
22/10/2021
It's now easier to send Modern Agriculture Nepal a message.
It's now easier to send Modern Agriculture Nepal a message.
Agriculture and animal science consultant, related all service and information provider. Its a page for all farm lover. Who seeks new agriculture information to boost up their knowledge.
And farmers/entrepreneur to improve their production.
Operating as usual
It's now easier to send Modern Agriculture Nepal a message.
आँगनमै औषधि
==========
केही अघि चीनको औषधि कम्पनीले पुदिनाले भाइरल इन्फ्लुएञ्जाबाट बचाउने औषधि निर्माण गर्ने भन्दै ‘पेटेन्ट’ गर्न खोज्यो। तर, भारतका आयुर्वेद वैज्ञानिकहरूले आफ्नो उपचार पद्धतिमा वर्षौंदेखि पुदिनाको प्रयोग भइरहेको भन्दै ‘पेटेन्ट’ गर्न दिएनन्। पुदिना हामीकहाँ पनि प्रशस्त पाइन्छ। तर, यसको महत्व हामीलाई अरूले नै बुझाइदिनुपर्ने भएको छ।
प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् ।
करी पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।
‘करी’ पत्ता तराईतिर जताततै पाइने वनस्पति हो । यसको वैज्ञानिक नाम ‘मुराया कोएनिजी’ हो । ‘करी’ पत्ता पोषणको दृष्टिले अतिउत्तम , यसलाई ‘मीठा’ नीम पनि भनिन्छ । औषधिजन्य गुण हुने तर तीतो नहुने भएकोले यसलाई मीठा नीम भनिएको हुनुपर्छ
दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ । त्यहाँ जुनसुकै खानेकुरा पकाउँदा पनि करी पत्ता हालिन्छ । जनस्वास्थ्य विशेषज्ञका रूपमा श्रीलंकामा रहँदा खानेकुराबाट झिक्दै छेउमा राख्दै गरेको देखेर एक नर्सले ‘यो त साह्रै पौष्टिक हुन्छ, किन फालेको ?’ भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
त्यसपछि उनले करी पत्ता खाँदा हुने फाइदा बारे लामै व्याख्यान दिइन् । यसको नरम पातको अचार पनि बनाइँदो रहेछ । रसम (दाल) मा त यो नभई हुँदैन । त्यहाँ करी पत्ता नहालिएको खाना अपूर्ण मानिंदो रहेछ ।
त्यसपछि मैले पनि करी पत्ता खान शुरू गरें । अहिले मेरा घरमा करी पत्ताको दुई बोट छन् । समय–समयमा यसको पात काँचै चपाउँछु । तरकारी बनाउँदा सम्झिएर हाल्छु । अचारमा बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि मिसाउँछु ।
करी पत्ता पोषणको भण्डार नै हो । यसको पात रेसादार हुन्छ । यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ ।
गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ । मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ।
तराईमा जताततै पाइने करी पत्ताबारे धेरैलाई खासै जानकारी रहेको देखिंदैन।
करी पत्ताका बारेमा केही अनुसन्धान पनि भएका छन् । मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ किनभने यसले शरीरभित्र रहेको हर्माेन ‘इन्सुलिन’ को गतिविधिलाई प्रभावित गरेर रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । अपच हुने मानिसहरूलाई पनि खान दिइन्छ किनभने यसले मिर्गौलालाई तन्दुरुस्त बनाउन सघाउँछ।
काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ । असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन् ।
यसलाई पानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि स्वादिष्ट पेय बन्छ । यस्तो पेयले पेटमा रहेको गडबडीलाई सञ्चो गर्ने परम्परागत मान्यता छ । यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्।
हाम्रा भान्छामा प्रशस्त औषधि छन्। पुर्खाले त्यसैका भरमा रोग निको पार्दै आइरहेकै हुन्। तर, आधुनिक औषधि विज्ञानसँगै भान्छा र करेसाबारीमा पाइने त्यस्ता औषधि विस्थापित भइरहेका छन्। त्यसैले सामान्यभन्दा सामान्य स्वास्थ्य समस्यामा पनि हामी ट्याबलेट र सुईको भर पर्छौ। औषधिका लागि चर्को मूल्य तिर्न बाध्य हुन्छौं।
( Photo of Curry leaves)
Curry leaves (Murraya koenigii) or sweet neem leaves are extensively used in India for culinary and medicinal purposes. They are small green leaves with a unique flavour and aroma. They are widely used as a seasoning in South Indian dishes like sambhar, rasam, chutney etc.
Nutritional Value of Curry Leaves:
100 grams of curry leaves provide around 108 calories of energy. They are rich in carbohydrates, proteins, fibre, calcium, phosphorus, iron and other minerals. They also contain vitamins like vitamin A, vitamin B, vitamin C, vitamin E etc.
Source: Aruna Uprety
Nepal Agriculture Revolution
विभिन्न पशुपन्छीलाई उमेर र अवस्थाअनुसार दैनिक खुवाउनु पर्ने अनुमानित आहारको मात्रा
=====================================
गहुँमा लाग्ने रोग, किराहरु र ब्यबस्थापन | eKishaan
General ArticlesUncategorized गहुँमा लाग्ने रोग, किराहरु र ब्यबस्थापन By Suraj Adhikari - August 19, 2020 0 24 Facebook Twitter Pinterest WhatsApp गहुँमा लाग्ने रोग र किराहरु १)गुल...
Principles of organic agriculture
Organic agriculture is based on four principles (IFOAM, 2007):
1. Health: organic agriculture should sustain and enhance the
health of soil, plant, animal and human beings.
2. Ecology: organic agriculture should be based on living ecological
systems and cycles, work with them and sustain them.
3. Fairness: It should build on relationships that ensure fairness with
regard to the common environment and life
opportunities.
4. Care: Organic agriculture should be managed in a responsible
manner to protect the health and well being of current and
future generations.
