Animal Rescue Team

Animal Rescue Team Animal Rescue Team is a Non-Profit Organization Located in Lamki Chuha Municipality 1 Kailali, Nepal.

मिति २०८३-०२-०१ गतेका दिन हाम्रो यस ` यनिमल रेस्क्यु टिम ´ को कार्ययोजना २०८३ अनुसार अव्यवस्थित पशुपन्छीका हितका निम्ति ...
17/05/2026

मिति २०८३-०२-०१ गतेका दिन हाम्रो यस ` यनिमल रेस्क्यु टिम ´ को कार्ययोजना २०८३ अनुसार अव्यवस्थित पशुपन्छीका हितका निम्ति पुर्ण रुपले आई. सि. भि. आर अभियान ( ICVR Campaign - Identify Care Veryfy And Return ) सुचारु भएको जानकारी गर्दछौं । साथै यहाँहरुले कुनै पनि प्रकारको चोट पटक लागेको अव्यवस्थित पशुपन्छी तथा अव्यवस्थित रुपमा रहेको सुत्केरी पशु देखेमा निम्न उल्लेखित सम्पर्क नंम्बरमा सम्पर्क गरि जानकारी गरिदिनुहुन विनम्र अनुरोध गर्द्छौं ।

अध्यक्ष : राहुल सुनार - ९८०४६१६९३४ Sunar
पशु चिकित्सक ( Vet - Doctor ) : दिपेन्द्र बहादुर साँँउद - ९८६५७३४०२३ @साउँद एग्राे सेन्टर

मिति २०८३-०२-०१ गतेका दिन हाम्रो यस ` यनिमल रेस्क्यु टिम ´ को कार्ययोजना २०८३ अनुसार अव्यवस्थित पशुपन्छीका निम्ति फिडिङ ...
16/05/2026

मिति २०८३-०२-०१ गतेका दिन हाम्रो यस ` यनिमल रेस्क्यु टिम ´ को कार्ययोजना २०८३ अनुसार अव्यवस्थित पशुपन्छीका निम्ति फिडिङ अभियान - Feeding Campaign ( Food For Street And Stray Animal ) सुचारु भएको जानकारी गर्दछौं । यस अभियान अन्तर्गत हामिले लम्किचुहा नगरपालिका भित्र रहेको मुख्य राजमार्ग ( Highway ) मा रहेका अव्यवस्थित पशुपन्छीलाई बेलुका ०७:३० देखि ०९:०० बजेसम्म प्रत्येक दिन खाना खुवाउने छौं । साथै यस अभियानलाई साथ दिनुहुने सौराही होटल, भान्सा - स्वादको संसार, पोख्रेल होटल, अशोक होटेल र सि.टि होटललाई हिर्दय देखिनै धन्यवाद व्यक्त गर्दछौं ।





आज मिति २०८३-०२-०१ गतेका दिन कैलाली जिल्ला लम्किचुहा नगरपालिका वडा नं. १ स्थित हाम्रो यस ` यनिमल रेस्क्यु टिम ´ को कार्य...
15/05/2026

आज मिति २०८३-०२-०१ गतेका दिन कैलाली जिल्ला लम्किचुहा नगरपालिका वडा नं. १ स्थित हाम्रो यस ` यनिमल रेस्क्यु टिम ´ को कार्यालय लम्किचुहा नगरपालिका वडा नं. २ बघौरामा अनौपचारिक कार्यालय उद्घाटन तथा संचालन भएको सम्पुर्णमा जानकारी गर्द्छौं ।



' सुन्दर सुदुर पश्चिमको सान, जनावर उद्धार भवन निर्माण  ' मुल नाराका साथ अव्यवस्थित पशुपन्छी संरक्षण तथा उद्धारका हेतुले ...
22/12/2023

' सुन्दर सुदुर पश्चिमको सान, जनावर उद्धार भवन निर्माण ' मुल नाराका साथ अव्यवस्थित पशुपन्छी संरक्षण तथा उद्धारका हेतुले एनिमल रेस्क्यु टीमको योजना - २०८० अन्तर्गत देउशी भैली कार्यक्रम भव्य र सब्य रूपमा सफल पारियो ।

यस अभियानलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरुलाई हिर्दय देखि नै धन्यवाद व्यत गर्दछौ । साथै यस संस्थाले आर्थिक सहयोग रु. १,३७,०००/- संकलन गरेको छ ।

For More Info : Rahul Sunar




धन्यवाद ❤️
21/10/2023

धन्यवाद ❤️

        कैलाली: लम्की चुहा नगरपालिका वडा नं 05 काे आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमकाे आयोजनामा वडा भित्रका करिव 30 व...

