Janak Bdr Budha/जनक बहादुर बुढा

Janak Bdr Budha/जनक बहादुर बुढा नेपाल कृषि /भेटेरिनरी सम्बन्धि जानकारी र अन्य सम्पुर्ण समाचार अब पेजबाट ।। Livestock Nepal

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बिच (अन्तरसम्बन्ध) शक्ति सन्तुलन र नियन्त्रण दामी नाेट।। .  #शक्ति_सन्तुलन_नियन्...
25/05/2026

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बिच (अन्तरसम्बन्ध) शक्ति सन्तुलन र नियन्त्रण दामी नाेट।।
. #शक्ति_सन्तुलन_नियन्त्रण

👉 वडा सचिवलाई धम्क्याउने युवक पक्राउदैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने सुर्खेत, वीरेन्द्र...
16/05/2026

👉 वडा सचिवलाई धम्क्याउने युवक पक्राउ

दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाका २२ बर्षीय प्रकाश खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गर्ने खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

वडा सचिव भण्डारीलाई खड्काले धम्क्याएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ध्यानाकर्षण भएको जनाएको थियो ।

लुम्बिनी प्रदेश लुम्बिनी बाट बाट सबैमा नमस्कार !
15/05/2026

लुम्बिनी प्रदेश लुम्बिनी बाट बाट सबैमा नमस्कार !

 #के_तपाइलाई_थाहा_छ ??•••••••••••••••••••••••••१. चिनीलाई जब चोट वा घाउँमा लगाइन्छ तब तरुन्त दुखाई कम हुन्छ ।∴∷∵२. जरूरत...
29/04/2026