नेपालमा अर्गानिक प्रमाणिकरण कसरी गर्ने ।
Organic Certification in Nepal
Agri Fact Nepal
सलह_श्रृङ्खला
विषादी प्रयोग गरि धेरै ठुलो अनुपातमा सलह नियन्त्रण बिधि
यि विषादीहरु ले मानव जिवनमा असर गर्ने हुदा प्रयोग गर्दा धेरै नै सावधानी अपनाउनु पर्द्छ
विषादी बिना स्थानीय स्थर गर्न सकिने विधिहरु
https://www.facebook.com/…/a.103837841320…/124955332542404/…
दैनीक यस्तै राेचक र ज्ञानबर्धक तथ्यकाे लागी हामीसँग जोडिनुहोस्।
https://www.fb.com/agrifactnepal/
https://www.instagram.com/agrifactnepal/
https://www.twitter.com/agrifactnepal/
कृषि गतिविधि
राईस ट्रान्सप्लान्टर बाट धान रोप्रनका लागी वीउ राख्ने तरिका :
व्याड तयार गर्नका लागी ट्रे को आवश्यक पर्दछ । यसका अलावा जमीनमा पोलिथिन बिछ्याएर त्यसमाथी ट्रे को जति नै आकार भएको काठको फ्रेमको प्रयोग गरेर वीउ राख्न सकिन्छ । सर्वप्रथम ट्रेमा मलिलो माटो राखी एक स्तर बनाउने । त्यस माथी अंकुर आएको वीउ समान तरिकाले छर्ने । मेशीनले नछुटाई वीउ रोप्नका लागी ट्रेमा सहि मात्रामा वीउको संख्या पुर्याउन आवश्यक छ । एउटा ट्रेमा साधारणतया खाली नहुने गरी ६० देखि ८० ग्राम वीउ अटाउँछ । त्यसरी वीउ राख्ने ठाउँ तयार भए पश्चयात हजारीको साहेताले दिनहु दुई पटक पानी हाल्नु पर्दछ।मेशीनको प्रयोग गर्दा बेर्नाको उचाई ६ देखि ८ से मी हुन राम्रो मानिन्छ । यसरी १३ देखी १५ दिनमा वीउ रोप्नका लागि तयार भएको र्बेनालाई हामीले मेशीनको माध्यमबाट रोप्न सक्छौँ ।
धन्यवाद !!
आकृति अधिकारी
#season
Agri Fact Nepal
आँप_श्रृङ्खला -०१
आर्थिक वर्ष २०१८/ १९ मा नेपालको तराई क्षेत्रमा ३२८,२७१ मेट्रिक टन आँप उत्पादन भएको थियो र भारतको विभिन्न स्थानबाट ६,००० मेट्रिक टन भन्दा बढि आयात भएको थियोे ।माग बढेसँगै फल काँचै टिप्ने र carbide प्रयोग गरेर पकाउने ब्यापक चलन छ ।यस्ले गर्दा मानब स्वास्थमा पर्ने असर र तेस्लाई न्युनीकरण गर्ने तरिका जानी रखौ।
नेपालमा कृषि उत्पादन घट्दै परनिर्भरता बढ्दै
नेपालमा कुल जनसख्या मध्ये २०६८ जनगनणा अनुसार करीब ६५ प्रतिशत जनसख्या कृषि पेसामा संलग्न छन् । त्यसैलाई आधार बनाए...
गोब्रे अर्थात (डल्ले) च्याउ खेती गर्ने बेला हुन लाग्यो है - कृषि पत्रिका
गोबर भएको ठाउँमा उम्रने भएकाले च्याउको यो प्रजातिलाई गोब्रे च्याउ भनिएको हो । यो च्याउ चिसो हावापानि भएको ठाउँमा...
व्रोइलर पाल्दा प्रत्येक सप्ताह विचार गर्नुपर्ने कुराहरु (साप्ताहिक तालिका सहित ) - कृषि पत्रिक
आत्मनिर्भरतर्फ उन्मूख कुखुरा पालन व्यवसायमा हजारौं किसान सहभागि भएको पाईन्छ । तर, उचित ज्ञान नहुँदा कुखुरा पालन ...
कृषि गुरु Krishi Guru
ब्रोइलर कुखुराको खोप तालिका।
कृषि गुरु Krishi Guru
⁉️ कुखुरामा एन्टिवायाेटिक कि प्राेबायाेटिक राम्राे ??
==================================
✍️ अमेरिका स्थित U.S. Department of Agriculture का अनुसार अमेरिका काे सबैभन्दा ठुलाे कुखुरा प्रशाेधनकर्ता , Tyson Foods ले September 2017 भित्र दानामा प्रयाेग गरिने सबैखाले एन्टिवायाेटिक प्रयाेगमा राेक लगाउने र प्राेबायाेटिकमा आधारित कुखुरापाल गर्ने घाेषणा गर्याे । फलस्वरूप प्राेबायाेटिक प्रयाेग गरिएका कुखुराकाे विक्रि मा ३४ प्रतिशत वृद्धि भयाे ।
(Source: https://news.okstate.edu/…/art…/2017/probiotics-poultry.html )
⁉️ त्यसाेभए के हाे याे प्राेवायाेटिक ?
✍️ एन्टिबायोटिकको विकल्पमा अहिले विकसित देशहरूमा प्राेवायाेटिक काे प्रयाेग रूचाउन थालिएकाे छ भने नेपालमा यसकाे भरखर प्रयाेगमा आएकाे छ ।प्राेवायाेटिक खासमा कुनै रसायनिक तत्व नभएर शरिरलाइ चाहिने जैविक व्याक्टेरिया हाे । पशु चिकित्साकर्मीहरु एवं कुखुरा पालकहरुले एन्टिबायोटिकको उपयोगमा गम्भीरताले बिचार गर्नुपर्ने हुन्छ । किनकी उपचार गर्ने बेला या उपचारपछि यी औषधिहरु कुखुराको फूल , मासुजन्य उत्पादनमा आवश्यक रुपमा आउन सक्छ । जुन जनस्वास्थ्यको लागि हानीकारक हुन सक्छ । एन्टिबायोटिक औषधिहरुको Side Effect धेरै हुनसक्ने तर प्राेवायटिककाे कुनै पनि Side Effect हुदैन ।
⁉️ नेपालमा प्रयाेगमा छ त प्राेवायाेटिक ?