यनिमल रेस्क्यु टिमद्वारा आयोजित '' Anti Vaccine Campaign '' कार्यक्रम ल.चु.न.पा वडा नं ५ स्थित चौरीमा वडा नं ५ को आर्थिक...
20/10/2023

यनिमल रेस्क्यु टिमद्वारा आयोजित '' Anti Vaccine Campaign '' कार्यक्रम ल.चु.न.पा वडा नं ५ स्थित चौरीमा वडा नं ५ को आर्थिक सहयोगमा भव्य र सव्य रुपमा सफल पारेका छौं । उक्त कार्यक्रममा आफ्नो बहुमुल्य समय दिई सहयोग गर्दिनुहुने सम्पुर्णलाई हिर्दय देखिनै धन्यवाद व्यक्त गर्दछौं ।


धन्यवाद Kamana TV ❤️
15/10/2023

धन्यवाद Kamana TV ❤️

        कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं 02 काे आर्थिक सहयोगमा र यनिमल रेस्क्यु टिमकाे आयोजनामा वडा नं 02 भित....

यनिमल रेस्क्यु टिमद्वारा आयोजित '' Anti Vaccine Campaign '' औपचारिक कार्यक्रम ल.चु.न.पा वडा नं २ स्थित बघौरा मोतिपुर चोक...
14/10/2023

यनिमल रेस्क्यु टिमद्वारा आयोजित '' Anti Vaccine Campaign '' औपचारिक कार्यक्रम ल.चु.न.पा वडा नं २ स्थित बघौरा मोतिपुर चोकमा वडा नं २ को आर्थिक सहयोग र वडा अध्यक्ष श्री सन्तोष कुमार ओलि , वडा सदस्य उमाकान्त देवकोटा, यसै संस्थाका अन्य साथिहरुको उपस्थितमा भव्य र सव्य रुपमा सफल पारेका छौं ।

उक्त कार्यक्रम संचालन गर्नुको मुख्य कारण लम्किचुहा नगरपालिकालाई रेबिज मुक्त नगर बनाउनु हो ।

सुचना सुचना सुचना !!!
13/10/2023

सुचना सुचना सुचना !!!

सुचना ! सुचना !! सुचना !!!

यनिमल रेस्क्यु टिमद्वारा आयोजित '' Anti Vaccine Campaign '' कार्यक्रम भोलि ठिक बिहान ६:०० बजे ल.चु.न.पा वडा नं २ स्थित बघौरा मोतिपुर चोकमा वडा नं २ को आर्थिक सहयोगमा हुने भएकोले इच्छुक साथिहरुले सहयोग गरि कार्यक्रम भव्य र सव्य रुपमा सफल पार्न यहाँहरुको तपसिल बमोजिम गरिमामय उपस्थितका निम्ति हार्दिक अनुरोध गर्दछौं ।

तपसिल :
स्थान : ल.चु.न.पा वडा नं २, बघौरा मोतिपुर चोक
समय : ठिक बिहान ६:०० बजे

✍️ प्रबिण आचार्य            आज  विश्व बाघ दिवस  जुलाई २९  विश्व बाघ दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभ...
29/07/2023

