Bhote Kukur Club of Nepal

Bhote Kukur Club of Nepal The main objective of this club is to improve, encourage, and promote this breed in everyway.

कृपया सबैले share गरौँ।
28/05/2025

कृपया सबैले share गरौँ।

18/05/2025

🌐🐾 *Big News!* 🐾🌐

We are proud to announce that Bhote Kukur Kennel Club of Nepal is now officially affiliated with Bullys Registry Nepal (IKC Nepal)— a recognized representative of the International Kennel Club (IKC WORLD), Turkey.

This collaboration marks a significant milestone in the promotion, preservation, and recognition of Nepal's beloved native breed, *Bhote Kukur*, on an international platform. With this affiliation, we move one step closer to raising breed standards, supporting ethical breeding practices, and empowering our dedicated breeder, handler and Judges community.

🎉 Congratulations and a heartfelt welcome to the Bhote Kukur Kennel Club family!
We look forward to working together for the betterment of dogs, breeders, and the entire canine culture of Nepal.

16/05/2025
बधाई तथा शुभकामना!Bhote Kukur Club of Nepal हार्दिक बधाई व्यक्त गर्दछ श्री सन्देश थापालाई, जसले International Kennel Clu...
15/05/2025

बधाई तथा शुभकामना!

Bhote Kukur Club of Nepal हार्दिक बधाई व्यक्त गर्दछ श्री सन्देश थापालाई, जसले International Kennel Club (IKC) द्वारा प्रदान गरिएको National Judge Certificate प्राप्त गर्न सफल हुनु भएको छ।

उहाँको यो उपलब्धि नेपाली कुकुरप्रेमी समुदायको लागि गर्वको विषय हो। विशेष गरी भोटे कुकुर जस्तो राष्ट्रिय गौरवपूर्ण जातप्रति उहाँको समर्पण, ज्ञान र योगदान सराहनीय छ।

यस सम्मानले उहाँलाई आगामी दिनहरूमा अझ सशक्त रूपमा भोटे कुकुरको संरक्षण, प्रवर्द्धन र मूल्याङ्कनमा योगदान दिन प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं।

भविष्यका यात्राहरू अझ सफल, प्रभावशाली र प्रेरणादायी बनुन्!

Bhote Kukur Club of Nepal परिवार

प्रथम भोटे कुकुर शो प्रायोजक रकम बुझाउने सम्बन्धी आव्हान पत्रसम्माननीय प्रायोजक महोदय, प्रथम भोटे कुकुर शो को सफल आयोजना...
04/04/2025

प्रथम भोटे कुकुर शो
प्रायोजक रकम बुझाउने सम्बन्धी आव्हान पत्र

सम्माननीय प्रायोजक महोदय,

प्रथम भोटे कुकुर शो को सफल आयोजना तथा नेपाली भोटे कुकुरको प्रवर्द्धनका लागि तपाईंले गरेको प्रतिज्ञा (बोल कबोल) अनुसारको रकम हालसम्म क्लबलाई प्राप्त हुन सकेको छैन।

तसर्थ, भोटे कुकुर क्लब अफ नेपालको तर्फबाट पुन: अनुरोध गर्न चाहन्छौं कि तपाईंले प्रतिज्ञा गर्नुभएको रकम अबको एक हप्ता भित्र बुझाई दिनुहुनु हार्दिक अनुरोध गर्दछौं। को बाट कस्ले के कति रकम उठाउने जिम्मा लिईएको हो। उक्त्त रकम उठाएर पनि केमा खर्च गरिएको हो बिल पेश गरियोस्। नत्र उपरान्त नाम किटानी सहित पोष्ट गरिनेछ।

तपाईंको अमूल्य सहयोगले नेपाली भोटे कुकुरको प्रवर्द्धन तथा संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

धन्यवाद।

भोटे कुकुर क्लब अफ नेपाल
९८०२८३५१३६

काल भैरब र उहाँको बाहान भोटे कुकुर

International Kennel Club (IKC) द्वारा भोटे कुकुर आधिकारिक रूपमा मान्यता प्राप्त!हामी सबैका लागि गर्वको क्षण! आज Interna...
11/03/2025

International Kennel Club (IKC) द्वारा भोटे कुकुर आधिकारिक रूपमा मान्यता प्राप्त!