✍️ अहिले नेपालका अधिकांश ठाउमा कुखुरामा प्रयाेग हुने पाेल्ट्री वियाेसा नामक प्राेवायाेटिक बजारमा उपलव्ध छ ।
⁉️ पाेल्ट्री वियाेसा ले केके फाइदा गर्छ त ?
✍️यसले निम्न फाइदा गर्छ
✅ कुखुराकाे मासु उत्पादनमा बृद्धि । मासुकाे गुणस्तरमा बृद्धि गर्छ ।
✅ प्रतिराेध क्षमतामा बृद्धि गर्छ ।
✅ दाना खपत दरमा कमी गर्छ ।
✅ खाेर गन्हाउने समस्यामा कमि ल्याउछ ।
✅ शरीरलाइ आरामदायिता प्रदान गर्छ ।
✅ अण्डाकाे गुणस्तर तथा संख्यामा बृद्धि गर्छ ।
⁉️ त्यसाे भए कहा पाइन्छ त वियाेसा ?
✍️ तपाइकाे स्थान कमेन्टमा लेख्नुभयाे भने नजिकैकाे एग्राेभेटकाे जानकारी दिनेछाैँ ।
कृषि प्राबिधिक जलन बि सि
बागबानी सम्बन्धि सम्पुर्ण जानकारी
बागबानी को परिभाषा र यसको शाखा हरु :
बागबानी ( horticulture ) शब्द ल्याटिन भासा को hortos र colere मिलेर बनेको छ। जस्मा hortus को अर्थ बगैचा र colere को अर्थ खेती भन्ने हुन्छ । नेपाली मा बाग भनेको सिमित क्षेत्र र बानी भन्नाले अभ्यास भन्ने बुझिन्छ । यसरी कुनै निश्चित क्षेत्र भित्र बारबन्देज गरिएको जग्गामा तरकारी ,फलफुल ,पुस्पा,आलङ्कारिक बिरुवा को उत्पादन प्रसोधन बारे अध्यन अध्यापन गराउने बिज्ञान नै बागबानी हो।
बागबानी का शाखा हरु:
1) pomology ( फलफुल बिज्ञान )
2) olericulture ( तरकारी बिज्ञान )
3) ornamental horticulture ( आलङ्कारिक बागबानी )
4) post harvest horticulture
5) plantation crops production ( औद्योगिक बाली उत्पादन )
6) medicinal herbs production ( औसधिय बाली उत्पादन )
7) seed production( बीउ उत्पादन )
8) nursery production ( बिरुवा उत्पादन )
9) landscape design ( भु दृश्य रचना )
फलफुल बालिको वर्गीकरण :
बानस्पतिक परिवार को आधार मा:
1) anacardiaceae: आँप, लप्सी ,काजु
2) annonaceae : सरिफा
3) caricaceae : मेवा
4) juglandaceae : ओखर
5) moraceae : रुखकटहर
6) musaceae : केरा
7) oleaceae : जैतुन
8) punicaceae : अनार
9) rutaceae : सुन्तला जात ,बेल
10) rosaceae : स्याउ,नास्पती,आरु,आरु बखडा,भुइ ऐसेलु
11) sapindaceae : लिची
12) sapotaceae : सापोटा
13) vitaceae : अङ्गुर
तरकारी बाली को वर्गीकरण :
बानस्पतिक गुण को आधार मा:
1) काउलि परिवार ( curciferae/ brassicaceae: काउली,बन्दा ,ब्रोकाउली,मुला,सलगम,रायो
2) फर्सी परिवार ( cucurbitaceae ): फर्सी,करेलो ,लौका,तरभुजा,इस्कुस,काक्रो,घिरौला
3) umbelliferae : गाजर,पार्सले
4) कोशेबाली( leguminosae ): केराउ ,सिमि,बोडि,बकुल्ला,मेथी
5) गोल्भिंडा परिवार ( solanaceae ): गोल्भिंडा ,भान्टा,खुर्सानी ,आलु,
जिबन चक्र को आधार मा:
1) एक बर्सीय : रायो,पालुङो,चम्सुर
2) दुई बर्से: काउली,बन्दा,प्याज
3) बहु बर्से: परबल,कुरिल्लो
मौसम को आधार मा:
1) बर्से : फर्सी,घिरौला,काक्रो,करेला
2) गर्मी: भिन्डी,बोडि,सिमि,परबल,गोल्भिंडा
3) हिउदे: काउली समुह ,केराउ,मुला,लसुनं,प्याज,
सेचन क्रिया को आधार मा:
1) स्वसेचन हुने : दाल बालि,गोल्भिंडा ,जिरी साग,
2) पर सेचन हुने : काउली समूह,साग समुह ,मुला,सलगम,गाजर,प्याज
3) अक्सर सेचन हुने : भान्टा,भिन्डी,खुर्सानी ,टाटे सिमि
पाक्ने अबस्थाको आधारमा
1) climetric fruit : climatric fruit भन्नाले टिपे पछी पाक्ने फलफुल जस्को स्वाद टिपि सके पछी केहि समय पछि सम्म उस्तै राम्रो हुन्क। केरा ,मेवा ,स्याउ,कटहर,आदि यस्मा पर्छन्
2) non climetric fruit : टिपे पछी नपाक्ने वा पाके पछी मात्रै टिपिने फलफूल जस्को स्वाद टिपि सके पछी केहि समय पछी नराम्रो हुन्छ ।
सुन्तला जात,अङ्गुर ,स्ट्रबेरी,लिची यस्मा पर्छन् ।
पोसक तत्व को आधार मा:
1) कार्बोहाइड्रेट धेरै पाइने: केरा ,बेल,सरिफा
2) चिल्लो धेरै पाइने: ओखर काजु बदाम
3) प्रोटिन धेरै पाइने : काजु,ओखर ,बदाम
4) भिटामिन ए धेरै पाइने: आँप ,मेवा ,हलुवाभेद