#के_तपाइलाई_थाहा_छ ??
•••••••••••••••••••••••••
१. चिनीलाई जब चोट वा घाउँमा लगाइन्छ तब तरुन्त दुखाई कम हुन्छ ।
∴∷∵
२. जरूरत भन्दा बढी टेन्सनले तपाईको दिमागलाई केही समयको लागि बन्द गर्न सक्छ ।
∴∷∵
३. 92% मानिस अरुले भनेको कुरा नबुझेर त्यतिकै हाँस्छन् ।
∴∷∵
४. हाँस आफ्नो आँधा दिमागलाई सुताउँन सकिन्छ जबकी उसको आँधा दिगाम जागेकै अवस्थामा हुन्छ ।
∴∷∵
५. कोही पनि आफ्नो सासलाई रोकेर आँफैलाई मार्न सक्नु हुन्न ।
∴∷∵
६. स्टडीको अनुसार : होशियार व्यक्ति बढी समय आफुले आँफैसँग कुरा गर्दछन् ।
∴∷∵
७. बिहान एक कप चियाले भन्दा एक गिलास चिसो पानीले छिटो निन्द्रा भगाउँछ ।
∴∷∵
८. मोजा लगाएर सुतेको मानिस रातमा कमै मात्रामा ब्युउँझिन्छन् ।
∴∷∵
९. फेसबुक निर्माता मार्क जुकरवर्ग सँग कुनै कलेज डिग्री छैन् ।
∴∷∵
१०. तपाईको दिमागले कुनै पनि प्रकारको चित्र बानाउँन सक्दैन । तपाईले सपनामा देख्नु भएको चित्र पनि कतै वास्तविक जीवनमा देखेकै हुन्छ ।
∴∷∵
११. यदि कोही व्यक्ति तपाई तर्फ घुरिरहेको छ भने तपाई आफैलाई त्यतिकै यसको एहसास हुन्छ जबकी यस्तो सपानामा नै किन नहोस् ।
∴∷∵
१२. विश्वमा सबभन्दा बढी प्रयोग भएको पासवर्ड 123456 हो ।
∴∷∵
१३. 85% मानिस सुत्नु भन्दा अगाडि त्यो सबै कुरा सम्झन्छन् जुन उसले आफनो जीवनमा गर्न चाहन्छन् ।
∴∷∵
१४. खुसी भएर बसेको मानिसले भन्दा चिन्ता लिएर बसेको मानिसले बढी पैसा खर्चा गर्छन् ।
∴∷∵
१५. आमाले आफ्नो बच्चाको तौल लगभग सही अनुमान गर्न सक्छन् भने बुवाले उसको उचाई सही अनुमान गर्छन् ।
∴∷∵
१६. पढ्नु र सपना देख्नु हाम्रो दिमागको अलग अलग भागमा हुने कार्य हो त्यसैले हामि सपनामा पढ्न सकिदैँन ।
∴∷∵
१७. यदि कमिला मानिस जत्रै हुने हो भने कार भन्दा दूई गुणा छिटो कुद्न सक्थ्यो ।
∴∷∵
१८. तपाईले सोच्न (Think) बन्द गर्न सक्नु हुन्न ।
∴∷∵
१९. किराहरु कहिल्यै सुत्दैन् ।
∴∷∵
२०. हाथी एक यस्तो जानवर हो जो कुद्न सकिदैँन ।
∴∷∵
२१. जिब्रो हाम्रो शरीरको सबभन्दा मजबूत मांसपेशी हो ।
∴∷∵
२२. नील आर्मस्ट्रङ्गले चन्द्रमामा आफनो बायाँ खुट्टा पहिला राखेको थियो, त्यस समय उसको मुटूको धडकन प्रति मिनेट 156 पटक थियो ।
∴∷∵
२३. पृथ्वीको गुरूत्वाकर्षण बलको कारणले गर्दा पर्वत, पहाड, हिमाल 15,000 मीटर भन्दा बढी अग्लो हुन सम्भव छैन ।
∴∷∵
२४. मह हजारौ वर्ष सम्म खराब हुदैन ।
∴∷∵
२५. समुन्द्री गंगटोको मुटू उसको टाउँकोमा हुन्छ ।
∴∷∵
२६. केही कीरा आहारा नपाएको खण्डमा आँफैलाई नै खान्छन् ।
∴∷∵
२७. हाँछ्यु गरेको समय मुटूको धडकन 1 मिली सेकेन्डको लागि रोकिन्छन् ।
∴∷∵
२८. लगातार 11 दिन सम्म जाग्नु असम्भव छ ।
∴∷∵
२९. बिल गेट्सले 1 सेकेन्डमा करीब 12,000 कमाउँछन् ।
∴∷∵
३०. सपना कहाँ बाट सुरु भयो भनेर कसैलाई थाहा हुदैन ।
∴∷∵
३१. हरेक सेकेन्ड 100 पटक चट्याङ पृथ्वीको कुनै कनै ठाउँमा हान्छन् ।
∴∷∵
३२. कंगारू पछाडी हिड्न सकिदैन ।
∴∷∵
३३. इन्टरनेटमा 80% ट्रेफिक सर्च इन्जिन बाट आउँछन् ।
∴∷∵
३४. एक छेपारोको उमेर 9 वर्ष हुन्छ ।
∴∷∵
३५. हाम्रो हरेक दिन करिब 200 कपाल झर्छन् ।
∴∷∵
३६. विश्वको सबभन्दा बढी धनी 100 जना व्यक्तिहरुले एक वर्षमा यति कमाउँछन् की जसले विश्वको गरीबी 4 पटक सम्म हटाउँन सकिन्छ ।
∴∷∵
३७. शुतुरमुर्गको आँखा उसको दिमाग भन्दा ठूलो हुन्छ ।
∴∷∵
३८. चमेरो गुफा बाट नस्केर सधैँ बाया तर्फ उड्छन् ।
∴∷∵
३९. ऊँटको दूध बाट दही बनाउँन सकिदैन ।
∴∷∵
४०. साङ्लोको टाउँको काट्दा पनि केही हप्ता बाँच्न सक्छ ।
∴∷∵
४१. कोकाकोलाको वास्तविक रङ् हरियो थियो ।
∴∷∵
४२. लाइटरको अाविष्कार सलाई भन्दा पहिला भएको थियो ।
∴∷∵
४३. महिलाको कमीजको बटन बायाँ तर्फ र पुरुषको दायाँ तर्फ हुन्छ ।
∴∷∵
४४. मानिसको मस्तिष्कमा करिब 80% पानी हुन्छ ।
∴∷∵
४५. मानिसको रगत 21 दिन सम्म स्टोर गरेर राख्न सकिन्छ ।
∴∷∵
४६. फिंगर प्रिन्ट जस्तै मानिसको जिब्रोको छाप पनि अलग-अलग हुन्छ ।

