Kishan agrovet centre dhangadhi kailali

Kishan agrovet centre dhangadhi kailali WHOLESALER&SUPLIERS:-Vet medicine,agro chemical,pesticide,quality seeds,
Hybrid seeds and sprayers.
-091527414 / 521983

11/06/2025
17/04/2025
13/03/2025

ईतिहासले जन्माएको ऐतिहासिक मुल्य,मान्यता र ईतिहास रचेको एक महत्वपूर्ण पर्व होली..❤️🤗
सारा बिकृतिलाई नामेट पार्दै समाज तथा मुलुकमा सत्य,न्याय,एकता र आत्मीयताको भावना कायम राख्न साथै हाम्रा परम्परागत रूप देखि चल्दै आएका मौलिक,संस्कृति र चाडपर्वहरूको रक्षा र जगेर्ना, सम्बर्द्धन र संरक्षण गर्नु तपाईं हामी सबैको दायित्व हो।
होलीका रङहरुले अनुहार र कपडा मात्र होइन मन अनि जिन्दगीमा पनि रङ भरिदिओस।
रङ्गहरूको पर्वले जीवनमा खुशीका रङ्गहरू थपोस्।
होलीको(फागु पुर्णिामा) यहाँहरु सम्पुर्णमा शुभकामना !!❤️🌸

नेपाल सरकारले १ वटा झारनाशन र २ वटा  किटनाशक गरि  थप३ वटा  बिषादी प्रतिबन्ध गरेको छ।
05/12/2024

नेपाल सरकारले १ वटा झारनाशन र २ वटा
किटनाशक गरि थप३ वटा बिषादी प्रतिबन्ध गरेको छ।

अहिले देशव्यापी रुपमा देखा परेको रोग धानको जरा कुहिने रोग (Foot Rot) बारे जानकारी:-परिचय:यो रोग ढुसी नामक फुजारिएम मोनिल...
08/08/2024

अहिले देशव्यापी रुपमा देखा परेको रोग धानको जरा कुहिने रोग (Foot Rot) बारे जानकारी:-

परिचय:
यो रोग ढुसी नामक फुजारिएम मोनिलिफर्मबाट लाग्ने गर्दछ । उपयुक्त तापक्रम (२७-३५०C) र उच्च सापेक्ष आर्द्रतामा यसको फैलावट बढ्दै जान्छ । ब्याडमा कलिलो बिरुवादेखि खेतमा धान छिप्पिने बेलासम्म यो रोग देखा पर्दछ । समयमै नियन्त्रण गर्न नसक्दा ५०% भन्दा धेरै उत्पादनमा क्षति हुने अनुमान छ ।

लक्षण:
रोगि बिरुवा अल्को हुने, पहेंलिने र अन्तमा फेद कुहिएर मर्दछन् । तल्लो आँख्लाहरुबाट जरा निस्किन्छन् । गांज आउने समयमा यो रोग देखा परेमा गाभा पुरै सुकेर जाने गर्दछ।

व्यबस्थापन:

१. रोगि बोट भएको खेतबाट बीउ संकलन नगर्ने।

२. रोग अवरोधक जात लगाउने तर खुमल-४ जस्ता रोग नसहने जात नलगाउने।

३. कार्बेन्डाजिम ५०% डब्लु पी (जस्तै बेभिष्टिन ) ढुसिनाशक बिषादी २ ग्राम प्रति किलो बीउका दरले उपचार गरि ब्याड राख्ने।

४. रोग ग्रस्त बोटहरु उखेलेर नस्ट गर्ने।

५. पानीको निकासा गर्ने।

६. रोग देखा परेमा नाईट्रोजन युक्त मलको प्रयोग नगर्ने र अन्य बेलामा सिफारिस मात्रामा प्रयोग गर्ने।

७. धान रोपे पछी समस्या आएमा कार्बेन्डाजिम ५०% डब्लु पी (जस्तै बेभिष्टिन ) ढुसिनाशक बिषादी २ ग्राम प्रति लिटर पानीका दरले १ रोपनी क्षेत्रमा २५-३० लिटरको घोल बनाएर १० दिनको फरकमा २-३ पटक प्रयोग गर्ने।

अहिले कुकुर पाल्ने क्रम व्यापक छ। यसको पछाडि चार कारण देखिन्छन् । एक, आवश्यकता । दुई, प्रेम । तीन, सौख । त्यसबाहेक देखास...
02/08/2024