5) भिटामिन बि धेरै पाइने: लिची ,बेल,मेवा
6) क्याल्सियम धेरै पाइने: लिची,काजु
7) फलाम धेरै पाइने: ओखर
प्रकाश अबधि को आधार मा:
1) long day plant : आँप,रुखकटहर
2) short day plant : ऐसेलु ,भुइ कटहर
3) day neutral plant : केरा ,मेवा,अम्बा
हावापानी को आधारमा
क) उष्ण क्षेत्र ( tropical zone): समुन्द्र सतह बाट 70-500 मिटर सम्म जहाँ 40 डिग्री सेलिसियस भन्दा बढी तापक्रम हुन्छ ।यहाँ भुइकटहर,मेवा ,लिची,आँप, लगाउन सकिन्छ ।
ख) उपोष्ण क्षेत्र ( subtropical zone ): समुन्द्र सतह बाट 500-1000 मिटर ,35-40 से तापक्रम हुने क्षेत्र । यहाँ सुन्तला ,जुनार,अनार,अम्बा जस्ता फलफूल लगाउन सकिन्छ ।
ग) समशितोस्न क्षेत्र ( mild temperate zone ): 1000-2000 मिटर सम्म को क्षेत्र ।यहाँ आरु,नास्पती,हलुवाभेद जस्ता फलफुल लगाउन सकिन्छ ।
घ) शिताधिक क्षेत्र ( temperate zone ): 2000 मिटर भन्दा माथी ,स्याउ,नास्पती,ओखर जस्ता फलफुल लगाउन सकिन्छ ।
फलफूल बिरुवा लगाउने दुरि:
1) आँप: बिजु 10-12×10-12 मिटर
बर्न संकर: 2.5×2.5मिटर
2) केरा : अग्लो 2.5×3 मिटर र होचो 1.8×1.8 मिटर
3) भुइ कटहर :60×30 cm
4) मेवा :2×2 मिटर
5) लिची:10×10 मिटर
6) अम्बा:6-7×6-7 m
7) रुख कटहर :12-15×12-15 m
8) एभाकाडो:8-10×8-10 m
9) मेकाडेमिया नट:8-10×8-10
10) स्ट्रबेरी:90×४५ cm
11) सुपारी:3×3 m
12) सापोटा:10×10 m
13) नरिवल : अग्लो 7.5_9×7.5-9 र होचो 6.5-7×6.5-7
14) बेल: बिजु:10×10 र कलमी 8×8 m
15) स्याउ:6×6 m
16) नास्पती:6-8×6-8 m
17) आरु,आरु बखडा,हलुवाभेद,कागजी,सुन्तला ,जुनार,भोगटे, बदाम:5-6×5-6 m
18) खुर्पानी:6×6 m
19) लेमन ,अनार:5×5 m
20) जैतुन : 8×8 मिटर
21) कागती: 4-5×4-5 m
22) मुन्तला:3×4 m
23) ज्यामिर:6× 5 M
बगैंचा को lay out :
1) बर्गाकार तरिका : यस्मा लम्बाइ र चौडाइ बराबर राखिन्छ। बर्ग को सबै कोण 90 डिग्री को बन्छन
2) आयताकार तरिका : बोट र लाइन को दुरि फरक राखिन्छ
3) त्रीभुज तरिका वा खडकोन तरिका : यो पहाडी भिरालो जमिन मा त्रीभुज को 3 भुजा निकालेर बनाइन्छ भने खडकोण मा 6 भुजा बाट बनाइन्छ जस्मा बर्गाकार को भन्दा 15% बढी बिरुवा अटाउछ।
4) quincunx ( क्विङ्कस) तरिका :
बर्ग को प्रत्येक कुना मा थप बिरुवा रोपिन्छ जसलाई filler plant भनिन्छ त्यो हुर्की सके पछी वा ठुलो भय पछी हटाइन्छ ।
5) कन्टुर तरिका : यो पहाड को भिरालो जमिन मा रेखाङ्कन गर्ने सबैभन्दा राम्रो तरिका हो जस्मा A frame को सहायता ले समउच्च रेखा खिचिन्छ ।
फलफुल मा तालीम तथा काटछाट:
फलफुल मा 3 प्रकार ले तालीम दिइन्छ
1) केन्द्रीय अगुवा प्रणाली ( Central leader system ): यो पद्धति मा 15-60 cm माथि बाट मुल कान्ड लाई आधार मानी कापा परेका र नजिक का हागा मात्रै हटाइन्छ।अनार,मा यो उपयुक्त हुन्छ
2) खुल्ला केन्द्र प्रणाली ( open center system ): बिरुवा को मुल काण्ड लाई काटी तलका 3-5 बाड्न प्रोत्साहन दिन गरिने काटछाट हो। यो आरु आरु बखडा मा बढी उपयुक्त हुन्छ ।
3 ) सुधारिएको नेता प्रणाली ( midfied leader system ): मुल हागा को वृद्धि लाई पुर्ण किसिम ले हुन नदिइ शाखा हागा हरुलाइ बढ्न प्रोत्साहन गरिन्छ। यो लेकाली तथा सितोस्न फलफुल मा उपयुक्त हुन्छ ।
पतझड फलफुल पुस माघ र सदाबहार फलफूल जेठ असार मा काट्छाट गरिन्छ।
#फलफूल बोट को प्रसारण सम्बन्धि महत्त्वपूर्ण तर छोटो जानकारी :
फलफूल बोट दुई किसिम ले प्रसारण गरिन्छ
1) बीउ बाट
2) बानस्पतिक तरिका
बानस्पतिक तरिका को फाइदा :
1) मात्री गुण ले सम्पन्न
2) छिटो फल्ने
3) बीउ बाट सर्ने रोग नसर्ने ।
4) धेरै किसिमको फल फलाउन सकिने
बानस्पतिक प्रसारण का तरिका :
कलमी तरिका को लागी मुल बृन्द( root stock ) र साइन ( हागा) आबस्यक पर्छ ।
root stock बिरुवा प्रसारण गर्दा जरा तिर को भाग हो भने साइन प्रसारण गर्न खोजियको बिरुवा को भाग हो जुन root stock मा जोडिन्छ।