हामी सबैका लागि गर्वको क्षण! आज International Kennel Club (IKC) ले भोटे कुकुर (Bhote Kukur) लाई आधिकारिक रूपमा मान्यता प्रदान गरेको छ। यो ऐतिहासिक उपलब्धि हाम्रो नेपाली पहिचान र मौलिक कुकुर जातिको संरक्षण तथा प्रवर्द्धनको दिशामा एक महत्वपूर्ण कदम हो।

यस ऐतिहासिक मान्यताका लागि Bhote Kukur Club of Nepal को सम्पूर्ण टिम, भोटे कुकुर प्रेमीहरू, अनुसन्धानकर्ता, प्रजनक, संरक्षणकर्मी, र हाम्रा सबै समर्थकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। तपाईंहरूको अमूल्य योगदान, अथक परिश्रम, र समर्पणले गर्दा नै हामी आज यो स्थानमा पुग्न सफल भएका छौं।

अब हाम्रो जिम्मेवारी अझ बढेको छ। भोटे कुकुरको संरक्षण, प्रवर्द्धन, तथा विश्वव्यापी पहिचानलाई अझ मजबुत बनाउँदै लैजान हामी प्रतिबद्ध छौं। सबै सहयोगी मित्रहरूलाई पुनः धन्यवाद! Bully's Registry Nepal

भोटे कुकुर क्लब अफ नेपालको तर्फबाट केनल क्लब अफ नेपालका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष तथा सम...
15/02/2025

भोटे कुकुर क्लब अफ नेपालको तर्फबाट केनल क्लब अफ नेपालका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष तथा सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

यस नवनिर्वाचित नेतृत्वले नेपालमा कुकुर संरक्षण, प्रवर्द्धन, तथा जिम्मेवार कुकुर पालन संस्कृति विकासका लागि नयाँ युगको सुरुवात गर्नेछ भन्ने हाम्रो गहिरो विश्वास छ। विशेष गरी, नेपालको मौलिक कुकुर जातहरूको दिगो विकासका लागि अब आमूल परिवर्तन आवश्यक छ।

नेपालका मौलिक कुकुर जातमध्ये भोटे कुकुर हाम्रो पहिचान र गौरव हो। विश्वभर दुर्लभ मानिएको यो कुकुरलाई संरक्षण र प्रवर्द्धन गर्न हामी सबैले एकताबद्ध प्रयास गर्नुपर्छ। केनल क्लब अफ नेपालको नयाँ नेतृत्वले भोटे कुकुरको दर्ता, अनुसन्धान, प्रजनन व्यवस्थापन, अन्तर्राष्ट्रिय मान्यता, तथा व्यवसायिक प्रवर्द्धनमा ठोस कदम चाल्नेछ भन्ने हामीलाई अपेक्षा छ।

यस क्षेत्रमा व्याप्त विभिन्न चुनौतीहरू समाधान गर्दै, कुकुरको स्वास्थ्य, कल्याण, र उचित व्यवस्थापनका लागि नयाँ नीतिहरू लागू गर्नुपर्ने आवश्यकता देखिएको छ। अव्यवस्थित प्रजनन, गैर-जिम्मेवार कुकुर पालन, तथा मौलिक जातका कुकुरहरूमा बढ्दो उपेक्षा जस्ता समस्याहरूलाई न्यूनीकरण गर्न अब ठोस कार्ययोजना ल्याउनु जरुरी छ।

हामी आशावादी छौं कि नवनिर्वाचित कार्यसमितिले नेपालका मौलिक जातका कुकुरहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउन विशेष प्राथमिकता दिनेछ। भोटे कुकुर क्लब अफ नेपालले यस क्षेत्रमा दीर्घकालीन योजना अघि बढाइसकेको छ, र यस अभियानलाई अझ प्रभावकारी बनाउन केनल क्लब अफ नेपालसँग गरिएको सहकार्य अझै मझबुद हुनेछ भन्ने हाम्रो गहिरो विश्वास छ।

नयाँ नेतृत्वले कुकुर जगतमा सकारात्मक परिवर्तन ल्याउने दिशामा साहसी निर्णय लिनेछ भन्ने हाम्रो विश्वास छ। केनल क्लब अफ नेपालको यो कार्यकाल ऐतिहासिक बनोस् र नेपाली कुकुर समुदायको उज्जवल भविष्य सुनिश्चित गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

Some shots from the 1st Bhote Kukur Show organised by Bhote Kukur Club of Nepal presented to you by The Blue Sheep Hotel...
12/02/2025

Some shots from the 1st Bhote Kukur Show organised by Bhote Kukur Club of Nepal presented to you by The Blue Sheep Hotel & Gothstay on magh 19, 2081.