खुशीको खबर 👇सडक दुर्घटनामा परेका  घाइतेलाई उद्धार गर्दा झेल्नुपर्ने कानुनी झमेला र प्रहरीको अनावश्यक सोधपुछ अन्त्य गर्न ...
28/04/2026

खुशीको खबर 👇
सडक दुर्घटनामा परेका घाइतेलाई उद्धार गर्दा झेल्नुपर्ने कानुनी झमेला र प्रहरीको अनावश्यक सोधपुछ अन्त्य गर्न सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ।

प्रस्तावित विधेयकको दफा ५० मा 'असल उद्धारकर्ता' लाई कानुनी संरक्षण दिँदै कसैले निस्वार्थ भावनाले घाइतेको उद्धार गर्दा वा अस्पताल लैजाँदा घाइतेको बाटैमा मृत्यु भएमा समेत उद्धारकर्तामाथि कुनै पनि देवानी वा फौजदारी मुद्दा नचलाइने स्पष्ट व्यवस्था गरिएको छ। साथै, अस्पतालहरूले पनि घाइतेका आफन्त नआएको वा खर्च नभएको बहानामा उपचार रोक्न नपाउने भएको छ।

र अनिवार्य रूपमा प्रारम्भिक उपचार गर्नुपर्ने बाध्यात्मक व्यवस्था मस्यौदामा राखिएको छ, यसले गसहयोगीहरुलाई निडर भएर मानवीय सेवामा लाग्न र सेबा गर्न प्रोत्साहित गर्दछ।
स्रोतMadhya Nepal