सायन सकभर 1 बर्ष पुरानो ,पेन्सिल साइज को रोग किरा र चोटपटक नलागेको छनोट गर्नु पर्छ ।
layering :
माउ बोट मै जरा निकाली बिरुवा प्रसारण गरिन्छ ।
1) sumple layering :2-3 महिना मा जरा पलाउछ ।
2) Air layering : 1 बर्ष पुरानो 20-30 cm लामो हागा मा 2-3 cm बोक्रा हटाइन्छ मल माटोव,झ्याउ लगाइ प्लास्टिक ले बाधेर प्रसारण गरिन्छ । कागती,लिची,अम्बा मा उपयुक्त ,4-8 हप्ता मा जरा निस्किन्छ।
3)mound layering : माउ बोटको फेदमा काटी जाडो महिना मा पुरेर जरा निकाली प्रसारण गरिन्छ।
4) compound layering : लहरा जाने फलफूल मा हागा लाई जमिन मा ओछ्यायर प्रसारण गरिन्छ ।
5) tip layering : लहरा हुने फलफुल को टुप्पो माटोमा पुरी प्रसारण गरिन्छ।
grafting :
साइन र मुल बृन्द को को जोडाइ( cambium layer ) बाट प्रसारण गरिन्छ ।
1) tongue grafting : मुल बृन्द मा 3-6 cm छड्के पारी काटी उत्रै साइन ल्याइ 1-2 cm गहिरो जिब्रो जसरी चिरी जोडेर प्रसारण गरिन्छ ।पतझड फलफूल मा उपयुक्त हुन्छ
2) साइड वा भिनियर grafting : मुल बृन्द ठुलो र साइन सानो भयको अबस्थामा यो बिधि उपयुक्त हुन्छ । 3-4 cm मुल बृन्द छड्के काटी v आकार को बनाइ साइन जोडि प्रसारण गरिन्छ।
3) इनार्चिङ: यो विधि आँप मा प्रयोग हुन्छ ,1 बर्ष गमलामा मुल बृन्द को लागि हुर्काइयको बिरुवा साइन भयको रुख ला लागि 5-7 cm बोक्रा हटाइ जोडेर प्रसारण गरिन्छ । 60-75 दिन मा जोडिन्छ।
4); bark grafting
5) cleft grafting
6) brigde grafting
7) इपिकोटाइल ग्राफ्टिङ
budding : मुल बृन्द मा bud ( कोपिला ) जोडेर प्रसारण गरिन्छ
1) टि budding : मुल बृन्दमा टि आकार चिरी bud घुसारेर प्रसारण गरिन्छ ,गुलाफ मा बढी उपयुक्त हुन्छ ।
2) प्याच budding : बाकी क्रमश
नेपाल मा कफी ,चिया ,अदुवा ,बेसार र अलैंची खेती सम्क्षिप्तमा अति महत्त्वपूर्ण
कफि : नेपाल मा कफी खेती को सुरुवात बि स 1995 बाट गुल्मी का हिरा गिरि ले बर्मा बाट बीउ ल्याइ सुरु भयो । कफी विश्व मा पेट्रोलियम पदार्थ पछी दोस्रो कारोबार हुने पेय पदार्थ हो ।कफि को लागि निर्मलिकरण गरियको बालुवा मा बीउ रोपि टोपे अबस्थामा को 30-60" दिन को बिरुवा पोलि ब्याग मा सारिन्छ र पोलि ब्याग मा 12-18 महिना राखी 2×2 m मा सारिन्छ। कफी रोपेको 2-3 बर्ष बाट फल्छ। कफी मा क्याफिन तत्व करिब 1.8% पाइन्छ ।कफि 800-1400 m सम्म को उचाई मा खेती गर्न सकिन्छ । कफी shade loving plant भयको हुँदा छाया को ब्यबस्थापन गर्नु पर्छ ।कफि को बोक्रा हटाउने मेसिन पल्पर हो। भर्खरै टिपेको कफी लाई चेरी,बोक्रा हटायको लाई पार्चमेन्ट र पार्चमेन्ट को बाहिर को बोक्रा हटायको लाई हरियो दिउल( ग्रीन बिन) र तयारी ग्रीन बिन भुट्ने मेसिन लाई रोस्टिङ मेसिन भनिन्छ।कफी मा सबैभन्दा बढी सेतो गबारो ले दुख दियको छ ।कफी का प्रचलित जात कफी अरेबिका,रोबस्टा, लाइबेरिका हुन ।
चिया: चिया बहुबर्सीय नगदे मसला बालि हो। नेपाल मा बि स 2019 देखि इलाम बाट सुरु। नेपाल मा बढी खपत हुने cts र निर्यात हुने आर्थोडक्स हो। आर्थोडक्स पहाड र ctc तराई मा खेती हुन्छ । ctc 500-1000 m र आर्थोडक्स 1000-2000 m मा खेती हुन्छ । असामिका बाट ctc चिया बन्छ । चिया लगायको 3 बर्ष पछी फल्छ। 40-50 बर्ष सम्म उत्पादन दिन्छ । चियामा रेटिन तत्व पाइन्छ ।
अलैंची : अलैंची 600-2100 m सम्म 4.5-6.5 ph ,1600-5000 mm वर्षा,10-30 डिग्री से तापक्रम भयको ओसिलो ठाउँ मा खेती गर्न सकिन्छ।ओसिलो खोल्सा मा खेती गरिने हुँदा यसलाई खोल्सा को सुन पनि भनिन्छ।अलैंची बीस 2003 साल बाट सिक्किम बाट बिरुवा ल्याइ ताप्लेजुङ बाट सुरु भयो।
अलैंची का जात;