अहिले कुकुर पाल्ने क्रम व्यापक छ। यसको पछाडि चार कारण देखिन्छन् । एक, आवश्यकता । दुई, प्रेम । तीन, सौख । त्यसबाहेक देखासिकी र लहलहैमा पनि कुकुर पाल्नेको जमात ठूलो छ।
कुकुर पाल्न रहर गर्नेहरुमध्ये कतिपयले यो प्राणीलाई राम्ररी खानापानी नदिने मात्र होइन, बूढो र रोगी भएपछि सडकमा लगेर छाडिदिने गर्छन् । यसरी बिजोग भएर सडकमा आइपुग्ने कुकुर खान नपाएर वा अरुको कुटपिटबाट मर्छन्।त्यसैले कुकुर पाल्ने योजनामा हुनुहुन्छ भने तपाईंले केही कुरा थाहा पाउनैपर्छ । केही शर्त पालना गर्नैपर्छ ।

कुकुर पाल्ने वा नपाल्ने ? यी नौ प्रश्नबाट निर्णय गर्न सकिन्छ ।

१. कुकुर किन पाल्दै हुनुहुन्छ ?

घरमा विभिन्न प्रयोजनले कुकुर पालिन्छ । जस्तो- घरको रेखदेख गर्न, सुरक्षा गर्न । कतिले घरमा साथीको रुपमा त कतिले परिवारको रुपमा पाल्ने गर्छन् । तपाईंलाई किन कुकुर चाहिएको हो ? स्पष्ट हुनुहोस् । किनभने कुकुरको जातअनुसार उनीहरुको क्षमता र खुबी फरक हुन्छ।

२. कुकुरलाई स्याहारसुसार गर्न र रमाउने फुर्सद छ ?

कुकुर मान्छेभन्दा अलग जातको भएपनि भावना करिब उस्तै हुन्छ । कुकुरलाई माया, स्पर्श चाहिन्छ । स्याहारसुसार चाहिन्छ । यदि कुकुर घरमा ल्याएपछि सही समयमा खुवाउन, सरसफाइ गरिदिन, खेल्न र कुनै दुःख-बिमारमा उपचार गर्नुपर्ने हुन्छ । यसका लागि तपाईंसँग अतिरिक्त समय र लगाव हुन जरुरी छ।

३. आफूले खरिद गरेको कुकुर अमानवीय र अवैध ढंगले उत्पादन गरिएको त होइन ?

अहिले व्यावसायिक रुपले कुकुरको बच्चा बिक्री गर्नेहरु जताततै छन् । यी ठाउँबाट अन्धाधुन्ध कुकुरको बच्चा खरिद गर्नुअघि त्यो कहाँ र कसरी उत्पादन गरिएको हो ? विश्वसनीय स्रोतबाट बुझौं । किनभने कुकुरको बच्चा बेच्नका लागि अवैध ढंगले कुकुरलाई खोरमा थुनेर राख्ने गरिन्छ र जीवनभर त्यसबाट बच्चा उत्पादन गरिन्छ ।यसरी उत्पादन गरिएका कुकुरका बच्चा वंशाणुगत रुपमै कमजोर हुन्छन् । साथै यिनीहरुलाई राम्ररी स्याहारसुसार गर्न र पेटभर दूध चुस्न दिइँदैन । त्यही कारण यिनीहरु पछि गएर रोगी र कमजोर हुन्छन् । त्यसैले सकेसम्म चिनेजानेका आफन्त वा विश्वसनीय व्यक्तिबाट कुकुरको बच्चा खरिद गरौं।

४.कुकुरको प्रजाति र स्वभावबारे थाहा छ ?

कुकुर विभिन्न प्रजातिका हुन्छन् । सोही अनुसार उनीहरुको आनीबानीदेखि क्षमतासम्म फरक हुन्छ । कुनै कुकुर सुरक्षा गर्ने प्रवृत्तिको हुन्छ भने कुनै बढी हेलमेल हुने खालको । त्यसैगरी कुकुरको जातअनुसार त्यसलाई कसरी स्याहारसुसार गर्ने ? भन्ने कुरा पनि फरक पर्छ । कुनै कुकुर घरभित्रै खेल्छ भने कतिलाई खुला ठाउँमा खेलाउनु, हिंडाउनुपर्ने हुन्छ।

५. कुकुरलाई हरक्षण बाँधेर राख्न वा खोरमा थुनेर राख्नुहुन्छ ?

