Animal Paradise Np

Animal Paradise Np welcome to my page. Please like follow and share my page.

18/08/2025

(Peste des Petits Ruminants) बाख्रा–भेडामा
रोगको विवरण
१. परिचय
पूरा नाम: Peste des Petits Ruminants
प्रकार: अत्यन्तै संक्रामक भाइरल रोग
प्रभावित पशु: मुख्यतः बाख्रा र भेडा
कारक: Morbillivirus (Paramyxoviridae परिवार)

२. सङ्क्रमणको तरिका
बिरामी पशुको नाक–मुखको स्राव, पखालाको फोहोर, आदिबाट
प्रत्यक्ष सम्पर्क (गोठमा, पानी, आहारमा साझा प्रयोग)
छिट्टै गाउँ/क्षेत्रभर फैलिन्छ

३. मुख्य लक्षण (Clinical Signs)
अचानक उच्च ज्वरो (104–106°F)
नाक र मुखबाट पानी/स्राव (पछि बाक्लो र पसिलो)
आँखा रातो, आँसु बग्ने
मुखभित्र छाला/घाउ, दाना, घाउले खाना खान गाह्रो
खोकी, श्वासप्रश्वासमा समस्या
झाडापखाला (पानीजस्तो वा रक्ताम्य)
कमजोरी र वजन घट्ने
उच्च मृत्यु दर (विशेष गरी खोप नलगाइएका जनावरमा)

४. पोस्टमार्टममा देखिने परिवर्तन (Lesions)
मुखभित्र, जिब्रो, दाँतको वरिपरि घाउ र छाला झर्ने
पेट र आन्द्रामा दाग (Zebra stripes lesion)
फोक्सोमा सुन्निने, श्वासप्रश्वास कठिन हुने
लिम्फ नोड सुन्निने

५. निदान (Diagnosis)
लक्षण र पोस्टमार्टम बाट सम्भावित रोग पहिचान
प्रयोगशाला परीक्षण
६. उपचार (Treatment)
रोग भाइरल भएकाले विशेष औषधि छैन।
सपोर्टिभ उपचार मात्र:
एन्टिबायोटिक (दोस्रो संक्रमण रोक्न)
एन्टिहिस्टामिन, एन्टिडायरियल
झोलिलो र पौष्टिक खाना, नुनपानी
भिटामिन र एनर्जी बुस्टर
तापक्रम घटाउन (meloxicam)
fluid therapy DNS/NS solution

७. नियन्त्रण र रोकथाम
*खोप (PPR Vaccine) नै मुख्य उपाय
*बिरामीलाई तुरुन्त अलग्गै राख्ने
*मृत पशुलाई खाल्डो खनेर पुरिदिने वा जलाउने
*गोठमा चुना, ब्लिचिङ पाउडर, फिनाइल प्रयोग गरेर सफा गर्ने
*रोग देखिएको क्षेत्रमा पशु आवतजावत रोक्ने

18/08/2025

बाजुरा त्रिबेणि ७ का किसानहरू अहिले पशुमा रोगको गम्भीर समस्याबाट पीडित भएका छन् । धेरै घरका बाख्रा अचानक बिरामी भएर मर्ने क्रम बढ्दै गएको छ। यति ठूलो क्षति हुँदाहुँदै पनि किसानहरूलाई कुनै औसधि उपचार वा खोप सुविधा उपलब्ध छैन । न वडा पालिकाबाट प्रभावकारी पहल भएको छ, न त पशु प्राविधिकहरू सक्रिय देखिएका छन् । यस कारण किसानहरू आफ्नो सम्पत्ति जोगाउन असहाय बनेका छन् । तत्कालै सम्बन्धित निकायले रोग नियन्त्रणका लागि खोप र औसधि उपचारको व्यवस्था गर्न सके मात्र किसानलाई ठूलो क्षति हुनबाट बचाउन सकिनेछ, अन्यथा समस्या अझ फैलँदै गम्भीर संकट निम्त्याउने सम्भावना छ ।
देखिएका लक्षण र पोस्टमार्टम परिणामअनुसार यो रोग PPR हुन सक्ने सम्भावना धेरै छ, तर अहिलेसम्म ल्याब परीक्षण नगरेकाले रोग निश्चित पुष्टि भएको छैन।
यदि समयमा उपचार र नियन्त्रण हुन सकेन भने यो रोग महामारीझैँ फैलिने उच्च सम्भावना छ र किसानलाई अझै ठूलो क्षति हुन सक्छ ।

🌱🌱
01/07/2025

🌱🌱

😍
04/08/2024

😍

07/01/2024

So adorable




07/01/2024

💖

❤️
11/06/2023

❤️

Address

Bajura

Alerts

Be the first to know and let us send you an email when Animal Paradise Np posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Animal Paradise Np:

Share