रामसाइ : यो 1500 m भन्दा माथी , गोल्साइ 1200-1600 m ,डम्बर साइ 700-1200 m ,साउने चिबेसाइ अलि तल 700-1000 m मा खेती हुन्छ ।अलैंची को बेर्ना उत्पादन भयको 3 बर्ष पछी 1.2-1.5 म दुरी मा प्रती खाडल 3 बेर्ना रोप्ने । अलैंची मा सबैभन्दा बढी भाइरस बाट लाग्ने रोग छिर्के र फुर्के ले दुख दियको छ।जुन लाही किरा ले सार्छ।
अदुवा : अदुवा उत्पादन मा नेपाल बिश्व मा तेस्तो स्थान मा छ। भारत मा सबैभन्दा बढी अदुवा उत्पादन हुन्छ ।नेपाल मा 1600 m उचाइ,सम्म खेती गर्न सकिने कपुरकोट अदुवाकपुरकोट अदुवा 1 र 2 जात सिफारिस भयको छन ।अदुवा लाई अङ्ग्रेजी मा Ginger ,बैज्ञानिक नाम zingiber officinale rosc र zingiberea परिवार मा पर्छ । अदुवा मा रेसा 4% भन्दा कम,बासनायुक्त तेल 2.16% ,पिरो( ओलियोरेजिन) करिब 6% भयको राम्रो मानिन्छ।अदुवा अदुवा फागुन चैत मा 30×३० cm दुरि मा, 50-60 gm साइज को रोपि, छापो दिई , 7-9 महिना मा तयारी हुन्छ ,अदुवा को साउनदेखि भदौ 15 सम्म 90%
मा बुर्नी निकाल्न सकिन्छ ।
अदुवा मा गानो कुहिने रोग( Rhizome tot ) pythium ढुसी ले लाग्छ।
डाइथेन एम 45 वा इन्डोफिल एम ले बीउ उपचार गरि रोपेमा यो रोग लाग्दैन । अदुवा को बीउ 1 घनमिटर को खाडल मा 4-5 महिना भन्डारण गर्न सकिन्छ। सेलार स्टोर मा पनि भन्डारन गर्न सकिन्छ।जस्मा 6 महिना सम्म भन्डारन गर्दा 15-20% कम तौल हुन् सक्छ।
बेसार: बेसारलाई अङ्ग्रेजी मा turmeric र Zingiberace परिवार ,cucurma longa linn बैज्ञानिक नाम र मसला को रानी उपनाम ले चिनिन्छ।बेसार मा पहेँलो हुने एक प्रकार को तत्व पाइन्छ त्यो curcumin हो यो 1.8-5.4% सम्म पाइन्छ । 1600 m उचाई सम्म चैत्र बैशाख मा 30×२५ cm दुरी, मा 30-35; gm साइज को बीउ 8-10 महिना मा तयार हुन्छ।
केहि मुख्य तरकारी बाली उत्पादन महत्त्वपूर्ण सम्क्षिप्तमा:
1 ) आलु : यो गरिब मानिस को साथी उपनाम ले प्रचलित छ।आलु 4400 m सम्म खेती गर्न सकिन्छ । यस्को खेती को लागी माटो मा 8 से र आलु उत्पादन गर्न 15-20 डिग्री तापक्रम हुनु पर्छ ।25-40 gm साइज को 2-3 टुसा भयको आलु छनोट गरि यदि काटेको आलु भय काटेको 2-3 दिन पछी रोप्ने।
जात: कुफ्री ज्योती,जनकदेब,खुमल सेतो,खुमल लक्ष्मी , उच्च पहाड र मध्य पहाड को लागि,डिजिरे,कुफ्री सिन्दुरी,खुमल रातो,ipy , तराई को लागि सिफारिस गरिएको छ। पानी कम पर्ने मध्य पहाड मा खुमल सेतो र तुसारो सहने मा जनकदेब राम्रो मानिन्छ।
गोल्भिंडा :गोल्भिंडा लाई 20-30 डिग्री से तापक्रम उपयुक्त हुन्छ । 10 डिग्री भन्दा कम र 35 डिग्री भन्दा बढी राम्रो हुदैन । गोल्भिंडा बढ्दै जाने जात( इन्डिटर्मिनेट) वा अग्लो जात मा मनिसा,सृजना ,मनप्रेकस,रामपुर सोना पर्छन । र केही समय वृद्धि भै पछी झागिने ( डिटर्मिनेट) वा होचो जात मा भिम ,वारि 4, सि एल क्रस,सुरक्षा ,बिशेश , आदि पर्छन ।
गोल्भिंडा लाइकोपिन ले गर्दा रातो हुन्छ ।
गोल्भिंडा को एउटा् मात्रै नेपाल मा निकालियको बर्णसंकर जात सृजना हो ।
काउली: काउली हिउदे सिजन मा खेती गरिन्छ ।काउली खेती अगौटे जात 20-27 डिग्री से, मध्यम जात 16-19 डिग्री से, र पछौटे जात 10-16 डिग्री से उपयुक्त हुन्छ । काउली को अगौटे जात मा पुसा कात्तिकी ,सर्लाही दिपाली,आर्ली कुसारी, मध्यम मा काठमाडौ स्थानीय ,ज्यापू, पर्छन् भने पछौटे मा किबो जाइन्ट,एन एस 90 ,डोल्पा स्नोबल,स्नोबल 16 आदि पर्छन् र हाइबृड जा स्नो क्राउन,स्नो मिस्टिक स्नो किङ, आदि प्रचलित छन् ।
काठमाडौ स्थानीय जात बाट सेलेक्सन गरि खुमल ज्यापू जात निकाकियको छ
काउली मा बिकृती
1) बटनिङ: बुढो बेर्ना रोपेर वा रोप्ने समय नमिलेर गुच्छा जत्रो फुल फुल्नु
2) हविप टेल: मोलिबेडेनम तत्व को कमि ले डाडु जस्तो पात हुनु
3) browning : बोरन तत्व को कमि ले देखिने समस्या
4) राइसेनिस: नाइट्रोजन तत्व को घटबढी र तापक्रम बढी भै फुल मा झुस हुनु
5) क्बल root : बलौटे माटो मा जरा मा गाठा हुने
अन्य तरकारी को जात र सिफारिस क्षेत्र कृषि डायरी मा हेर्नू होला ।
