Animal Paradise Np

Animal Paradise Np welcome to my page. Please like follow and share my page.

03/11/2025

भैसीहरूमा गर्भाशय खस्ने समस्या (Uterine and Vaginal Prolapse in Buffaloes)

गर्भाशय खस्ने अवस्था (uterine prolapse) भैसीहरूमा देखिने सामान्य तर गम्भीर समस्या हो। यदि समयमै उपचार नगरिए रगत बग्ने, शक (shock) वा मृत्युको जोखिम हुन्छ।
बाजुरा जिल्लामा करिब १ वर्षको सेवा अवधिमा त्रिवेणी र बुढीगङ्गा नगरपालिकामा मात्र २४ वटा भैसीहरूमा गर्भाशय वा योनी खस्ने समस्या देखियो। यो रोग भैसी ब्याउनु अघि र पछि दुवै अवस्थामा देखा पर्‍यो। स्थानीय भाषामा यसलाई भरार र भण्डाल्नो फर्किनु भनेर चिनिन्छ।

⚠️ मुख्य कारणहरू (Causes):
Pelvic स्नायु र लिगामेन्ट कमजोर हुनु
गर्भाशयको मांसपेशी कमजोर हुनु
अत्यधिक भोजन (overfeeding) र व्यायामको अभाव
ठूलो बच्चा वा कठिन प्रसव (dystocia)
कब्जियत वा पेटमा अत्यधिक दबाब
वंशाणुगत कमजोरी
साल नखस्नु (retained placenta)
बच्चा निकाल्दा अत्यधिक बल प्रयोग गर्नु
भिटामिन र क्याल्सियमको कमी (hypocalcemia)
पोषणको कमी तथा असन्तुलित आहार
अस्वच्छ वातावरण र गलत व्यवस्थापन

🔍 लक्षणहरू (Symptoms):
योनी वा गर्भाशयबाट रातो/निलो र सुन्निएको मासु बाहिर निस्कनु
सुरुआती अवस्थामा पशु सुत्दा बाहिर आउँछ र उभिँदा भित्र जान सक्छ (vaginal prolapse)
प्रसवपछि ठूलो रातो मासु झुण्डिएर बाहिर देखिनु (uterine prolapse)
सुन्निनु, सुक्खा वा घाउ लाग्नु
बारम्बार पिसाब गर्न खोज्नु, असहजता र दुखाइ अनुभव हुनु

🩺 उपचार र व्यवस्थापन (Treatment & Management):
१️. प्रारम्भिक तयारी (Initial Care)
बाहिर आएको अंग देखिएपछि पशुलाई तुरुन्तै सुरक्षित ठाउँमा राख्ने र थप चोट नपुग्ने गरी उभ्याउने।
बाहिर आएको भागलाई सफा, चिसो नुनिलो पानी (saline water) वा पोटास पानी (KMnO₄ solution) ले राम्ररी सफा गर्ने।
संक्रमण रोक्न एन्टिसेप्टिक घोल को प्रयोग गर्ने।
बाहिर आएको अंग सुक्न नदिन सफा कपडा भिजाइ राख्ने।

२️. अंग फिर्ता राख्ने (Replacement of Pr*****ed Organ)

(क) योनी खस्ने अवस्थामा (Vaginal Prolapse):
पशुलाई पछाडिको भाग माथि हुने गरी (elevated position) राख्ने।
योनी सफा गरी एन्टिसेप्टिक मलहम लगाउने।
ग्लोभ लगाएर बाहिर आएको भागलाई सावधानीपूर्वक भित्र धकेल्ने।
योनी पुनः बाहिर नआओस् भनेर rope truss (डोरी बाँध्ने) वा
कहिलेकाहीँ योनीमा टाँका लगाइन्छ ताकि गर्भाशय फेरि नखसियोस्। Bühner’s suture (purse-string suture) प्रयोग गर्ने।

