
16/06/2024
अत्याधिक गर्मीको कारण तपाइको पोखरीमा पनि माछा मर्न सक्छन्। गर्मीमा माछा कसरी बचाउने त?
===================
बिहानको समयमा माछा माथी आएर प्याक प्याक गर्छन, माछाहरु मरिरहेका छन् भनेर धेरै किसानहरुले अहिले मत्स्य प्राबिधिकहरुलाइ सम्पर्क गर्नु भएको छ। अत्याधिक गर्मी रहदासम्म माछापालन गर्ने किसानले ध्यान दिनुपर्ने केही कुराहरू:
- प्राबिधिक सँग सम्पर्क गरि कारण पत्ता लगाइ समाधानको उपाय खोज्ने
- पानीको गहिराई सकेसम्म १.५ मिटर कायम राख्ने
- अत्याधिक गर्मीको मौसम रहदासम्म प्रत्येक दिन पोखरीको पिधको पानी हटाइ ताजा पानी थपिदिने
- बिहान ४-६ बजेसम्म एरिएटरको प्रयोग गर्ने (आवश्यकता अनुसार अरु समयमा पनि चलाउनु पर्ने हुनसक्छ)
- एरिएटर नभएको अवस्थामा मोटरको प्रयोग गरेर पोखरीको पिधको पानी निकालेर फोहोरा बनाइ पोखरीमै खसाउने
- मलिलो पोखरीमा चुनाको प्रयोग नगर्ने
- मलखादको प्रयोग न्यून गर्ने
- आवश्यकता भन्दा बढी दाना नदिने
- माछालाइ तनाब हुने कुनै क्रियाकलाप सकेसम्म नगर्नुहोला
- प्रत्येक दिन बिहान सबेरै उठेर आफ्नो पोखरीको अनुगमन गर्नुहोला
(सबै माछापालन गर्ने किसान सामु पुर्याउनको लागि Share गर्नुहोला)