मुख्य फलफुल खेती प्रबिधि :
आँप: आँप 600 m उचाई मा सफलता पुर्बक खेती गर्न सकिन्छ ।1000 m सम्म पनि उत्पादन लिन सकिन्छ आँप 25 डिग्री से मा उपयुक्त हुन्छ । 10 डिग्री से भन्दा कम र 42 डिग्री भन्दा बढी राम्रो हुदैन ।
आँप का जात अगौटे जात: बम्बैइ ग्रीन,बन्बैइ एलो,गुलाब खास, सुकतारा,हुन मध्यम जात: अम्रपाली,दसहरी,मल्लिका,माल्दह, हुन ,पछौटे जात चौसा,निलम,कलकत्तिया,सिपिया हुन
बर्णसंकर जात अम्रपाली ( दसहरी र निलम) मल्लिका( निलम र दसहरी) रत्ना हुन। आँप मा malfomation फ्युजारियम र सुलसुले ले हुन्छ । आँप 5-6 बर्ष बाट फल्न सुरु गर्छ।आँप को सबैभन्दा होचो जात अम्रपाली हो।
सुन्तला जात: 800-1400 m 5-35 डिग्री सम्म (18-21 डिग्री उपयुक्त ) तापक्रम , उत्तर पुर्बी मोहडा ,1250-1800 mm वर्षा , उपयुक्त हुन्छ ।
केही जात
सुन्तला : खोकु,मरकट,किननो,नागपुरी,कमला,
जुनार :
वासिङ्टन नाभेल,सौमती,भ्यालेन्सिया, मौसमी,योसिदा नाभेलं
कागती : सुन जागती 1 ,सुन कागती 2 जात 3 बर्ष मा फल्ने भनी सिफारिस भयको र अन्य जात तेह्रथुम स्थानीय ,सिड्लेस,युरेका, आदि हुन ।
स्याउ खेती : स्याउ सितोस्न हावापानी मा उपयुक्त हुन्छ ।स्याउ को कोपिला फुट्न 7 डिग्री से भन्दा कम तापक्रम चाहिन्छ।स्याउ1600-2600 m उचाइ ,7-10 डिग्री से तापक्रम र 150 cm बर्सा उपयुक्त हुन्छ ।
स्याउ को बढी चिसो चाहिने जात
1) रेड डेलिसियस( फलमा रेड स्ट्रीप्स, माथि पट्टी चौडा तल सागुरो ( conical ) हुन्छ 130-135 दिन मा पाक्छ
2) गोल्डेन डेलिसियस: यो परागकन कर्ता जात हो 140-145 दिन मा पाक्छ।
3) जोनाथन:
4) रोयल डेलिसियस ; नियमित फल्ने जात बोट ठुलो माथि तिर हागा बढेको
5) ग्रानी स्मिथ
मध्यम चिसो चाहिने जात:
1)कक्स ओरेङ्म्ज पिपिन: यसलाई परागकण कर्ता जात आबस्यक पर्छ ।
2) रेड जुन
3) क्रीस्पिन
कम चिसो चाहिने
अन्ना, भेरिड, ट्रपिकल ब्युटी ,नियोमी
स्याउ मा होचो root stokc m 27 हो ।
रोग किरा सम्बन्धि बाली संरक्षण मा उल्लेख हुने छ
बाकी क्रमस
मुख्य तरकारी बाली को बीउ उत्पादन प्रबिधि :
प्याज: नेपाल को कुल प्याज बीउ मध्य 80-85% रुकुम बाट10-12% सल्यान र 3-5% अन्य जिल्ला बाट उत्पादन हुन्छ ।
नेपाल मा उत्पादित प्याज ले 5% पुर्ती गरेको छ करिब 95% बाहिर बाट आयात हुन्छ ।
प्याज बीउ उत्पादन हुन 2 बर्ष लाग्छ पहिलो बर्ष गानो र दोस्रो बर्ष बीउ ।900-1400 m सम्म उचाइ र बीउ उम्रन 20-25 डिग्री से र वृद्धि को लागि 15-25 डिग्री से तापक्रम उपयुक्त हुन्छ । बीउ रोप्दा 15× 10 cm दुरी मा रोपिन्छ जस्मा 333000 बिरुवा पर्ती रोपनी अट्छ । गानो रोप्दा 45× 30 Cm मा रोप्ने ।
पृथकता दुरी मुल बिउ मा 1000 र प्रमानित बीउ मा 500 m राख्नु पर्छ ।रोगिङ अनिवार्य गर्नु पर्छ।प्याज बीउ उत्पादन मा पर्पल ब्लच रोग निशेध गरियको छ ।
काउली: काउली बीउ उत्पादन पनि अगौटे जात को लागि 19-27 डिग्री से,मध्यम को लागि 16-19 डिग्री, र पछौटे को लागि 10-16 डिग्री से तापक्रम भयको 1200-2700 m सम्म बीउ उत्पादन गर्न सकिन्छ। बीउ उत्पादन को लागि अगौटे जात 50×50 cm ,मध्यम र पछौटे 60×60 cm मा रोप्ने।पृथकता दुरी मुल बीउ 1600 m र प्रमानित 1000 m राख्ने ।
मुला: मिनोअर्ली ,प्युठाने रातो मध्य पहाड र टोकिनासी 2000 m माथी बीउ उत्पादन गर्न सकिन्छ । भदौ 15 देखि असोज 15 सम्म बीउ लगाउनु पर्छ। ब्याड मा जरा उत्पादन गर्दा लाइन देखि लाइन 30-40 cm र बोट 6-7 cm फरक राख्ने जस्मा 300 gm / रोपनी बीउ लाग्छ। जरा सार्दा 60×30 cm मा सार्नु पर्छ। पृथकता दुरी मुल बीउ 1600 m र प्रमानित 1000 m राख्ने।
नोट : नेपाल मा सबैभन्दा बढी तरकारी बीउ रुकुम बाट उत्पादन हुन्छ
तरकारी बीउ उत्पादन मा महिला बढी सक्रिय छन जस्मा 58% महिला सहभागीता छ ।
गुणस्तरीय बीउ को प्रयोग ले 15-25% उत्पादन बढ्छ।
