार्यक्रममा देशका विभिन्न स्थानबाट ल्याइएका भोटे कुकुरहरू, तिनका वंशावली, शारीरिक विशेषता, व्यवहारगत गुण र सांस्कृतिक महत्त्व प्रदर्शित गरिएको थियो।

शोले एकातिर भोटे कुकुरको आकर्षण विश्वमाझ थप परिचित गराएको थियो भने अर्कोतर्फ स्थानीय समुदाय, पशु–प्रेमी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय क्यानोलोजी प्रतिनिधिहरूलाई यस प्रजातिसम्बन्धी गहिरो जानकारी उपलब्ध गराएको थियो।

नेपालको मौलिक प्रजाति विश्वमञ्चमा उभिन सफल: आज भोटे कुकुरको पहिचान केवल गाउँ–घरमा सीमित छैन। वैज्ञानिक अनुसन्धान, अभिलेख संकलन, अन्तर्राष्ट्रिय पत्राचार र दिगो संरक्षण योजनाका कारण नेपालको मौलिक कुकुर जात अहिले विश्वस्तरको मान्यता प्राप्त कुकुर प्रजातिको सूचिमा दृढतापूर्वक उभिन सफल भएको छ।

भोटे कुकुर क्लब अफ नेपालले गरेका यी प्रयासले भोलिका दिनमा भोटे कुकुरलाई न केवल विश्वभर चिनाउनेछ, बरु नेपालको सांस्कृतिक सम्पदा, पहिचान र जैविक विविधताको प्रतिनिधि प्रजातिको रूपमा अंतर्राष्ट्रिय स्तरमा सम्मान दिलाउनेछ।

https://www.wfcu.cz/?fbclid=IwRlRTSAOoUYBleHRuA2FlbQIxMABzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEeYAVniWe-JFP0Pbkl9FaMtjZDpwvbAV4UHcgkIJzyNYxxWkNRd7HWtKiI9bs_aem_J--u_2gOwCOVGyegKGgkiw

WORLD FEDERATION CYNOLOGY UNIONS – WFCU is the first global Czech-Slovak non-profit organization that wants to bring progress, new challenges and a professional approach to this area. It is a response to cynological innovation, changes in established principles. The system of consolidated activiti...

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Bhote Kukur Club of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhote Kukur Club of Nepal:

Share