Live Feed And Agro Pvt. Ltd.

Live Feed And Agro Pvt. Ltd. All types of Animals and Poultry Feed With Vet and Agro Service

सिजन अनुसारको विभिन्न थरिको तरकरीका बिउहरु लाइभ फिड एण्ड एग्रो  प्रा. लि. मा उपलब्ध रहेको छ ।
15/08/2025

सिजन अनुसारको विभिन्न थरिको तरकरीका बिउहरु लाइभ फिड एण्ड एग्रो प्रा. लि. मा उपलब्ध रहेको छ ।

मानो  रोपि मुरि फलाउने धान 🌾 🌾 राधा-४, सावा मसुलि सब १, राम धान, साबित्रि, हर्दिनाथ-६, बहुगुणी-२, चैते-५, मुकाबला, TMMH ...
09/05/2025

मानो रोपि मुरि फलाउने धान 🌾 🌾
राधा-४, सावा मसुलि सब १, राम धान, साबित्रि, हर्दिनाथ-६, बहुगुणी-२, चैते-५, मुकाबला, TMMH 124, TMRV 1626 Yamini, MP 3030, MPR 505, सुवरण , 6444 Gold, जातका धानका बीउ लाइभ फिड एण्ड एग्रो प्रा. लि. गुलरियामा आइसकेको हुनाले आफुलाई चाहिने बीउ समय मै लिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

यो वर्ष  ढैँचा लगाउने कि?नेपालको परिपेक्षमा ढैँचा किसानका लागि निकै उपयोगी र फाइदाजनक बालि हो। यो हरियो मल वा जैविक मलको...
04/05/2025

यो वर्ष ढैँचा लगाउने कि?

नेपालको परिपेक्षमा ढैँचा किसानका लागि निकै उपयोगी र फाइदाजनक बालि हो। यो हरियो मल वा जैविक मलको रुपमा प्रयोग गर्न सकिने उत्कृष्ट विकल्प पनि हो। कोशेबाली परिवारमा पर्ने यस बालीको डाँठ र जरामा हुने राइजोबियम (Rhizobium) नामक ब्याक्टेरियाले हावामा रहेको नाइट्रोजन ग्यासलाई स्थिरिकरण गरि माटोमा यसको परिमाण बढाई माटोको उत्पादकत्व बढाउन मद्दत गर्ने भएको हुनाले यसलाई जैविक मल (Bio-fertilizer) पनि भन्ने गरिन्छ। ढैँचाको डाँठ र हाँगाहरु नरम हुने भएकाले माटोमा चिस्यान भएको बेला हरियै अवस्थामा जोतेर माटोमा मिलाउँदा सजिलै कुहिने र माटोमा अर्गानिक कार्बन बढाई माटोलाई उर्बर बानाउने भएकोले यसलाई हरियो मल (Green Manure) पनि भन्ने गरिन्छ। यस बाहेक हरियो ढैँचा गाई-वस्तुको चाहारा, छिपिएको डाँठलाई दाउरा, र रेशाहरुलाई डोरी बानाउना पनि प्रयोग गर्ने गरिन्छ।

यसका कयौं प्रजातिहरू रहेता पनि खास गरि दुई प्रजाति खेतीको लागि प्रचलनमा छन्।
१. सेस्बानिया क्यानाबिना (Sesbanina canabinna): यस प्रजातिको ढैँचामा राइजोबियम (Rhizobium) ब्याक्टेरिया जरामा मात्र पाइन्छ। यस प्रजातिबाट बिउ उत्पादन गर्दा प्रति हेक्टर १ टन उत्पादन लिन सकिन्छ। यस प्रजातिले एक सिजनमा प्रति हेक्टर ५० देखि १०० किलो नाइट्रोजन स्थिरिकरण गर्न सक्ने विभिन्न अनुसन्धानले देखाएका छन्।

२. सेस्बानिया रोस्ट्राटा (Sesbanina rostrata): यस प्रजातिको ढैँचामा राइजोबियम (Rhizobium) ब्याक्टेरिया जराको साथै मुख्य काण्ड र हाँगामा पनि पाइन्छ। यस प्रजातिबाट बिउ उत्पादन गर्दा प्रति हेक्टर २ टन उत्पादन लिन सकिन्छ भने जैविक मलको रुपमा प्रयोग गर्दा प्रति हेक्टर २६७ किलो सम्म नाइट्रोजन स्थिरिकरण गर्न सक्ने अनुसन्धानबाट पत्ता लागेको छ। क्यानाबिनाको तुलनामा रोस्ट्राटाको लामो समय सम्म माटोको उर्बर शक्ति कायम गर्न सक्नाले यसको दिर्घकालिन रुपमा बढी लाभदायक हुन्छ।

ढैँचाको महत्व:
• धान लगाउनु भन्दा अगाडी ढैँचा माटोमा मिलाउनाले धानमा लाग्ने युरिया मल ५०% सम्म कटौती गरी उत्पादन लागत कम गर्न सकिने। महङ्गो रासायनिक मलको विकल्पको रुपमा प्रयोग गर्न सकिने।
• गहुँ वा हिउँदे बाली भित्र्याई सकेपछी धान लगाउनु भन्दा अगाडिको छोटो समयमा ढैँचा लगाई २-२.५ महिनाको अवधिमै हरियो मलको रुपमा धान रोपाइँ पुर्व प्रयोग गर्ने सकिने।
• माटोको भौतिक तथा जैविक अवस्था सुधार भई दिर्घकालिन रुपमा उत्पादकत्व वृद्धि हुने।
• रासायनिक मलले वातावारण र स्वास्थ्यमा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न सकिने।
• धान खेतीमा ढैँचाको दिर्घकालिन प्रयोगले धानको उत्पादन २१-२५% सम्म वृद्धि हुन सक्ने अनुसन्धान बाट पत्ता लागेको।
• ढैँचा (सेस्बानिया रोस्ट्राटा)ले स्थिरिकरण गरेको कुल नाइट्रोजनको १/३ भाग लगतै लगाइने धानले पाउने र बाँकी परिमाण धानपछी लगाइने बालीले समेत प्राप्त गर्ने।