24/04/2026

निजामती विधेयकमा प्रस्ताव गरिएका नयाँ व्यवस्था
----------------------------------------------
(१) निजामती सेवा समयबद्ध, सूचना प्रविधिमा आधारित, निर्णय प्रकृया तथा सेवा ढिलाइमा स्पष्ट उत्तरदायित्व र नागरिक संलग्नतामा-आधारित मूल्याङ्कन प्रणाली सहितको सेवा हुने
(२) निजामती सेवामा श्रेणीगत र तहगत मिश्रित संरचनामा आधारित हुने।
(३) सूचना प्रविधिको जनशक्तिलाई निजामती सेवामा आकर्षित गर्न नेपाल सूचना प्रविधि सेवा गठन गर्ने प्रस्ताव गरिएको
(४) राजपत्राङ्कित विशिष्‍ट श्रेणीका सचिव, सहसचिव, विभागीय प्रमुख, कार्यालय प्रमुख तथा आयोजना प्रमुखसँग वार्षिक रूपमा कार्यसम्पादन सम्झौता गरिने ।
(५) सहसचिव, विभागीय प्रमुख, कार्यालय प्रमुख तथा आयोजना प्रमुखको नियुक्तिमा योग्यतम कर्मचारीको नियुक्ति गर्न मुख्य कार्यसम्पादन सूचक सहितको योग्यता सम्बन्धी मापदण्ड तयार गर्नु पर्ने।
(६) कार्यसम्पादन सम्झौताको पुनरावलोकन तथा मूल्याङ्कन त्रैमासिक रुपमा गरिने र सो नतीजा सार्वजनिक रुपमा प्रकाशन गरिने।
(७) स्वतन्त्र न्यायपालिकाको अवधारणा सम्मान गर्दै जनशक्ति व्यवस्थापन, कार्यसम्पादन मूल्याङ्कन भौगोलिक अंक विभाजन लगायतका विषयमा सर्वोच्च अदालतले नै मापदण्ड निर्धारण गर्नसक्ने।
(८) सङ्‌घीय निजामती सेवाको कुनै कार्यकारी वा विशेषज्ञ पदमा नेपाल सरकारले कार्यक्षमतामा आधारित वा कार्यमूलक प्रयोगात्मक परीक्षण गरी खुला वा छडके प्रवेशको विशेष व्यवस्था गर्न सक्ने।
(९) आरक्षणको सुविधा एक व्यक्तिले राजपत्र अनङ्कित पदमा एकपटक र राजपत्राङ्कित पदमा एक पटक मात्र लिन पाउने।
(१०) केन्द्रीय अभिलेखबाट यकिन नगरी लोकसेवा आयोगमा पदपूर्तिको प्रकृया अगाडी बढाउन नपाईने।
(११) खुला वा बढुवा प्रक्रियाबाट नियुक्तिका लागि सिफारिश भएका कर्मचारीको पदस्थापन लोकसेवा आयोगमा पठाएको माग आकृति विवरणमा उल्लेखित रिक्त पद र कार्यालयमा सिफारिशको योग्यताक्रम अनुसार गर्नु पर्ने।
(१२) कार्यालय प्रमुख, विभागीय प्रमुख वा आयोजना प्रमुखका पदमा शैक्षिक योग्यता, तालीम, कार्यअनुभवका अतिरिक्त पदस्थापन गरिने पद अनुकूलको नेतृत्व क्षमता, कार्यदक्षता, व्यावसायिकता र सदाचारिता समेतको क्षमता नक्साङ्कनका आधारमा मात्र हुने।
(१३) पदस्थापन भएका कार्यालय प्रमुख, विभागीय प्रमुख वा आयोजना प्रमुखको हकमा सम्वन्धित पदको लागि निजको कार्यसम्पादनस्तर, जवाफदेहिता, संस्थागत सुशासनको अवस्था, उपलव्धी एवं नतीजाको आधारमा उपयुक्तताको परीक्षण गर्नुपर्ने।
(१४) अधिकृत चौधौं तहका निजामती कर्मचारीको दुई वर्ष र अधिकृत तेह्रौं तहका निजामती कर्मचारीको दुई वर्ष हुने तर नेपाल सरकारले कार्यदक्षताको आधारमा अधिकृत तेह्रौं तहका निजामती कर्मचारीको पदावधि बढीमा एक वर्ष थप गर्न सक्ने।
(१५) निजामति कर्मचारी ६० वर्षसम्म सेवामा बहाल रहने।
(१६) कर्मचारीलाई सेवाप्रवाह, नीति कार्यान्वयन र नीति तर्जुमा गर्ने कार्यालय वा निकायको क्रमागत अनुभव हासिल हुने गरी न्यूनतम एक अवधिका लागि चक्रिय आधारमा सरुवा वा पदस्थापन गरिने।
(१७) राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतस्तरको कर्मचारीलाई न्यूनतम एक कार्य अवधि पुरा नभई कार्यालय प्रमुखको जिम्मेवारीमा सरुवा वा शुरु पदस्थापन नगरिने ।
(१८) राजपत्राङ्कित द्बितीय र तृतीय श्रेणीका निजामती कर्मचारीलाई तीन वर्ष, सहायकस्तरका कर्मचारीहरुको चार वर्ष पूरा नभई अन्तरमन्त्रालय सरुवा नगरिने।
(१९) कर्मचारीको सरुवा गर्दा न्यूनतम र अधिकतम् अवधी तोकिने।
(२०) एउटै कार्यालयको एकै पद र समान जिम्मेवारीमा बढीमा ४ वर्ष भन्दा कुनै कर्मचारी नरहने।
(२१) एक आर्थिक वर्षमा बढीमा तीस प्रतिशत भन्दा बढी अन्तरमन्त्रालय सरुवा गर्न नसकिने।
(२२) प्रतिष्ठित विश्वविद्यालय वा अनुसन्धान केन्द्रबाट विशिष्टीकृत विषयमा उच्च शैक्षिक उपलब्धि हासिल गरेका निजामती कर्मचारीले आफ्नो विज्ञता क्षेत्रमा काम गर्न प्राथमिकतामा राखिने।
(२३) वृद्ध बाबु,आमा, सासु, ससुरा वा परिवारका कुनै सदस्य अशक्त, अपाङ्गता भएका वा जटिल,दीर्घ रोगबाट पीडितको हेरचाह गर्न श्रीमान श्रीमती दुवै निजामती सेवामा कार्यरत भए एक जनालाई हेरचाह आवश्यक पर्ने स्थानमा सरुवा वा पदस्थापन गर्न सकिने।
(२४) सात दिनभित्र बरबुझारथ गरी खटिएको कार्यालयमा हाजिर हुन रमाना लिनु पर्ने।
(२५) सरुवा पदस्थापन वा कामकाजमा खटाउने सम्वन्धी सम्पूर्ण कार्यहरु सूचना प्रविधिमा आधारित प्रणालीबाट गर्नुपर्ने।