धेरैले के गर्छन् भने कुकुरलाई एकै ठाउँमा साङ्लाले बाँधेर राख्छन् वा साँघुरो खोरमा थुनेर राख्छन् । मानौं यिनीहरुलाई त्यहाँ यातना दिनका लागि हिरासतमा राखिएको हो । वास्तवमा यो अमानवीय मात्र होइन अपराध पनि हो।यिनीहरुलाई कतिपय अवस्थामा नियन्त्रण गर्न बाँध्न सकिन्छ, वा खोरमा थुन्न सकिन्छ । तर सधैंभर त्यसरी राख्ने हो भने कुकुर नपालेकै राम्रो । देखासिकीका लागि यसरी कुकुर पाल्नेहरुले वास्तवमा कुकुरलाई आजीवन दुःख दिएका हुन्छन्।

६.कुकुरलाई के खुवाउने, के नखुवाउने ?

कति मान्छेले कुकुर पाल्छन् तर पेटभर खान दिंदैनन् । कतिले आफूले छाडेको जुठो खाना वा बासी खानेकुरा दिन्छन् । यदि खाना दिन नसक्ने अवस्था छ भने कुकुर नपाल्नु उत्तम हुन्छ।
कतिपयले भने कुकुरलाई माया गरेर आफूले जस्तै मसालेदार, चिनीजन्य खानेकुरा दिन्छन् । कतिले बिस्कुट, पाउरोटी दिन्छन् । वास्तवमा यी सबै खानेकुराले कुकुरको स्वास्थ्यमा एकदमै हानि गर्छ । कुकुरलाई नुन, चिनी, तेल नभएको भात, मासु, केही फल, सागपात आदि दिन सकिन्छ । बजारमा पाइने तयारी खानेकुरा पनि कुकुरका लागि त्यति पोषिलो हुँदैन।

७. कुकुरलाई कति अवधिमा नुहाउने ?

कुकुरलाई कति अवधिमा नुहाइदिने भन्ने कुरामा पनि धेरैमा अलमल देखिन्छ । कुकुरलाई धेरै छोटो अवधिमा नुहाउनु हुँदैन, उसको छाला एकदमै पातलो हुन्छ । नुहाइरहँदा छालामा संक्रमण हुनेदेखि निमोनिया हुनेसम्मको जोखिम हुन्छ । त्यसैले दुई वा तीन महिनाको अन्तरमा नुहाइदिनु उचित हुन्छ । अन्य बेला भने कपाल कोर्ने, मुख, कान, आँखा सफा गरिदिने गर्न सकिन्छ ।

८.कुकुरलाई के सिकाउने, के नसिकाउने ?

कुकुरलाई सानैमा तालिम दिइयो भने धेरैकुरा सहज हुन्छ । उनीहरुलाई दिसा-पिसाब गराउन, जथाभावी खानेकुरामा जुठो नलगाउन, मान्छेले छुँदा वा चलाउदा सहज बस्नका लागि तालिम दिन सकिन्छ । उनीहरुलाई निश्चित ठाउँमा दिसा-पिसाब गर्न सिकाउनुपर्छ, आफ्नो इशारापछि मात्र खानेकुरा खाने बानी बसाल्नुपर्छ । घरमा मान्छेहरु आउँदा भुक्न वा झम्टिन दिनुहुँदैन । सबैसँग घुलमिल हुन सिकाउनुपर्छ । यस्तो सामान्य तालिम घरमै पनि दिन सकिन्छ ।

धन्यवाद !!

२०८१/२०८२ को लागि मिति २०८१/०२/१५ गते प्रस्तुत बजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरुमा मुल्य अभिवृद्धि क...
29/06/2024

२०८१/२०८२ को लागि मिति २०८१/०२/१५ गते प्रस्तुत बजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरुमा मुल्य अभिवृद्धि कराभ्याट) लागु गरिएको र यस संघले सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री, कृषि मन्त्री लगायत विशिस्ट व्यक्तिहरुलाई भेटी कृषि बालीमा प्रयोग हुने विषादी लगायत कृषि वस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर (VAT) हटाइदिन "विन्ति पत्र" दिएर अनुरोध गर्दा उहांहरुबाट सकारात्मक जवाफ पाएको तर मिति २०८१/०३/११ गते सम्माननीय प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट २०८१/०२/१५ गते प्रस्तुत बजेटलाई नै सोहि निर्णय पास गरेको साथै जीवनाशक विषादी ऐन २०७६ अन्र्तगत हालै मन्त्री परीषदवाट पास गरिएको जीवनाशक विषादी नियमावलीमा विषादी पञ्जिकरण शुल्कमा ५००% देखि १०००% सम्म प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एकलौटी रुपमा निर्णय गरी शुल्क वृद्धि गर्ने कार्य गरेकोले यो सम्पूर्ण रुपमा विषादी व्यवसायी लगाएत नेपाली किसानहरु माथि ज्यादती थोपर्ने र कृषि पेशामा आवृद्ध हाम्रो पेशालाई धरापमा पार्ने कार्यहरु गरेको हुँदा कृषि बालीनालीमा प्रयोग हुने विषादी लगायत कृषि बस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर (VAT) र विषादी पञ्जिकरणमा वृद्धि गरेको शुल्कको खारेजीको माग गर्दछौँ।

