
17/06/2024
कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक हत्या गरी खाल्डोमा पुरेको भिडियो "भुत प्रेत" नामबाट विभिन्न सामाजिक संजालहरुमा अपलोड गरे पश्चात उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा मिति २०८१।०२। ३२ गते जिल्ला इलाम देउमाई न.पा.४ सरदार गाँउमा घटना घटेको खुल्न आई प्रहरी चौकी जितपुरबाट प्रहरी टोली खटिई उक्त घटनामा संलग्न रहेको अभियोगमा ३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।