Kathmandu Pets Care

Kathmandu Pets Care � घर दैलो मै सम्पुर्ण सेवा

12/06/2021

कुकुरको दिसाबाट यस्ता रोग निम्तिन्छन्

Read Time : 1 Min
डा. सागर रिमाल जनरल सर्जन नेपाल नेसनल अस्पताल
२०७५ चैत ८ शुक्रबार ०९:०४:००

विशेषगरी काठमाडौंलगायत सहरका बासिन्दा मर्निङवाकका लागि भन्दै सडक किनार वा सार्वजनिक ठाउँमा कुकुर लिएर निस्किएका भेटिन्छन् । तर, ती सहरिया शिक्षित भनिने गरेका मानिसको उद्देश्य खाली मर्निङवाक मात्रै हुँदैन । उनीहरूको उद्देश्य त कुकुरलाई शौच गराउने हुन्छ । त्यो पनि सडकका गल्ली, चौरजस्ता सार्वजनिक ठाउँमा । यसरी जथाभावी कुकुरलाई दिसा–पिसाब गराउँदा यसले हावामा ब्याक्टेरिया फैलाउँछ । जो मानव स्वास्थ्यका लागि निकै नै हानिकारक हुन्छ ।

यसरी सर्छ ब्याक्टेरिया
सामान्यतया कुकुरको एक ग्राम दिसामा करिब ३० हजारभन्दा बढी ब्याक्टेरिया हुन्छन् । शरीरमा पसेपछि तिनले टेपवर्म (नाम्लेकिरा)को रूप लिन्छन् । नाम्लेकिरा यस्तो एउटा परजीवी हो, जुन पाँच हजारभन्दा धेरै प्रजातिको हुन्छ । यसको लम्बाइ १५ मिटरसम्म लामो हुन्छ । खासगरी कुकुरको पेटमा हुने सेक्सुअल साइकलबाट नाम्लेकिराको अन्डा बन्छ । त्यो दिसामार्फत बाहिरी वातावरणमा आइसकेपछि सागसब्जी, श्वासप्रश्वास आदिको माध्यमबाट मानिसको शरीरमा पस्छ । सो अन्डा हाम्रो शरीरमा प्रवेश गरेपछि रगतको माध्यमबाट विभिन्न अंगमा पुग्छ । अनि, स्वास्थ्यमा विभिन्न समस्या सिर्जना गर्छ । अब जानौँ, समस्याबारे :

आन्द्रामा समस्या
नाम्लेकिरा रगतको माध्यमबाट आन्द्रामा गएर बस्छ । यसको आफ्नै पाचनअंग नहुने भएकाले पचाएको मात्रै खानेकुरा खान्छ । कतिपय अवस्थामा एकै ठाउँमा गुजुल्टिएर बस्ने र आन्द्रामा अवरोध सिर्जना गर्ने गर्छ । जसले गर्दा पेट दुख्ने, खाना नपच्नेजस्ता समस्या देखा पर्छन् ।

कलेजोमा समस्या
नाम्लेकिरा आन्द्रामा मात्रै नबसी शरीरका जुनसुकै अंगमा पनि प्रवेश गर्न सक्छ । कलेजोबाट उत्पादित पित्त रगतको माध्यमबाट बाहिर जानबाट यसले रोक्छ । अनि, त्यो पित्त पुनः कलेजोमै गएर बस्छ । यस्तो अवस्थामा कमलपित्त (जन्डिस) रोग लाग्छ ।

दिमागमा असर
कतिपय अवस्थामा नाम्लेकिरा मानिसको दिमागमा गएर बस्न सक्छ । यो निकै हानिकारक हुन्छ । यसले गर्दा, टाउको बेस्सरी दुख्ने, रिगंटा लाग्ने, बेहोस हुने हुन्छ । यसबाहेक, आँखा धमिलो हुने, छाला पहेँलो हुने, खोकी लाग्ने र श्वास फेर्न ग्राहो हुने आदिजस्ता समस्या देखा पर्छन् ।

रोकथाम र उपचार
घरपालुवा कुकुरलाई बाहिर जथाभावी दिसा–पिसाब नगराउने ।
त्यस्तै, छाडा कुकुरहरूको पनि उचित व्यवस्थापन गर्नुपर्छ ।
सागसब्जी, बंगुरको मासु आदिमार्फत नाम्लेकिरा शरीरमा सर्ने भएकाले यस्ता खानेकुरा राम्ररी
पकाएर खानुपर्छ ।रोग लागेको थाहा पाउनेबित्तिकै तुरुन्त सम्बन्धित चिकित्सककोमा जानुपर्छ ।