✍️ प्रबिण आचार्य

आज विश्व बाघ दिवस जुलाई २९ विश्व बाघ दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस बर्षको नारा:-मानव–बाघ सहअस्तित्व’ रहेको छ । नेपालले २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको पाटेबाघ विश्वका १३ देशमा पाइन्छ। सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ रहेकाे छ। उक्त गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको तथ्याङ्क छ।
बाघ दिवस मनाइरहँदा यसले बाघको संरक्षणको मात्र होइन, वनजंगल र अन्य पशुपन्छीका साथै मानव जीवनको कल्याणको महसुस प्रदान गर्छ । भावी पिँढी मुस्कुराउने र धर्ती माताको दीर्घायूको बाटो खुल्गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वन जंगलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।
वातावरणीय सन्तुलन जंगली जनावरका लागि मात्र नभएर स्थानीयदेखि विश्वभरका मानिसहरूका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ भन्ने कुरा भनिरहन नपर्ला । विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो÷मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षक–शिक्षिकाले यी जीवहरूको एक आपसको सम्बन्धबारे बताएको हामीले भुलेका त पक्कै पनि छैनौँ होला ।
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यो त छँदैछ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य शृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।
बाघलाई वातावरणीय सन्तुलन कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरूलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रूपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरू चिन्छन् । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठूलै जंगल संरक्षित गरिनुपर्छ । यसरी जंगलको संरक्षण गर्दा अन्य पशुपन्छीहरूले पनि बासस्थान पाउने भएकाले बाघलाई महत्वपूर्ण प्रजातिको रूपमा विश्लेषण गरिन्छ ।
केहि समय पहिले कैलालीकी ५० वर्षिया नन्दकली थापाको बाघसँग द्वन्द्व गर्दागर्दै मृत्यु भयो। छोरासँग मोटरसाइकलमा बर्दिया राष्ट्रिय निकुञ्जको आमबासादेखि कर्णाली चिसापानी जाँदै गर्दा उनलाई बाघले आक्रमण गरेको थियो।
बाघ आक्रमणबाट मानिसको मृत्युको सिलसिला यति मात्र होइन। बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र र खाता जैविकमार्ग वरपरत मानव –बाघ द्वन्द्व बाट हामीले नराम्ररी मानव क्षति बेहोर्नु परेको छ दिन प्रती दिन यस्तो घटना भरहेको हुन्छन । बाघले हाम्रो मानव जीवनमा नराम्ररी क्षति पुर्‍याइरहेकाले स्थायी समाधानतर्फ र गहिरो अध्ययन तथा समाधानका पाइला चाल्न जरूरी देखिएको छ।
बाघ–मानिस द्वन्द्व बढ्नुको अर्को प्रमुख कारण बाघको बासस्थानमै मानिस जानु हो। मान्छेलाई आक्रमण गर्नु बाघलाई सहज भएर र आफनो शिकार ठानेर पनि हुन सक्ने देखिन्छ। यही क्रममा मानिस खान पल्किँदै गएपछि उसले पटकपटक आक्रमण गरिरहेको देखिएको छ।
अर्को कुरा भाले बाघसँग झगडा परेको वा पोथी बाघसँग संसर्ग भइरहेका बेला मानिस नजिक परे बाघले आक्रमण गरेको हुन सक्छ। साथै पोथी बाघले नजिकै आएको मानिसबाट आफ्ना बच्चा असुरक्षित छन् भन्ने ठानेर पनि आक्रमण गर्ने गरेको अनुसन्धानबाट देखिएको छ। समग्रमा बाघ संख्या बढेसँगै मानिसमा संवेदनशीलता नभएकाले पनि घटना भएको देखिन्छ।
मानिसले जीविकोपार्जनका लागि जैविक क्षेत्रको भर पर्दा र बाघले पनि जीवनयापन क्रममा मानिसको आधार क्षेत्रमा प्रवेश गर्दा मानव–बाघ द्वन्द्व बढिरहेको देखिन्छ। मानिसको जीवन बचाउनै पर्नेछ। अर्कोतर्फ लोपोन्मुख बाघ संरक्षण गर्नु पनि हाम्रो कर्तव्य हो। मानव–बाघ द्वन्द्व कम गरी दुवैको संरक्षण हुने गरी प्रभावकारी कार्यक्रम ल्याउनु जरूरी छ। यसबाट मात्र मानव–बाघ दुवैको सहअस्तित्व कायम हुने देखिन्छ।

पशु , पंछी र वातावरणको सम्बन्ध अमुल्य छ ❤️
13/07/2023

पशु , पंछी र वातावरणको सम्बन्ध अमुल्य छ ❤️

काठमाडौँ । कृषिको उत्पादन बढाउन रासायनिक मलको प्रयोग भयो । बालीलाई जोगाउन विषादीको प्रयोग भयो । यसबाट माटो विषाक...

Address

Lamki Chuha Municipality
Kailali

Telephone

+9779804616934

Website

Alerts

Be the first to know and let us send you an email when Animal Rescue Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Animal Rescue Team:

Share