(२६) राजपत्रांकित द्बितीय श्रेणीसम्मका निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन तथा वृत्ति व्यवस्थापन सम्बन्धी कार्यलाई जवाफदेही बनाउन निजामती सेवा बोर्डको व्यवस्था गरिने। न्यूनतम अवधी (minimum tenure enforcement) अनिवार्यरुपमा कार्यान्वयन गराईने।
(२७) दुर्गम भौगोलिक क्षेत्रमा र प्रमुख प्रशासकीय अधिकृत पद रहेका स्थानमा नगएमा बढुवाको सम्भाव्य उम्मेद्बार हुन नसक्ने।
(२८) कार्यसम्पादनको मूल्याङ्‌कनलाई सूचकमा आधारित हुने र संस्थागत नतिजा एवं उपलब्धि समेत हेरिने।सेवा प्रवाह गर्ने निकायमा कार्यरत कर्मचारीको मूल्याङ्कन गर्दा सेवाग्राहीको पृष्ठपोषणवापतको अङ्क समेत अनिवार्य गरिएको।
(२९) कर्मचारीको मूल्याङ्कनमा नैतिक परीक्षण एकाई को सिफारिशको आधारमा अङ्क प्रदान हुने र उक्त एकाईले कर्मचारीको प्रोफाईलिङ्ग गर्ने।मूल्याङ्कन अंकको आधारमा ग्रेडिङ्ग गरिने।पहिले सुपरिवेक्षक पुनरावलोकनकर्ता सहित ३ तहमा मूल्याङ्कन गरिने गरेकोमा अव सुरपरिवेक्षक र कर्मचारीको वीचमा कार्यसम्पादन सम्झौताको आधारमा दुई तहमा हुने।वरिष्ठतम अधिकृत रहने बढीमा तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिने।
(३०) राष्ट्रिय कितावखानामा रहेको कर्मचारी सूचना प्रणालीको विवरण अद्यावधिक नभएको अवस्थामा र तलबी प्रतिवेदन पारित नगराई तलब भुक्तानी नहुने।
(३१) तलव भुक्तानी हुने अवधि मासिक रुपमा वा नेपाल सरकारले निर्धारण गरे बमोजिम हुने।
(३२) वैदेशिक अध्ययन तालिममा गएकाले विद्युतीय प्रणालीमा अद्यावधिक गर्नुपर्ने।
(३३) लोक सेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको तयारीको लागि सञ्चालन गरिने प्रशिक्षण कार्यक्रममा कुनै पनि निजामती कर्मचारीले प्रशिक्षण दिन नपाउने।
(३४) सङ्घीय निजामती सेवा वा अन्य सरकारी सेवाको राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीको पदबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले राजीनामा स्वीकृत भएको वा सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक, कुटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति नपाउने ।
(३५) कुनै निजामती कर्मचारीले आफ्नो पद, अधिकार वा जिम्मेवारी प्रयोग गर्दा निजको व्यक्तिगत, पारिवारिक, व्यावसायिक वा आर्थिक स्वार्थसँग द्वन्द्व हुने वा हुन सक्ने कुनै पनि कार्यमा संलग्न हुन नपाईने स्वार्थको द्वन्द्व सम्बन्धी व्यवस्था राखिएको।
(३६) निजामती कर्मचारीको कार्यसम्पादन कमजोर भएमा वा ब्यक्तिगत बेरुजु भएमा पनि नकारात्मक सूचीमा राखिने र बढुवा वा मनोनयन रोक्का हुने।
(३७) निजामती सेवामा ट्रेडयुनियन नरहने तर शेवा सर्त सम्वन्धी विषय वा पीर मर्का गुनासो सुनुवाईको लागि प्रभावकारी व्यवस्था गरिएको।
(३८) प्रदेशहरुको पारस्पारिक सहमतीमा अन्तरतह स्थानीय वा प्रदेशमा सरुवा गर्न सक्ने गरी प्रदेशले कानुन तर्जुमा गर्नसक्ने।
(३९) स्वार्थको द्बन्द सम्वन्धी विषय घोषणा गर्नुपर्ने
(४०) राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीको कर्मचारी निवृत्त भएको २ वर्षसम्म कुनै राजनैतिक वा संवैधानिक पदमा नियुक्त हुन बन्देज।
(४१) सवै तहका निकायहरुमा रहेको दरवन्दी संरचना र कार्यरत जनशक्तिको अवस्था प्रत्येक २ वर्षमा ह्यूमन रिसोर्स अडिट गरिने।
(४२) नेपाल सरकारले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य प्रवर्द्धन गर्न तहगत निकायहरुमा मिश्रित रुपमा तहगत कर्मचारी रहने गरी कर्मचारी व्यवस्थापन गर्न सक्ने।
(४३) न्याय सेवा, लेखापरीक्षण सेवा, न्यायिक तथा संवैधानिक निकाय बाहेकका जिल्लास्थित कार्यालयमा कार्यरत कर्मचारीको विभागीय प्रमुखको रुपमा प्रमुख जिल्ला अधिकारी रहने।
(४४) समायोजन भएर प्रदेश वा स्थानीय तहमा हाजिर हुन नसकेका कर्मचारीहरुको संघमा नै पदस्थापन गर्न सकिने।
(४५) सर्वोच्च अदालतबाट समायोजन सम्वन्धमा भएका फैसला र निर्देशनात्मक आदेशहरुको कार्यान्वयन गर्ने गरी व्यवस्था भएको
(४६) प्रमुख प्रशासकीय अधिकृतहरु प्रदेशगत रुपमा एकमुष्ट मुख्यमन्त्री कार्यालयमा पठाईने र स्थानीय तहमा पदस्थापन गरिने।
(४७) कर्मचारीहरुको अभिलेख तथा कार्यालय व्यवस्थापन सम्वन्धी सम्पूर्ण कार्यहरु विद्युतीय प्रणालीबाट गरिने।
(४८) सचिवको पदावधी २ वर्ष हुने र कार्यदक्षताको आधारमा बढीमा १ वर्ष नेपाल सरकारले थप गर्न सक्ने।
(४९) कार्यकारी पदमा क्षमता परीक्षण गरी नेपाल सरकारले छडके प्रवेश गराउन सक्ने।
(५०) राजनीतिक दल, राजनीतिक दलको भातृ सङ्‌गठन, जनवर्गीय सङ्‌गठन वा राजनीतिक दलसँग आबद्ध सङ्‌गठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने।