ढैँचा प्रयोगको विधि:
धान लगाउने खेतमा चैत्र महिनाको सुरु देखि बैशाख महिनाको अन्त्य सम्म ढैँचा छर्न सकिन्छ। हरियो मलको रुपमा प्रयोग गर्न ढैँचा छर्दा प्रति हेक्टर ४० किलो र बिउ उत्पादनका लागि लगाउँदा प्रति हेक्टर १५ किलोका दरले बिउ छर्नु पर्दछ। हरियो मलको लागि पर्याप्त चिस्यान भएको खेतमा एकपटक जोताई गरेर ढैँचा छर्न सकिन्छ भने कहिँ कतै किसानहरुले बाँझो खेतमै पानी जमाउने र ढैँचाको बिउ छरेर पानी सुक्न दिने गरेको पनि पाईन्छ।
यसरि लगाइएको ढैँचा ६-७ हप्तामा खेतमा पल्टाउनको लागि तयार हुन्छ। ढैँचाको वानस्पतिक वृद्धि विकास सकिएर फुलफुल्ने अवस्थामा पुगेपछि, फुल फुल्नु अगावै ट्रयाक्टरमा जडित ह्यारोको सहायताले माटोमा मिलाउनु पर्दछ।ह्यारोले ढैँचालाई टुक्रा-टुक्रा पारेर माटोले पुर्ने काम गर्दछ। खेतमा हल्का पानी पटाएर माटोमा मिलेको ढैँचालाई २-३ दिन कुहिन छाड्ने र त्यपछि धान रोपाइँ गर्ने। ढैँचालाई माटोमा कुहिन चिस्यान आवश्यक पर्ने हुनाले असिंचित क्षेत्रमा भने ढैचाको कम्पोष्ट बनाएर प्रयोग गर्न सकिन्छ।
बसन्ते मकै पछी बर्षे धान लगाउने खेतमा मकैको पहिलो र दोस्रो गोडाइको समयमा ढैंचाको वीउलाई अन्तरवालीको रुपमा छरी धान रोपाई गर्नु अगाडि हिल्याउंदा ढैंचा समेत पल्टाएर हरियो मलको काम लिन पनि सकिन्छ।
रासायनिक मलको मात्र प्रयोग नगरी ढैँचा (जैविक/हरियो मल) र रासायनिक मलको एकीकृत प्रयोग गर्न सक्ने हो भने दिर्घकालिन रुपमा कम लागतमा, माटोको स्वास्थ्य कायम राखी धानको उत्पादन बढाउन सकिन्छ।

सन्दर्भ सामग्री:
• डा.भोलामान सिंह बस्नेत, वरिष्ट वैज्ञानिक तथा धानबाली विज्ञ, २०७७, "रासायनिक मल (युरिया)को बिकल्पमा हरियो मल ढैँचा"
• बिष्णु हरि अधिकारी, वरिष्ठ बैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, २०७१, "बढी उत्पादनको लागि हरियो मलको प्रयोग"

लाइभ फिड एण्ड एग्रो  प्रा. लि. गुलरियामा घाँसको बीउ  सुडान घाँस, मकै चरी, बज्रा घाँस  आइसकेको छ है, स्थान :- राधाकृष्ण च...
27/01/2025

लाइभ फिड एण्ड एग्रो प्रा. लि. गुलरियामा घाँसको बीउ सुडान घाँस, मकै चरी, बज्रा घाँस आइसकेको छ है,
स्थान :- राधाकृष्ण चोक, गुलरिया बर्दिया

लाइभ फिड एण्ड एग्रो  प्रा. लि. मा हाइब्रिड मकैको बीउ  आइसकेको छ है पायोनियर- ३३९६, स्टार -९, टी एम एम एच ८४६, टी एम एम ए...
23/01/2025

लाइभ फिड एण्ड एग्रो प्रा. लि. मा हाइब्रिड मकैको बीउ आइसकेको छ है
पायोनियर- ३३९६, स्टार -९, टी एम एम एच ८४६, टी एम एम एच २८५८, सिन्जेन्टा ६६०७, राजकुमार, टिएक्स ३६९, अरुण २, अरुण ४
राधाकृष्ण चोक, गुलरिया बर्दिया

सबै प्रकारको तरकारीको बिउँ चाहिएमा सम्पर्क गरौं !📍 लाइभ फिड एण्ड एग्रो  प्रा. लि. गुलरिया📞 ९८४५८८२१३१
07/01/2025

सबै प्रकारको तरकारीको बिउँ चाहिएमा सम्पर्क गरौं !
📍 लाइभ फिड एण्ड एग्रो प्रा. लि. गुलरिया
📞 ९८४५८८२१३१

Address

Radhakrishna Chowk, Gulariya, Bardiya
Gularia
21800

Telephone

+9779845882131

Website

Alerts

Be the first to know and let us send you an email when Live Feed And Agro Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Live Feed And Agro Pvt. Ltd.:

Share