विभिन्न तरकारी बाली को जात,सिफारिस क्षेत्र ,उत्पादन ,उत्पादकत्व ,पाक्ने दिन दुरि बारे र विभिन्न फलफूल बाली को जात सिफारिस क्षेत्र ,प्रति रोपनी लगाउन सकिने बिरुवा ,दुरी बारे कृषि डायरी मा अध्यन गर्नु होला ।
बेमौसमी तरकारी खेती :
प्रतिकुल मौसम मा पनि अनुकुल बाताबरण सृजना गरि तरकारी खेती गर्नु नै बेमौसमी तरकारी खेती हो।यसलाई जबर्जस्ती तरकारी खेती पनि भनिन्छ।
बेमौसमी तरकारी खेती का किसिम :
1) बीउ छर्ने समय फेरेर: खास सिजन भन्दा 30-60 दिन अघि वा पछी पारेर तरकारी रोप्न सकिन्छ।
2) मौसम अनुकूल जात छनोट गरेर
3) विभिन्न हावापानी को उपयोग गरेर
4) अनुकुल बाताबरण को सृजना गरेर
प्लाष्टिक घर : जेष्ठ देखि मंसिर महिना सम्म वर्षा र मंसिर देखि फागुन सम्म चिसो बाट बचाउन 45-90 gsm को सिल्पाउलिन प्लास्टिक प्रयोग गरिन्छ । हावा चल्ने ठाउँ मा 120 gsm को प्रयोग गरिन्छ । जति धेरै ठुलो gsm को प्लास्टिक भयो त्यति सुर्य को प्रकाश कम पाउने हुँदा 45 gsm को सबैभन्दा प्रभाबकारी मानिन्छ। प्लास्टिक घर 5-6 मिटर लम्बाइ ,10-25 मिटर चौडाइ को समुन्द्र सतह बाट 800-1100 m उचाइ मा बीच को 4 m र छेउ को 3 m ,1100-1400 m सम्म बीच को 3.5 m र छेउ को 2.5 m 1400 m भन्दा बढी उचाइ मा 3 m बीच र 2 m छेउ को खाबा बनाउनु पर्छ । प्लास्टिक घरमा सबैभन्दा बढी गोल्भिंडा ,र अन्य स्क्वास,काक्रा,अन्य तरकारी लगाउन सकिन्छ। चैत्र देखि जेष्ठ सम्म प्लास्टिक घर मा तोरी वा सुर्यमुखी रोपि 1-1.5 महिना को भय पछी प्लास्टिक ले 30-42 दिन सम्म ढाकी नेमाटोड वा अन्य माटो को रोग किरा कम गर्न सकिन्छ।
प्लास्टिक घर बेमौसमी तरकारी उत्पादन को पुर्बाधार हो । प्लास्टिक घरमा खेती गरिएको गोल्भिंडा मा सेतो झिंगा बढी लाग्छ
फलफूल बगैचा मा सिचाइ :
1) बेसिन प्रणाली : यो सबैभन्दा प्रचलित तरिका हो।समतल जग्गामा मा बोट वरिपरि गोलो बनाइ सिचाइ गरिन्छ।
2) थोपा सिचाइ : साना बिरुवा र बलौटे माटो भयमा ।
3) स्प्रीङ्कलर : पानी कम हुने ,भु क्षय हुने भिरालो जमिन मा यो बिधि उपयुुक्त हुन्छ
4) फरो प्रणाली : फलफुल को बीच मा कुलेसो बनाइ सिचाइ गरिन्छ
5) पानी हुल्ने तरिका : पुरै बगैचा मा कुलो लियर सिचाइ गरिन्छ।
6) रिङ प्रणाली
धन्यवाद
बीउ आलु उत्पादन प्रबिधि :
बीउ आलु उत्पादन गर्दा जात,माटो ,सिचाइ ,हावापानी ,लगायत सबै पक्ष मा ध्यान पुर्याउनु पर्छ यी बाहेक आलु बिउ उत्पादन का केही महत्त्वपूर्ण पक्ष
1) रोगिङ: आलु मा ढिलो उम्रेको,अलि फरक जात उम्रेको,केहि रोग लागेको,बोट को साइज नमिलेको बोट हटाउनु वा एकनास को बोट राख्नु रोगिङ हो जसलाई बेजात को बिरुवा पनि भनिन्छ ।बीउ उत्पादन मा रोगिङ अनिबार्य गर्नु पर्छ ।
2) हाल्म पुलिङ: आलु खन्नु भन्दा 10-15 दिन पहिले बोट लाई खुट्टा ले थिची बोट उखेलेर हटाइ आलु दाना केहि समय माटो मा रहने दिने नै हाल्म पुलिङ हो। हाल्म पुलिङ गर्नु को उदेश्य आलु छिप्पिन दिनु,लाही किरा को प्रकोप रोकि भाइरस रोग सर्न बाट बचाउनु हो।
3) भन्डारण : आलु खनेर सोझै घाम नपर्ने र हावा चल्ने ठाउँ मा सुकाइ रस्टिक स्टोर मा भन्डारण गर्नु पर्छ। यदि भन्डारन मा आलु को पुतली को प्रकोप भयमा मालाथियन बिसादी प्रयोग गर्नु पर्छ।
धन्यवाद
copy pest
Kathmandu
+977
Monday | 06:00 - 18:00 |
Tuesday | 06:00 - 18:00 |
Wednesday | 06:00 - 18:00 |
Thursday | 06:00 - 18:00 |
Friday | 06:00 - 18:00 |
Saturday | 08:00 - 16:00 |
Sunday | 08:00 - 16:00 |
Be the first to know and let us send you an email when Modern Agriculture Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Modern Agriculture Nepal:
Gokarneshwor Organic Agro Farm
Namkhel,KathmanduSociety for Animal Welfare and Management-SAW
P.O.Box 8973 NPC 284, New Baneswor, Kathmandu, Nepal