11/06/2021

घरमा कुकुर पाल्नु भएको छ भने अवश्य पनि तपाईले रेविज विरुद्धको खोप कुकुरलाई लगाउनु भएको होला ।

यदी लगाउनु भएको छैन भने लगाइहाल्नुहोस् । अन्यथा कुकुरले परिवारका सदस्य वा घरमा आएका व्यक्तिलाई टोक्यो भने रेविज लाग्ने खतरा रहन्छ ।

शहर बजारमा भुस्याहा कुकुरको संख्या निकै छ । जसका कारण कुकुरदेखि सावधान बन्न जरुरी छ । यदी कुकुरले टोक्यो भन्ने तत्कालै अस्पताल जान आवश्यक हुन्छ । यदी कुकुरमा रेविज लागेको रहेछ भने त्यो मानिसमा सर्ने जोखिम रहन्छ ।

रेबिज रोग लाइसा स्नायु नसामा प्रभाव पार्ने आरएनए भाइसरले गर्दा लाग्ने गर्छ । यो भाईरस संक्रमित जनावरको र्‍यालबाट घाउको बाटो हुँदै मानिसको शरीरभित्र प्रवेश गर्छ । जुन विस्तारै स्नायुको नसाको माध्यमबाट मस्तिष्कसम्म पुग्छ ।

रेबिज रोगको लक्षण

–पानी र हावादेखि डराउने,

–अत्याधिक उत्तेजित व्यवहार गर्ने,

–घाउ भएको स्थानमा दुख्ने,

–ज्वरो आउने,

रेबिजबाट बच्ने उपाय

–घरपालुवा जनावरलाई रेबिज विरुद्धको सुइ लगाउने,

–सामुदायीक कुकुरलाई नजिस्काउने,

–कुनै पनि शंकास्पद जनावरको सम्पर्कमा आएपनि वा त्यसले टोकेमा तुरुन्त विशेषज्ञ चिकित्साको परामर्श तथा उपचार लिने ।
खबर हब

काठमाडौ पेट्स केयर (Kathmandu Pets Care ) को आधिकारिक फेसबुक पेज मा यहाँहरु लाई हार्दिक स्वागत छ ।काठमाडौ उपत्यकामा बड्द...
02/06/2021

काठमाडौ पेट्स केयर (Kathmandu Pets Care ) को आधिकारिक फेसबुक पेज मा यहाँहरु लाई हार्दिक स्वागत छ ।
काठमाडौ उपत्यकामा बड्दै गएको घरपालुवा जनावर प्रती को आकर्षण र आवश्यकताले गर्दा काठमाडौ उपत्यकामा दिन प्रती दिन घरपालुवा कुकुर तथा जनावरको संख्या बड्दो छ , तर ती घरपालुवा पेट्स हरु को स्वास्थ्य उपचार र उचित हेरचाहको लागि आम मानिस अझै पनि अनभिज्ञ छन । असहज पहुँच , जनावार लाई अस्पताल सम्म पुर्याउन कठिन र आवश्यक परामर्शको अभावमा मानिसहरुले महगों मुल्य तिरेर किनेका कुकुर तथा घरपालुवा जनावरहरु गुमाउन परिरहेको छ।

यसै अवस्था बिच हामिले सुरु गरेका छौ काठमाडौ पेट्स केयर ! जस्ले तपाइलाई दिनेछ

👉️ घर दैलो मै सम्पुर्ण सेवा
👉️घरपालुवा जनावर समबन्धी सम्पुर्ण स्वास्थ्य सेवा ( Vaccination, Anti-tick Treastment, De-Worming, General & Critical Helath Treatment)
👉️ दैनिक हेरचाहको लागि चाहिने सम्पुर्ण सरसामान ( Hair Comb, Shoap, Shampoo, Powder, Dog Food, Chewing Bones, Belt, Chain, Food Pot, Nail Cutter , Stool picker etc.)
👉️अनलाइन स्वास्थ्य परामर्श जुनशुकै बेला नि:शुल्क
👉️पेज तथा संस्थाका सदस्य ग्राहक हरु लाई ५०% सम्म छुट को ब्यबस्था
👉️पेज मार्फत सदस्यहरुलाई विभिन्न टिप्स , जनकारी र जानकारी मुलक भिडियो समाग्री को ब्यबस्था

आउनुहोस आजै यो पेज लाइक , शेयर गरि मौकाको फाइदा उठाउनुहोस !

️🏠️ Kathmandu Pets Care
☎️ 9863842278

31/05/2021
Hello Everyone !Welcome to our page Kathmandu Pet Care"A complete pet care solution at your home"Support us for grow up ...
31/05/2021

Hello Everyone !

Welcome to our page

Kathmandu Pet Care
"A complete pet care solution at your home"

Support us for grow up .

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Pets Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category