भोटे कुकुर क्लब अफ नेपालको प्रथम भोटे कुकुर शो सफलतापूर्वक सम्पन्नभोटे कुकुर क्लब अफ नेपालले आयोजना गरेको प्रथम भोटे कुक...
05/02/2025

भोटे कुकुर क्लब अफ नेपालको प्रथम भोटे कुकुर शो सफलतापूर्वक सम्पन्न

भोटे कुकुर क्लब अफ नेपालले आयोजना गरेको प्रथम भोटे कुकुर शो भव्य र सफलतापूर्वक सम्पन्न भएकोमा हामी सम्पूर्ण सहयोगी हात, सहभागीहरू, प्रायोजकहरू, तथा दर्शकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं। यो महत्त्वपूर्ण कार्यक्रमले भोटे कुकुरको संरक्षण, प्रवर्द्धन तथा यसको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने हाम्रो उद्देश्यलाई अझ नजिक पुर्याएको छ।

शोको विशेषता

प्रथम शोमा विभिन्न जिल्लाबाट भोटे कुकुर प्रेमीहरूको ठूलो उपस्थितिले हामीलाई निकै उत्साहित बनाएको छ। सहभागीहरूले आफ्नो कुकुरहरूको उत्कृष्ट प्रस्तुति दिएर यो शोलाई थप आकर्षक बनाएका थिए। शोको मुख्य उद्देश्य भोटे कुकुरको विशेषता, यसको ऐतिहासिक महत्त्व तथा यस प्रजातिको संरक्षणलाई प्रवर्द्धन गर्नु थियो।

सहयोगीहरूको भूमिका

हामी विशेष गरी यस शोमा सहयोग पुर्याउने सबै स्वयंसेवक, निर्णायक मण्डल, प्रायोजक संस्था, सञ्चार माध्यम, र स्थानीय प्रशासनलाई धन्यवाद दिन चाहन्छौं। उनीहरूको योगदान बिना यो कार्यक्रम सम्भव हुने थिएन।

कमजोरीहरू प्रति क्षमा

यद्यपि हामीले यो शो सफल बनाउन सबैभन्दा उत्कृष्ट प्रयास गरेका थियौं, केही कमजोरीहरू भएका हुनसक्छन्। कार्यक्रमको समयमा भएको ढिलाइ, व्यवस्थापनमा आएका समस्या, तथा प्राविधिक कठिनाइहरूको हामी गहिरो रूपमा समीक्षा गर्दै छौं। आगामी दिनमा अझ राम्रो व्यवस्था गर्न हामी प्रतिबद्ध छौं।

आगामी योजना

हामीले शोमा सहभागीहरूबाट प्राप्त सुझावहरूलाई गम्भीर रूपमा लिंदै आगामी कार्यक्रमहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने योजना बनाएका छौं। भविष्यमा भोटे कुकुरको प्रवर्द्धनमा अझ सशक्त भूमिका खेल्न हामी निरन्तर क्रियाशील रहनेछौं।

पुनः सम्पूर्ण सहयोगी, सहभागी तथा दर्शकहरूप्रति हाम्रो आभार प्रकट गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम ल्याउने वाचा गर्दछौं।

धन्यवाद।
भोटे कुकुर क्लब अफ नेपाल

Dear Sponsors, Supporters & partners,We wanted to take a moment to thank you for sponsoring 1st Bhote Kukur Show. Your s...
03/02/2025

Dear Sponsors, Supporters & partners,

We wanted to take a moment to thank you for sponsoring 1st Bhote Kukur Show. Your support and partnership played a key role in the success of our event, and we appreciate your participation.

Since it's our first time organising an event, we may have missed it somewhere. But We hope you're happy with the brand visibility you got from the event. We are also adding a few photos from the event that showed your brand well so you can use them in your campaigns.

We wanted to follow up and ask for your feedback on your experience as a sponsor. Did the co-marketing campaign help you achieve your goals? Any feedback you can provide would be greatly appreciated, as we are always looking for ways to improve our future events.
Also, we wanted to let you know that we're currently offering the same sponsorship package for upcoming event.
Once again, thank you for your support of 1st Bhote Kukur Show. We Bhote Kukur Club of Nepal value our relationship with you and hope that we can continue to work together in the future.

Warm regards,
Bhote Kukur Club of Nepal

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Bhote Kukur Club of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhote Kukur Club of Nepal:

Share