रासायनिक मल विक्रेताहरुले नेपालमा हालसम्म सूचीकृत भएका ५३ किसिमका रासायनिक मलहरु मात्र कारोबार गर्न र उपभोक्ता कृषकहरुला...
11/06/2024

रासायनिक मल विक्रेताहरुले नेपालमा हालसम्म सूचीकृत भएका ५३ किसिमका रासायनिक मलहरु मात्र कारोबार गर्न र उपभोक्ता कृषकहरुलाई सूचीकृत मलहरु मात्र खरिद गर्नुहुन कृषि तथा पशुपन्छी मन्त्रालयले अनुरोध गरेको छ।

06/04/2024

हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं !
दोस्रो जोरायल महोत्सव -२०८० सफल बनाउन प्रायोजक रहि सहयोग गर्नु भएकोमा किसान एग्रोभेट सेन्टर, धनगढी, कैलालीलाई धन्यवाद सहित आगामी बर्षमा पनि यहाँको सहयोगको अपेक्षा गर्दछौं !

Dog,Puppy cat लगायत लाई चाहिने सम्पुर्ण औषधि,फुडहरु तथा अन्य सम्पूर्ण सामाग्रीहरु उपलब्ध छन्।किसान एग्रोभेट सेन्टर,मेन र...
20/12/2023

Dog,Puppy cat लगायत लाई चाहिने सम्पुर्ण
औषधि,फुडहरु तथा अन्य सम्पूर्ण सामाग्रीहरु उपलब्ध छन्।

किसान एग्रोभेट सेन्टर,मेन रोड धनगढी।
-०९१ ५२१९८३

31/10/2023
"साना ठूला जनावर, माया गरौँ बराबर""Great or small,love then All"Wish you all Happy world veterinary day2023 Let us work ...
04/10/2023

"साना ठूला जनावर, माया गरौँ बराबर"
"Great or small,love then All"

Wish you all Happy world veterinary day2023 Let us work together for human health, animal health and environmental health. 🐂🐈️🐕️🐓🐐

आदरणीय आमा बुवा दाजु भाइ दिदी बहिनिहरु :

१. गाईभैँसिको दूध उमालेर मात्र खानुहोस र उमालेको दुधको मात्र दहि बनाउनुहोस र खानुहोस किनकी काचो दुधबाट टि बि जस्ता अनेक रोग सजिलै सर्दछन ।
२. काचो मासु( कच्पली/ कचिला आदि) नखानुहोस किनभने त्यस्मा धेरै रोगका किटाणु जीवाणु रोगाणु हुन्छ्न; कचोमासु मा फित्ते जुकाको पानीको पोका हुन्छन तेस कारण मासु राम्रो संग पकाएर मात्र खानुस ।
३. घरमा पलिएका कुकुर बिरालोलाइ हरेक तीन महिनामा जुकाको औषधि खुवाउन पर्दछ र समय समयमा सन्क्रामक रोग विरुद्ध खोप समेत लगाउनुहोस । जुका परेको कुकुरबिरालोको दिशा बाट मानिस बिशेष गरी बच्चा र पशुहरुमा गरि फित्तेजुका सर्ने हुँदा जथाभावी कुकुरहरू लाई दिशा नगराउनुस ( कुकुर डोराई जथाभावी कुकुरलाइ दिशा गराउनेलाइ अनुरोध गरेको)

*पशुपन्छी बाट सर्ने महामारीजन्य तथा जूनोटिक रोग मानिस मा लाग्न र सर्न बाट बच्ने हर उपाय अपनाउनु होस।

अन्त्यमा:
-पशु प्रतीको निर्दयीता र क्रुर ब्यवहारको अन्त्य गरौं ।
-पशु कल्याणमैत्री समाजको सिर्जना गरौं ।
-छाडा पशु चौपाया गाई र अन्य चौपायाको दिगो ब्याबस्थापन गरौं ।

"सबै पशुपन्क्षी जगतको जय होस।"

Address

Dhangadhi

Telephone

091521983

Website

Alerts

Be the first to know and let us send you an email when Kishan agrovet centre dhangadhi kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share