09/01/2026
हाम्रा आदरणिय अग्रज भेटेरिनेरीयन डा. पद्मनाथ शर्माज्यूको मिति 2082.09.22 मा भएको असामयिक निधनबाट हामी स्तब्ध भएका छौं । यस दुखद घडीमा मृत आत्माको चीर शान्तिको कामना सहित शोक संतप्त परिवार प्रति काठमाण्डौ भेटेरिनरी क्लिनिक परिवार हार्दिक समवेदना प्रकट गर्दछौं ।
डा. शर्मा एक आदर्श व्यक्तित्व हुनुहुन्थ्यो । नेपालमा पशु चिकित्सा क्षेत्र खासगरी पशु पंक्षीका खोपहरू उत्पादनमा उल्लेखनीय योगदान पुर्याउनुभएका डा. शर्माको निधनबाट समस्त पशु चिकित्सा क्षेत्र र मुलुकले अपुरणिय क्षती व्यहोर्नु परेको छ । वहंको वैकुण्ठमा बास होस् ।
काठमाण्डौ भेटेरिनरी क्लिनिक
महाराजगञ्ज, काठमाण्डौ ।