(ख) गर्भाशय खस्ने अवस्थामा (Uterine Prolapse):
पशुलाई पछाडिको भाग माथि हुने गरी राख्ने।
बाहिर आएको गर्भाशयलाई चिसो नुनिलो पानी वा पोटास पानीले सफा गर्ने।
साल बाँकी छ भने सावधानीपूर्वक छुट्याउने।
गर्भाशयको अन्त्य भाग (tip of horn) बाट सुरु गरी विस्तारै भित्र पठाउने।
भित्र पुरा प्रवेश भएपछि हल्का दबाब दिई सामान्य स्थितिमा ल्याउने।
आवश्यक परे Epidural anesthesia (Lidocaine) प्रयोग गर्ने।

3R Method (सस्तो, सुरक्षित र प्रभावकारी विधि):
*Reduction: सुजन घटाउने (चिनी, Lidocaine jelly, antibiotic powder प्रयोग)गर्ने ।
*Reposition: गर्भाशय सावधानीपूर्वक भित्र पठाउने।
*Retention: Rope Truss Technique प्रयोग गरी योनीको मुख थाम्ने।
डोरी पुच्छरमुनि ‘८’ आकारमा पारेर दुवै पाखुरामा बाँधिन्छ।
यसले गर्भाशय वा योनी पुनः बाहिर नखस्न सहयोग गर्छ।
कहिलेकाहीँ योनीमा टाँका लगाइन्छ ताकि गर्भाशय फेरि नखसियोस्। Bühner’s suture (purse-string suture) प्रयोग गर्ने। तर मैले rope truss बिधि बाट नै उपचार गर्दै आए यो बिधि सुरक्षित, सरल र प्रभावकारी विधि भएकाले Rope truss बाट Control
सजिलै भयो।

३️.औषधी उपचार (Medical Treatment):
Antibiotic: संक्रमण रोक्न (Penicillin, Oxytetracycline आदि)।
Anti-inflammatory: (Meloxicam, आदि)।
Dexamethasone आवश्यक भएमा
Calcium supply :
IV fluids & energy tonic: आवश्यक भए
भिटामिन र मिनरल सप्लिमेन्ट्स: पुनः स्वास्थ्य सुधारका लागि।

🛡️ रोकथाम र नियन्त्रण (Prevention & Control):
सन्तुलित आहार र नियमित व्यायाम गर्ने।
कब्जियत र अत्यधिक भोजन हुन नदिनु।
प्रसवका बेला स्वच्छ र सुरक्षित वातावरण बनाउनु।
बाछा निकाल्दा अत्यधिक बल नलगाउनु।
प्रसव अघि र पछि क्याल्सियम र खनिज पर्याप्त दिनु।
दुग्ध ज्वरो (milk fever) को समयमै उपचार गर्नु।
पशुलाई सफा, सुख्खा र फिस्लो नहुने ठाउँमा राख्नु।
यदि अंग बाहिर आएको छ भने तुरुन्त एन्टिसेप्टिकले सफा गरी ढाकेर पशु चिकित्सकलाई बोलाउनु।
आवश्यकता अनुसार rope truss वा retention suture प्रयोग गर्ने।
चिकित्सकको सल्लाह अनुसार एन्टिबायोटिक र पीडा नियन्त्रण औषधि प्रयोग गर्ने।

18/08/2025

(Peste des Petits Ruminants) बाख्रा–भेडामा
रोगको विवरण
१. परिचय
पूरा नाम: Peste des Petits Ruminants
प्रकार: अत्यन्तै संक्रामक भाइरल रोग
प्रभावित पशु: मुख्यतः बाख्रा र भेडा
कारक: Morbillivirus (Paramyxoviridae परिवार)

२. सङ्क्रमणको तरिका
बिरामी पशुको नाक–मुखको स्राव, पखालाको फोहोर, आदिबाट
प्रत्यक्ष सम्पर्क (गोठमा, पानी, आहारमा साझा प्रयोग)
छिट्टै गाउँ/क्षेत्रभर फैलिन्छ

