08/08/2026
बुबाको श'व जल्न कति समय लाग्छ ? : अनलाइनबाट ५१०० रुपैयाँ पठाएर तीनै छोरीले भिडियो कलबाटै हेरे अन्तिम संस्कार, पढाएर नेपालमा शिक्षिका बनाएका बुबाले अन्तिम सासमा पनि छोरीकै फोन पर्खिरहे
मुम्बईका पूर्व कपडा व्यापारी ७२ वर्षीय शिवचरण राम रतन गुप्ताको हरियाणा, सोनिपतस्थित वृद्धाश्रममा भएको दु:खद नि'धन र त्यसपछिको अन्तिम संस्कारको घट्नाले आधुनिक समाजमा नासिँदै गएको पारिवारिक मूल्य-मान्यता र चरम कुसंस्कारमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। शिवचरणले जीवनभर पसिना बगाएर, आफ्नो इच्छा मा'रेर आफ्ना तीनै जना छोरीहरूलाई उच्च शिक्षा दिए, सक्षम बनाए र समाजमा उभिन सक्ने बनाए। उनी आफ्ना छोरीहरूको प्रगतिमा सधैँ गर्व गर्थे। तर, जीवनको उत्तरार्धमा श्रीमती मीनाको नि'धन भएपछि उनी साहाराविहीन बने र सोनिपतको समाज कल्याण शिक्षा समिति वृद्धाश्रममा सर्न बाध्य भए। वृद्धाश्रमको कोठामा बस्दा पनि छोरीहरूको फोन आउने आशमा उनी सधैँ आफ्नो मोबाइल फोन छेउमै राखिरहन्थे।
लामो समयदेखि बिरामी परेका शिवचरणको स्वास्थ्य अन्तिम २० दिनमा झनै खस्कँदै गयो। वृद्धाश्रम व्यवस्थापनले उनका तीनै जना छोरीहरूलाई पटक-पटक फोन गरेर बुबाको नाजुक अवस्थाबारे जानकारी गराएका थिए। तर, दुःखको कुरा, जीवन दिने बुबालाई अन्तिम पटक भेट्न कुनै पनि छोरी आएनन्। मङ्गलबार बिहान करिब ३:३० बजे शिवचरणले अन्तिम सास फेरे। नि'धनपछि पनि वृद्धाश्रमले छोरीहरू आउन सक्ने आशामा अन्तिम संस्कार केही समय रोक्ने र आवश्यक सहयोग गर्ने प्रस्ताव राख्यो, तर उनीहरूले आउन नसक्ने जवाफ फर्काए।
यस दु:खद घटनामा नेपालको पनि प्रत्यक्ष सन्दर्भ जोडिएको छ। शिवचरणकी जेठी छोरी अनिता गुप्ता नेपालमा शिक्षिकाको रूपमा कार्यरत छिन्। भारतका दुई फरक राज्य (उत्तर प्रदेश र मुम्बई) र नेपालमा रहेका तीनै जना छोरीहरू विवाहित र आ-आफ्नो परिवारमा स्थापित भइसकेका छन्। नेपालमा रहेकी जेठी छोरी अनिताले सोनिपत आउन असमर्थ रहेको भन्दै अनलाइनमार्फत ५,१०० रुपैयाँ पठाएर बुबाको अन्तिम संस्कार वृद्धाश्रमलाई नै गरिदिन आग्रह गरिन् (यद्यपि वृद्धाश्रमले त्यो रकम स्वीकार गरेन)।
सन्तानले बुबाप्रति देखाएको यो व्यवहार चरम कु'संस्कार र नि'र्दयताको पराकाष्ठा थियो। वृद्धाश्रमका कर्मचारी र स्थानीय बासिन्दाहरूले काँध दिएर शिवचरणको दाहसंस्कार गरिरहँदा छोरीहरू भने भिडियो कलमार्फत मोबाइलको स्क्रिनमा त्यो दृश्य हेरिरहेका थिए। त्यसैक्रममा एक छोरीले "बुवालाई ज'लिस'क्न कति समय लाग्छ?" भन्दै नि'र्दयी प्रश्न गरेकी थिइन् र अन्तिम संस्कारको भिडियो रेकर्डिङ मागेकी थिइन्। यति मात्र होइन, सुरुमा बुबाको अस्तु सुरक्षित राखिदिन भनेका उनीहरूले पछि सोनिपत आउन नसक्ने भन्दै वृद्धाश्रमलाई नै गङ्गामा विसर्जन गरिदिन आग्रह गरे।
तर, आफ्ना सन्तानले क'ठोर व्यवहार देखाए पनि शिवचरणको मन महान् थियो। शिवचरणकै आफ्नै अन्तिम इच्छाअनुसार निधनपछि उनको आँखा दान गरियो, जसले दुई जना दृष्टिविहीन मानिसलाई नयाँ जीवन र संसार हेर्ने दृष्टि प्रदान गर्यो। जीवनभर सन्तानका लागि सर्वस्व सुम्पिएका र म'रेपछि पनि अरूको भलो गरेर गएका बुबाको अन्तिम यात्रामा छोरीहरूले देखाएको यस्तो उपेक्षा, स्वार्थ र कु'संस्कारले आजको शिक्षित भनिने समाजको कु'रुप र सं'वेदनहीन अनुहारलाई पूर्ण रूपमा नाङ्गो पारिदिएको छ।