Bhandari Agrovet Center

Bhandari Agrovet Center Bhanadari agrovet center was estd.on 2061/07/19 with the aim of providing agricultural seeds, inputs and veterinary services for the farmers.

11/03/2025
मैले बुझेको नेपालमा खर्बौको कृषि जन्य बस्तुहरु आयातित भैरहेको छ । अर्कोतिर नेपाली किसानको उत्पादनले राम्रो मुल्य पाएका छ...
20/02/2025

मैले बुझेको नेपालमा खर्बौको कृषि जन्य बस्तुहरु आयातित भैरहेको छ । अर्कोतिर नेपाली किसानको उत्पादनले राम्रो मुल्य पाएका छैनन वा बारिमै कुहिने समस्या छ , "यसको मुख्य समस्या बजारको माग अनुसार खेती गर्ने प्रकृति नेपालमा मिलेको छैन।, उदाहरणका लागि, विदेशमा किसानहरु एउटा संघसँग जोडिएका हुन्छन्। संघले किसानलाई निश्चित मात्रामा कृषि सामग्री उत्पादन गर्ने जिम्मेवारी दिन्छ। तर, नेपालमा त्यस्तो छैन।

नेपाली कृषि क्षेत्रमा कसैले किबी रोपेको मात्रै छ भने सञ्चारमाध्यमले त्यसलाई ‘किबी खेती गरेर करोडपति भयो’ भन्ने प्रचार गर्छन्। खेती गरेर करोडपति हुनलाई ऊ अगाडिबाटै करोडपति हुनुपर्छ । करोड आम्दानी गर्न करोड नै लागानी हुनुपर्छ। भ्रामक रुपमा नै प्रवाह भएको समाचारले प्रभाव पार्छ। समाचारबाट प्रभावित भएर धेरैले त्यही किबीको खेती गर्न थाल्छन्, अनि एउटै सामग्रीको उत्पादन त्यसको बजारभन्दा ज्यादा हुन्छ । त्यसपछि त्यसको मूल्यमा निकै गिरावट आउँन थाल्छ।

यसरी नै अन्य सामग्रीको उत्पादनमा पनि व्यवस्थापन नहुँदा नेपालमा कुनै न कुनै खाद्यान्नको अभाव भइरहेको हुन्छ। सरोकारवाला निकायले यो समस्यालाई समाधान गर्ने प्रयास गर्नुपर्ने देखिन्छ । अहिले सर्लाहीका किसानलाई गोलभेंडाको खेती गर्न भनिरहँदा सप्तरीका किसानलाई टमाटर नभएर अन्य कुनै वस्तुको खेती गर्नुपर्ने हुन्छ ।

मुडेमा आलु फल्छ। त्यहाँ आलु फल्छ भने त्यहाँ तलतिर आलु नभएर लसुन वा अन्य कुनै कृषि वस्तुको खेती गर्न सकिन्छ। माग अनुसारको वस्तुलाई खेती गर्न सकिन्छ । बजारको मागलाई जति खेती गर्दा पुग्छ, त्यति नै खेती गर्न सकिन्छ। बजारको माग अनुसारको खेती गर्ने हो भने खपत पनि हुन्छ र अभाव सिर्जना भएर आयात गर्नुपर्ने अवस्था पनि आउँदैन।

जुन वस्तुको माग छ, त्यसको उत्पादन गरेर व्यवस्थापन उचित रुपमा गर्न नसक्दा नेपालमा हरेक वर्ष खाद्य सामग्रीको अभाव भइरहेको हो। यसलाई समाधान गर्न माग अनुसारको कृषिवस्तुको उत्पादन र त्यसको व्यवस्थापन गर्न आवश्यक छ।
copyright

Agro Tourism  +  तेलबिउको लागि ९८४७८२५६६८●हावापानीराम्रो खेतीका लागि तापक्रम २०–३५डिग्री सेन्टिग्रड हुनु पर्दछ ।●सुर्यमु...
16/01/2025

Agro Tourism + तेल
बिउको लागि ९८४७८२५६६८

●हावापानी
राम्रो खेतीका लागि तापक्रम २०–३५डिग्री सेन्टिग्रड हुनु पर्दछ ।

●सुर्यमुखी लगाउने उपयुक्त समय
सुर्यमुखी हाम्रो देशमा फाल्गुन देखी असारमा लगाउनु पर्दछ

●कस्तो माटो उपयुक्त
दोमट माटो यसका लागि उत्तम हुन्छ । माटोको पि.एच. ६.५ देखि ८..५ सम्म भए उपयुक्र मानिन्छ । यो बालीमा पानी जम्नु हुँदैन ।

●मिश्रित बाली प्रणाली
-धान/तोरी/रायो+सुर्यमुखी
-आलु+सुर्यमुखी
-मकै+सुर्यमुखी
-उखु + सुर्यमुखी

●सुगाको प्रकोप
एकातिर सेतो र अर्कोतिर रातो पोलिएको अल्मुनियम रिबन पाईन्छ, यसलाई बटारीखेत बारीमा राख्दा यो घाममा चम्कने र हावाको प्रवाहले आवाज समेत आउने हुदा सुगा तथा अन्य चराहरु नियन्त्रण भएको पाईएको छ ।

-खेतवारीका छेउ तथा बीचका ठूला फुलहरुलाई पत्रिका तथा पुराना कपडाको थैलाले छोपी दिनाले पनि केहि कम गराउन सकिन्छ ।

-फुलको वरिपरि मालाथियन झोल छर्नाले यसको गन्धले सुगाको प्रकोप केहि कम हुन्छ ।

-मानिस राखेर धपाउने पनि गर्न सकिन्छ ।

●वीउदर तथा रोपांईको दुरी कति राख्नु पर्दछ ?
》वीउको मात्रा ६-७ के.जी. प्रति विघा,३-४ से.मी. गहिराईमा हारको दुरी ६० से.मी. र विरुवा देखि विरुवा विचको दुरी २०-२५ से.मी. हुनु पर्दछ ।

24/10/2024

Address

Aandolan Chowk
Palpa

Telephone

075-521950

Website

Alerts

Be the first to know and let us send you an email when Bhandari Agrovet Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share