३. मुख्य लक्षण (Clinical Signs)
अचानक उच्च ज्वरो (104–106°F)
नाक र मुखबाट पानी/स्राव (पछि बाक्लो र पसिलो)
आँखा रातो, आँसु बग्ने
मुखभित्र छाला/घाउ, दाना, घाउले खाना खान गाह्रो
खोकी, श्वासप्रश्वासमा समस्या
झाडापखाला (पानीजस्तो वा रक्ताम्य)
कमजोरी र वजन घट्ने
उच्च मृत्यु दर (विशेष गरी खोप नलगाइएका जनावरमा)

४. पोस्टमार्टममा देखिने परिवर्तन (Lesions)
मुखभित्र, जिब्रो, दाँतको वरिपरि घाउ र छाला झर्ने
पेट र आन्द्रामा दाग (Zebra stripes lesion)
फोक्सोमा सुन्निने, श्वासप्रश्वास कठिन हुने
लिम्फ नोड सुन्निने

५. निदान (Diagnosis)
लक्षण र पोस्टमार्टम बाट सम्भावित रोग पहिचान
प्रयोगशाला परीक्षण
६. उपचार (Treatment)
रोग भाइरल भएकाले विशेष औषधि छैन।
सपोर्टिभ उपचार मात्र:
एन्टिबायोटिक (दोस्रो संक्रमण रोक्न)
एन्टिहिस्टामिन, एन्टिडायरियल
झोलिलो र पौष्टिक खाना, नुनपानी
भिटामिन र एनर्जी बुस्टर
तापक्रम घटाउन (meloxicam)
fluid therapy DNS/NS solution

७. नियन्त्रण र रोकथाम
*खोप (PPR Vaccine) नै मुख्य उपाय
*बिरामीलाई तुरुन्त अलग्गै राख्ने
*मृत पशुलाई खाल्डो खनेर पुरिदिने वा जलाउने
*गोठमा चुना, ब्लिचिङ पाउडर, फिनाइल प्रयोग गरेर सफा गर्ने
*रोग देखिएको क्षेत्रमा पशु आवतजावत रोक्ने

18/08/2025

बाजुरा त्रिबेणि ७ का किसानहरू अहिले पशुमा रोगको गम्भीर समस्याबाट पीडित भएका छन् । धेरै घरका बाख्रा अचानक बिरामी भएर मर्ने क्रम बढ्दै गएको छ। यति ठूलो क्षति हुँदाहुँदै पनि किसानहरूलाई कुनै औसधि उपचार वा खोप सुविधा उपलब्ध छैन । न वडा पालिकाबाट प्रभावकारी पहल भएको छ, न त पशु प्राविधिकहरू सक्रिय देखिएका छन् । यस कारण किसानहरू आफ्नो सम्पत्ति जोगाउन असहाय बनेका छन् । तत्कालै सम्बन्धित निकायले रोग नियन्त्रणका लागि खोप र औसधि उपचारको व्यवस्था गर्न सके मात्र किसानलाई ठूलो क्षति हुनबाट बचाउन सकिनेछ, अन्यथा समस्या अझ फैलँदै गम्भीर संकट निम्त्याउने सम्भावना छ ।
देखिएका लक्षण र पोस्टमार्टम परिणामअनुसार यो रोग PPR हुन सक्ने सम्भावना धेरै छ, तर अहिलेसम्म ल्याब परीक्षण नगरेकाले रोग निश्चित पुष्टि भएको छैन।
यदि समयमा उपचार र नियन्त्रण हुन सकेन भने यो रोग महामारीझैँ फैलिने उच्च सम्भावना छ र किसानलाई अझै ठूलो क्षति हुन सक्छ ।

🌱🌱
01/07/2025

🌱🌱

Address

Bajura

Alerts

Be the first to know and let us send you an email when Animal Paradise Np posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Animal Paradise Np:

Share