23/04/2026

सुदूरको भाका डेउडा गीत!
२०२६ जेसीआई नेपाल अध्यक्ष भेला- अछाम रामारोसन
बैशाख ५ गते २०८३

गृह मन्त्री सुधन गुरुङले फेसबुकमा यस्तो लेखे -म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदार...
22/04/2026

गृह मन्त्री सुधन गुरुङले फेसबुकमा यस्तो लेखे -
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।

सरकारको राम्रो कदम,सुशासनयुक्त बातावरण,नातावाद कृपावाद चाकडी चाप्लुसी अन्त्य,कर्मचारीलाई समान व्यवहार र अवसर,हाकिमबाट तल...
11/04/2026

सरकारको राम्रो कदम,
सुशासनयुक्त बातावरण,
नातावाद कृपावाद चाकडी चाप्लुसी अन्त्य,
कर्मचारीलाई समान व्यवहार र अवसर,
हाकिमबाट तल्लोतह को कर्मचारी को अधिकार माथि ठाडो हस्तक्षेपको अन्त्य,
गोप्यतावाद संस्कृतिमा रमाउने अन्त्य होस .

पालिकादेखि मन्त्रालयसम्म देशभर ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान🙏❣️
सरकारले ‘शून्य बाँकी फाइल अभियान’ चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Janak Bdr Budha/जनक बहादुर बुढा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janak Bdr Budha/जनक बहादुर बुढा:

Share